सिमकोट । अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले निर्वाचित भएर पदभार ग्रहण गरेको १२ महिनामा १२ वटा काम गरेको दावी गरेका छन् ।
२०७८ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित अदनचुली गाउँपालिका अध्यक्ष सिंहले आफू निर्वाचित भएको एक वर्षमा नयाँ १२ वटा काम सम्पन्न गरेको बताएका हुन् । आफु जिल्ला बाहिर भएकाले नागरिकका गुनाशाका विषयमा उपयुक्त समयमा प्रष्ट पार्ने उल्लेख गर्दै आफुलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएका हुन् ।
निर्वाचित भएको १२ महिनामा गाउँपालिकाको आफ्नै एम्बुलेन्स सेवा सञ्चालन, इएपटी प्रणाली मार्फत भुक्तानी शुरु, पालिकाका ६ वटै वडामा सडक सञ्जाल बिस्तारका लागि काम सञ्चालन शुरु गरीएको उल्लेख गरेका छन् ।
टेलिफोनको राम्रो नेटवर्क नभएको अदानचुलीमा फोर जि सेवा बिस्तार कार्यको शुरु, काँखे आधारभूत विद्यालय र जनकल्ण आधारभुत विद्यालयमा भवन निर्माणकोलागि बजेट ब्यबस्थापन, कैलाशपुरी, सल्लाघारी र हिमालचुली आधारभूत विद्यालयमा अनुदान कोटाको ब्यबस्थापन र कैलाशपुरी विद्यालयमा आर सि सि भवन निमार्णको लागि पहल गरीएको उल्लेख अध्यक्ष सिंहले गरेका छन् ।
एक वर्षे अवधीमा सम्पन्न भएका गतिविधिहरुका बारेमा जानकारी दिन विज्ञप्तीमार्फन जानकारी दिएका अदानचुली गाउँपालिका अध्यक्ष सिंहले गल्फागाड देखी ठाडाकाट्नासम्म पक्की सडक निर्माणको कामको शुरुवात, लौठी–कालागाड–पाम्स–काँखे–बारीगाउँ हुँदै कालागाड र लौठी हुँदै रिल्म–बीगोठी सडकलाई तिब्रता दिएको उल्लेख अध्यक्ष सिंहले आप्mनो एक वर्षे प्रगती विवरणमा उल्लेख गरेका छन् ।
गाउँपालिकाको वडा नम्बर १, २ र ३ वडामा एक घर १ धारा ब्यबस्थापनको लागि आवश्यक बजेटको ब्यबस्थापन गरि निर्माण कार्य शूरु गरिएको, आम नागरिकलाई लाभ पुर्याउने खालका बिभिन्न कार्यक्रमहरु सञ्चालन, खानेपानी सरसफाइ तथा स्वच्छता योजनाको गुरु योजना तयार गर्नुका साथै संघ, प्रदेश र स्थानीय तहको समन्वयकारी भूमिका अन्तरगत बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको र लक्षित वर्गका कार्यक्रमहरुमा बजेट ब्यबस्थापन र विकासका पुर्वाधारलाई विशेष प्राथामीकता दिएको उल्लेख अदानचुलीले गरेको छ ।
लामो समय अध्इक्ष र उपाध्यक्षबीचको विवादका कारण पालिकाले प्रमुख प्रशासकीय अधिकृत बिहिन हुनु परेको अदानचुलीले त्यस विषयमा कुनै उल्लेख नगरेपनि आप्mनो कार्यकालको दोस्रो वर्षका लागि गाउँपालिकाको प्रशासकिय भवन निर्माण, विश्व बैकसँगको सहकार्यमा विभिन्न परियोजनाको शुरुवात, सबै वडालाई सडक सञ्जालमा जोड्ने सुनिश्चितता, पालिकामा १५ सैयाको अस्पताल निमार्ण कार्यमा जोड दिने प्रतिवद्धता व्यक्त गरिएको छ ।
‘दोस्रो वर्षमा विद्युतिय भुक्तानी प्रणाली र इन्टरनेट सेवालाई थप सुधार गर्ने, कुकुरफाल्ना र छहराखेत जलविद्युतलाई थप सुधार गरी सबै वडामा विद्युतको पहुँच पुर्याउने, विकास पुर्वाधारहरुमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि र विद्युतमा विशेष प्राथामीकता दिने, स्थानीय तहको आफ्नै रोजगारी रणनीति तयार गरी रोजगारीका अबसरहरु प्रदान गरिने छ’ अध्यक्ष सिंहद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘पालिकामा जनउत्तरदायी कर्मचारी ब्यबस्थापन र सेवा प्रबाहमा सुशासन कायम गर्ने, भ्रष्टाचार निवारणलाई विशेष जोड दिने, आगामी बजेटमा प्रत्यक्ष लाभ पुग्ने खालका आयआर्जनका कार्यक्रमलाई समेट्ने, स्थानीय उत्पादनलाई बजारीकरण गर्न थप पहल गर्ने काममा गाउँपालिका अघि बढेको छ ।’