सुर्खेत । नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञावलीले मध्यपश्चिम विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयले गरेको कमजोरी नदो¥याउन आग्रह गरे ।
शुवाती कालमा निकैं चर्चित विश्वविद्यालयका रुपमा रहेको त्रिभुवन विश्वविद्यालयले राजनीतिक रुपमा देशभर आंगिक क्याम्पसको सम्बन्धन दिएर आप्mनो छवि बिगारेको प्रसंग उल्लेख गर्दै मध्यपश्चिम विश्व विद्यालयलाई त्यस्तो नगर्न निर्देशन दिए ।
संस्था स्थापनाका लागि १२ वर्षको समय खासै धेरै होइन तर यो (मध्यपश्चिम विश्वाविद्यालय) ले छोटो समयमा नेपालको उच्च शिक्षका क्षेत्रमा राम्रो छवि बनाउन सकेको प्रति खुशी व्यक्त गरेका नेता ज्ञावलीले रअध्ययन बिना माग भएर आउने सम्बन्धनलाई कडाई गर्न सकेमा मात्र विश्व विद्यालयको साख रहनेमा जोड दिए ।
उच्च शिक्षा प्रदान गर्ने नाममा निश्चित समुह र नेताहरुबाट आउने दवावलाई हुबहू मानेर सम्बन्धन दिंदा भोली सम्बन्ध दिएका क्याम्पस खारेज गर्नु र अघि बढाउनु भन्ने समस्या सृजना हुन्छउनले थपे त्यसैले सम्बन्धन दिने कुरामा निकै ख्याल गर्ने हो भने शेक्षिक गुणस्तर प्रदान गर्न र नियन्त्रण गर्न सजिलो हुन्छ ।
बढि क्याम्पस हुँदै विश्वविद्यालय ठूलो नहुने उल्लेख गर्दै साँस्कृती, धार्मिक र पर्यवरणीय केन्द्रका रुपमा रहेको कर्णालीमा फरक विषय अध्ययन गर्ने शैक्षिक संस्थाका रुपमा विकास गर्न क्याम्पस व्यवस्थापनलाई ज्ञावलीले निर्देशन दिए ।
‘संस्थाकालागि १२ वर्ष ठूलो समय होईन । छोटो अवधीमा आप्mनो भौतिक पूर्वाधारमा गरेको प्रगती निकै सन्तोषजनक लाग्यो’ पूर्वपराष्ट्रमन्त्री समेत रहेका उनले भने, ‘अमेरिका, चीन लगायतका देशसँग प्रतिस्प्रधा गर्ने नाममा स्थानीय ज्ञान र सिप लोप हुंदै जाने संभावना नेपालमा बढि छ । त्यसलाई मध्येनजर गर्दै एमयूले आप्mनो पाठ्यक्रममाको ७० अन्तराष्ट्रिय विषयवस्तु, २० प्रतिशत नेपालका राष्ट्रिय विाष्यवस्तु र १० प्रतिशत स्थानीय विषयवस्तुहरु राख्नु निकै राम्रो लाग्यो । मलाइ लाग्छ यो प्रर्णाली अन्य विश्व विद्यालयका लागि पनि शिकाई हुनसक्छ ।’
नेपाल पुर्वमा किराँत, मध्यक्षेत्रमा बागमती, पश्चिममा गौतमबुद्ध र कर्णालीमा खस अर्थात कर्णाली सभ्यता भएको देश भएकाले हाम्रा रैथाने सभ्याताको गहिरो अध्ययनमा आप्mना शैक्षिक जनशक्तिलाई लगाउन सके देशका लागि सबै भन्दा ठूलो उपलब्धी हुने धारणा उपमहासचिव ज्ञावलीले राखे ।
नेपालका अन्य विश्वविद्यालयले गरेका कमजोरीबाट शिकेर आफूलाई अब्बल विश्वविद्यालयका रुपमा स्थापित गर्ने सुनौलो अवसर मध्यपश्चिम विश्वविद्यालयसँग भएको उल्लेख गर्दै ज्ञावलीले पछिल्लो सयम विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति र समुदायबीचको दूरी बढ्दै गएकाले त्यसलाई कम गराउने काम यसले गर्छ भन्ने विश्वाश गरे ।
विश्वविद्यालय भित्र भएका भौतिक तथा शैक्षिक प्रगती र आगामी योजनाका बारेमा विश्वविद्यालयका तर्फबाट रजिष्टार नारायाण प्रसाद पौडेलले जानकारी गराए । पार्टीले सञ्चालन गरेको प्रदेश स्कुल अर्थात पाँच दिने प्रशिक्षक प्रशिक्षणका क्रममा सुर्खेत पुगेका उपमहासचिव ज्ञावलीले विश्वविद्यालयले शुरु गर्न लागेको साबुन बनाउने ल्याव र जडिवुटी प्रशोधन गर्ने ल्याव, कक्षा कोठासहित विश्वविद्यालयको अनुगमन गरेको विश्वविद्यालय रजिष्टारको कार्यालयले जनाएको छ ।
अनुगमनका क्रममा विश्वविद्यालयका विभिन्न विभाग प्रमुखहरुले आफूले झेलेका कानूनी, नीतिगत र व्यवहारिक समस्याका बारेमा उल्लेख गर्दै त्यसमा सहयोग गर्न उपमहासचिव ज्ञावलीलाई आग्रह गरे ।