सिमकोट । गत शुक्रबार राति पहिरो गएको सर्केगाड गाउँपालिका वडा नम्बर २ को रिप गाउँमा जिल्ला सदरमुकाम सिमकोटबाट गएको सुरक्षाकर्मीको टोली आइतबार पुगेकोे छ ।
शनिबार बिहान हिँडेको टोली बाटोमा पहिरोले अवरोध गरेपछि छिन छिन रोकिदै बाटो पार गरी आइतबार पहिरो गएको गाउँमा पुग्न सफल भएको बराहदल गुल्मका सेनानी दिनेश खड्काले जानकारी दिनु भएको छ ।
उहाका अनुसार एकदिन अगाडि गएको सुरक्षाकर्मीको टोली बल्ल रिप गाउँमा पुगेको र टोलीले पुग्ने बित्तिकै खानेपानीको मुहान मर्मत शुरु गरेको हो ।
पहिरोले खानेपानी लगेपछि रिप गाउँमा खानेपानीको समस्या देखिएको थियो । धारामा पानी नआएपछि स्थानीय लेदो भएको पानी प्रयोग गर्न बाध्य हुँदै आएका थिए । उत्त स्थानमा पुगेको सुरक्षाकर्मीको पहिलो काम क्षती ग्रस्त खानेपानी मर्मत गरी आपूर्ति गरेको छ । नागरीकका लागि खानेपानी अति आवश्यक रहेकाले मर्मत कार्यका लागि सुरक्षाकर्मी लागि परेको हो ।
त्यस क्षेत्रमा अहिले २५ जना नेपाली सेना, १५ जना सशस्त्र प्रहरी र ११ जना नेपाल प्रहरी गएको थियो । सर्केगाड गाउँपालिकामा रहेका प्रहरी चौकीबाट प्रहरी यसअघि नै रिप गाउँ पुगिसकेको थियो भने पानी पर्न रोकिएपछि अहिले भने पहिरोको त्रासमा बस्दै आएका स्थानीयको जनजीवन सामान्य हुँदै आएको छ ।
२ सय २० घरधुरी रहेको रिप गाउँमा ४० घरधुरी पहिरोको उच्च जोखिममा रहेका छन भने गाउँ जाने काठेपुलसमेत बगाएकाले आवत जावत गर्न समस्या बनाएको छ । बिद्यालय जाने स–साना बालबालीकालाई समेत बिद्यालय जान मुस्किल पारेको स्थानियले बताएका छन । तत्स क्षेत्र तर्फ सुरक्षा टोली पुगेर पिडित नागरीकको अबस्था र स्वास्थय अबस्था बुजी नागरीकलाई सुरक्षित महशुस गराउन टोली बुझ्न लगाएको भन्दै प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराईले बताउनु भयो ।
त्यसै गरि खार्पुनाथ गाउँपालिका वडा नम्बर १ को चिसामुलमा समेत पहिरो गएको स्थानीय प्रकाश बहादुर शाहीले जानकारी दिनुभएको छ । उहाका अनुसार उत्त क्षेत्रमा रहेकोे बस्ती वरीपरी पहिरो खसेपछि गाउँमा बस्न नसक्ने अबस्था र्सिजना भएको हो । बस्ती भन्न्दा माथिबाटको भु भाग फाटेपछि गाउँका नागरीकलाई समस्या पारेको बताउनु भएको हो ।
गोप्का जाने बाटोमा रहेको बाउली खोला भन्ने ठाउमा पानिको बहाब उच्च भएपछि काठे पुल समेत बगाएर लगेको छ । गाउँ भन्दा वरीपरीको भुभागमा बाढी आउन थालेपछि नागरीकलाई असुरक्षित महशुस भइरहेको स्थानियले बताएका छन ।