सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाको दक्षिण क्षेत्रका चार गाउँपालिका कालाजार रोगको उच्च जोखिममा रहेको बताएको छ ।
पछिल्लो समय दक्षिणका ताँजकोट, अदानचुली, चंखेली र सर्केगार्डका स्वास्थ्य संस्थामा आउने बिरामी मध्ये कालाजारका बिरामीहरुको संख्या अधिक रहन गएकाले चारवटै स्थानीय तह कालाजारको उच्च जोखिममा रहेको स्वास्थ्य सेवा कार्यालयले निचोड निकालेको हो ।
जिल्लाको समग्र स्वास्थ्य अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका दक्षिण क्षेत्रका स्थानीय तहहरु कालाजार, औलोको उच्च जोखिममा रहेकाले सचेत रहन आग्रह गरेको छ ।
‘जिल्लाको तराई क्षेत्रमा रुपमा रहेका चार वटा स्थानीय तहमा केहि समययता मलेरिया, कालाजार र डेङगोका बिरामीको संख्यामा अनपेक्षित रुपमा वृद्धि हुँदै गएको छ स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले भने, ‘जिल्लाको ताँजकोट, अदानचुली, चंखेली र सर्केगार्डका स्वास्थ्य संस्थामा आउने बिरामीको आधा भन्दा बढि संख्या कालाज्वर, औलोका मात्रै रहेका छन् । यसले यि पालिकाहरु उच्च जोखिममा रहेकाले त्यसको नियन्त्रण र रोकथाममा तत्कालै कदम चाल्न जरुरी देखिन्छ ।’
स्वास्थ्इ संस्थाले राखेका रेकर्ड अनुसार दक्षिणका चारवटै गाउँपालिका यस्ता खाले रोगको रेडजोनमा प्रवेश गरेको स्वास्थ्य सेवा कार्यालयमा प्रमुख सिंहले जानकारी दिए । बढ्दै गएको गर्मिका कारण बढ्दै गएको यस्तो रोगको लक्षण देखिए एक धण्टा भित्रै उपचार गनुपर्ने सुझाव दिएका स्वास्थ्य सेवा कार्यालयका थानेश्वर पनेरुले ढिलो भएमा ज्यानै जाने सक्ने खतारा रहेकाले सचेत रहन आग्रह गरे ।
जिल्लावासीमा पछिल्लो समय खानपिनमा आएको परिवर्तन लगायतका विभिन्न कारणले पछिल्लो समय सर्ने भन्दा नसर्ने रोगहरुका बिरामीको मृत्यु हुने गरेको दावी गरेको पनेरुले यस्ता खाले रोगका बारेमा सबै मिलेर नागरिकस्तरमा जनचेतना फैलाउन आवश्यक रहेको सुझाए ।
हरेक वर्ष नेपालमा सर्ने भन्दापनि नसर्ने रोगका कारण ६६ प्रतिशत मानिसको मृत्यु हुने गरेको त्थ्इांक पेश गरेको कार्यालय प्रमुख सिंहले सबैभन्दा बढी नेपालमा मुटु सम्बन्धी रोगका बिरामीको मृत्यु हुने गरेको, त्यसपछि मधुमेह, मुटुरोग, दीर्घ श्वासप्रश्वास, सूर्तिजन्य लगायत नसर्ने रोगका कारण मानिसहरुको मृत्युदर उच्च देखिएको उल्लेख गरे ।