बेलुमाया महतारा
सिमकोट । ४५ दिने कम्प्युटर तालिम सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजना र अलिस्मा कम्प्युटर इन्टिच्युटको संचालनमा ४५ दिने बेसिक कम्प्युटर तालिम सम्पन्न भएको हो ।
आइतबार निमित्त कार्यालय प्रमुख अभयराज रेग्मीको अध्यक्षता र सिमकोट गाउँपालिका ५ नम्वर वडा अध्यक्ष चिन रावतको प्रमुख अतिथ्या हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर होटेलमा सन्चालन भएको थियो ।
सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै कार्यालयका प्रमुख रेग्मीले सिप सिकेर उद्यमी तथा रोजगारमुलक वा स्वयम आत्मनिर्भर बन्ने उदेश्यले उक्त तालिमको आयोजना गरिएको जानकारी दिए । तालिममा सिकेका सिपलाई व्यवहारमा उतारी आत्मनिर्भर बन्नुपर्नेमा कार्यक्रममा सहभागिहरुले जोड दिए । कार्यक्रममा बोल्दै सरकारी स्कुल र आफ्नो कार्यालयको कथा वेथा एउटै भएको प्रमुख रेगमीले जनाकारी दिए ।
उनका अनुसार सरकारले लगानी गरि राख्ने जनताले लगानी गर्न नसक्ने खालका समस्या भएको छ । आफ्नो कार्यालयबाट तालिम लिएकाहरुले अहिलेसम्म पनि केही प्रगती गर्न नसकेको स्वीकारेका छन् ।
अहिलेसम्म दिएको कुनैपनि तालिम प्रति आफु सन्तुष्ट नभएको निमिक्त प्रमुख रेग्मीले बताए ।
२१ औ शताब्दीमा आएर जुनसुकै कामको लागी कम्प्युटरको प्रयोग हुने भएकोले कम्प्युटरको एकदमै आवश्यक भएको वडा नम्बर ५ का वडा अध्यक्ष चिन रावतले जानकारी दिनु भएको छ । उक्त सिप सिकेर सहभागिहरुले यसलाई व्यवसायी रुपमा परिणत गर्नु पर्नेमा अध्यक्ष रावतको भनाई छ ।
२० जना सहभागीलाई कम्प्युटर तालिम अलिस्मा कम्प्युटर इन्टिच्युटका प्रेम बोहराले प्रशिक्षण ग।ाएका थिए । तालिममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाका निमिक्त कार्यालय प्रमुख अभयराज रेग्मी, सिमकोट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चिन रावत, परियोजना कार्यान्वयन ईकाइ तथा स्याउ जोनका नायव सुब्वा लक्ष्मी अधिकारी, प्रशिक्षार्थी र सञ्चारकर्मीको उपस्थित रहेको थियो ।