बेलुमाया महतारा
सिमकोट । सर्केगाड गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी कचहरी कार्यक्रम सम्पन्न भएको छ ।
कर्णाली प्रदेशका हिमाली क्षेत्रमा उत्थानशिल समुदाय निर्माण परियोजना अन्तरगत गाउँपालिकाको सभाहलमा कचहरी कार्यक्रमका आयोजना गरिएको हो । गाउँपालिका वार्ड न ६ का वडाअध्यक्ष एव कार्यवाहक अध्यक्ष दल बहादुर सिंहको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति सदस्य सिङ्ग सिंहको प्रमुख आथित्यमा र वडा अध्यक्ष कार्यपालिका सदस्य, शाखा प्रमुख बाल क्लव, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सुरक्षा निकाय नागरिक समाज, महिला सञ्जालका पदाधीकारीह?को सहभागीता रहेको आयोजक महिला कल्याण सेवा सर्केगाडका कार्यक्रम व्यवस्थापक ज्ञानेन्द प्रसाद पन्थले बताए ।
महिला कल्याण सेवाको आयोजना र सर्केगाड गाउँपालिको समन्वयमा, डेनिडाको आर्थिक सहयोग, मिसन ईष्ट नेपालको प्राविधिक सहयोगमा सम्पन्न भएको कचहरी कार्यक्रमम उदेश्य प्रष्ट पार्दै पन्थीले विपत, खानेपानी सरसफाइ तथा स्वच्छताका क्षेत्रमा संस्थाले काम गर्दै आएको जानकारी दिए । खानेपानी सरसफाई र स्वच्छताका बारेमा प्रकाश पारेका वास नेपाल सर्केगाडको सुसा परियोजनाका प्रमुख निलबिक्रम शाहीले कार्यक्रमले गाउँपालिकाको खानेपानी तथा सरसफाईका क्ष्ँेत्रमा उल्लेख्य सुधार आउने दावी गरे ।
खुल्ला दिशा मुक्त घोषणा गरिए पनि गाउँ र टोलमा फोहोरमैला बढिरहेको, खुला ?पमा सौच गर्ने काम भएको बताएका शाहीले अब त्यसमा सुधार गर्न सब्र पक्षको सहभागिता अनिवार्य भएका् बताए ।
‘सर्केगाडलाई २०७३ सालमा खुल्ला दिशा मुक्त पालिका घोषणा गरेको भएपनि अवस्था अहिले घोषणा पुर्वको भन्दा खासै फरक छैन्’ शाहीले कार्यक्रममा भने, ‘देशका ७५३ वटै स्थानियलाई आगामी२०३० सम्म पुर्ण सरसफाई कार्यक्रम तय गर्ने सरकारको लक्ष्यलाई सफल पार्नकै लागि पनि पालिकाका सबै पक्ष एकाकार भएर लाग्न ज?री छ ।’
खनेपानी, सरसफाई तथा खुला सौच गर्ने विषयमा उपस्थित नागरिकलाई प्रष्ट हुनेगरी बिधुतिय माध्यम मार्फत फोटाह? देखाउदै सहभागीह?लाई रिजायर समस्या समाधानको बारेमा सहजिकरण गरिएको थियो ।
व्यतिगत देखि सामुहिक ?पको सरसफाई र बालमैत्री,अपांग मैत्री उपभोग सामाग्रीको उपलब्धता ज?रत रहने पनि झल्किने गरेको छ । सहजिकरण लगतै विधालय स्थर,समुदाय र वडा स्थरको तिन समुहमा विभाजन गरेर समस्याको खोजि पछि सम्बन्धित निकायले समाधान गर्ने प्रतिबद्धता जनाएका छन । कचहरीमा बोल्दै सर्केगाडका कार्यबाहक अध्यक्ष दलबहादुर सिहले १।२ विधालय बाहेक सबै विधालयमा खानेपानीको धारा निर्माण हुने दावि समेत गरेका छन । ‘सर्केगाडमा ३२ बिधालय छन् भने बजारमा सरसफाईको कमी देखि समुदायमा जनचेतना अभाव छ । सबैको हातेमालो बाट मात्र यो समस्या समाधान हुनेछ र अन्यत्र समस्या थप बढ्दै जाने देखिन्छ’ कार्यक्रममा उनले थपे ।
वडा न ४ का वडा अध्यक्ष धनबहादुर छत्यालले पालिका जहाज भएको बताउदै चालकह? सहि मार्गमा ईङकित हुनु पर्ने बताए । वडा अध्यक्ष छत्यालले जनताका समस्या के हुन कसरी सुसासनको अनुभुति गराउने भन्ने समस्य केलाउन ज?री रहेको दावि गरे । शुक्रबार भएको कचहरी कार्यक्रम बाट तिनै समुहले पानी श्रोत परिक्षण गर्न,प्रयाप्त मात्रामा पानीको व्यावस्था गर्न, ढलनिकास र चेतनामुलक कार्यक्रम गर्न अनुमान लागत सहित कार्ययोजना बनाएर कार्यक्रम समापन भएको छ । सहभागी समुहले कचहरीमा बनेका कार्ययोजना कार्यन्वयनमा जाने अपेक्षा गरेका छन ।