सिमकोट । जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले औषधी बेच्ने नाममा अवैध धन्दा नचलाउने जिल्लामा भएको औषधी व्यवसायीहरुलाई निर्देशन दिएका छन् ।
हेल्थ अस मेडिकल सेन्टरद्धारा सिमकोटमा आयोजना गरिएको प्रगती समिक्षा कार्यक्रमलाई संवोधन गर्दै प्रमुख शर्माले जिल्लाका सबै स्थानीय तह र स्वास्थ्य क्षेत्रको अधिकारीक निकायसँगको समन्वयमा काम गर्न निर्देशन दिएका हुन् । जिल्लामा स्थापना भएका मेडिकलहरुले औषधि पसलको नाममा अवैध धन्दा चलाएको प्रति सजक रहन आग्रह गर्दै उहाँले कानून सम्बत रुपमा आप्mना व्यवसायहरुलाई अघि बढाउन आग्रह गरे ।
कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी प्रतिरोधले सरकारलाई कमजोर बनाएर गरिने काम प्रभावकारी नहुनेमा जोड दिए । जिल्लाको स्वास्थ्य क्ष्नोत्रमा काम गर्नका लागि पहिलो मन हुनु पर्ने र त्यसमा प्रचलित विधि पुरा गर्नुपर्नेमा जोड दिदैं अध्यक्ष भण्डारीले सिमकोटको कुनैपनि वडामा काम गर्नका लागि गाउँपालिका र स्वास्थ्य शाखासँग समन्वय गर्न आग्रह गरे ।
कार्यक्रममा सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखा प्रमख नर भण्डारीले एक दिन केहि औषधी वितरण गर्ने, स्वास्थ्य शिविर आयोजना गरेको नाममा गाउँपालिकलाई केही गरेन भन्न नमिल्ने बताए । हेल्प अस मेडिकल सेन्टरका प्रमुख नारायण फडेराले गरेको प्रस्तुतीमाथि टिप्पणी गर्दै स्वास्थ्य शााखा प्रमुख भण्डारीले स्वास्थ्य ऐन २०७५ अनुसार अस्पतालको लाइसेन्स दिन सबै पूर्वाधर पुरा भएको हुनुपर्नेमा जोड दिए ।
निजि क्षेत्रबाट ८ मार्च २०१८ देखि सिमकोटमा शुरु भएको उक्त मेडिकलले गरेकाकामका बारेमा प्रमुख फडेराले प्रस्तुती गरेका थिए । हवाई ढुवानीका कारण एमआरपी मुल्य भन्दा पाँच गुणा बढि मुल्य लिएको हुम्लामा उत्तः मेडिकल सेन्टरले विभिन्न क्षेत्रका बिरामीलाई खरिद मुल्यमा मात्रै औषधी उपलब्ध गराउने, कसैलाई सहयोग गर्ने काम गरेको प्रमुख फडेराले जानकारी दिए ।
निकट भविष्यमा १५ शैयाको अस्पताल स्थापनाको तयारी गरेको उत्तः मेडिकल सेन्टरले जिल्लाका विभिन्न स्वास्थ्यलाई औषधी सहयोग गरेको र गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेको जनाएको छ । मेडिकल सेन्टरका सल्लाहकार समिति संयोजक राजन रावतको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमृत विसि जिल्लाका राजनीतिक दल नेता, सरकारी कर्मचारी र सञ्चारकर्मीको उपस्थिती हरेको थियो ।