सिमकोट । मौसम परिबर्तन भएसँगै जिल्ला भर फैलिएको रोगका कारण हुम्ला अस्पताल र जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ्दै गएका छन् ।
मौसम परिवर्तन भएपछि एक सातायता उच्च ज्वरो आउने, रुघाखोकी, टाउको दुख्ने, मांशपेसी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्ने, बान्ता हुने र पेट दुख्ने जस्ता लक्षणसहितका बिरामीको संख्या बढ्दै गएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।
‘अन्य समयभन्दा एक सतायता सामान्यदेखि जटिल खाले विरामी भर्ना हुनुका साथै सामान्य चेकजाँच गर्नेको संख्या बढ्दै गएको छ’, ‘मौसमसँगै फैलिएको रोगका कारण अस्पतालको बहिरङ्ग सेवामा दैनिक दिन १ सय ५० भन्दा बढी बिरामी स्वास्थ्य परीक्षणको लागि आउने गरेका छन् । गाउँका स्वास्थ्य संस्थामा पनि बिरामीको संख्या अधिक छ ।’
बुधबार मात्र ८० जना विभिन्न रोगका बिरामीले अस्पतालमा चेकजाँच गरेको बताउनु भएकी निमित्त कार्यालय प्रमुख बोहराले १५ सैयाको जिल्ला अस्पतालमा २१ जना भन्दा विरामी भर्ना गर्नु पर्ने अवस्था आएको जानकारी दिनुभयो ।
‘विभिन्न रोगका १४ जना विरामी इमरजेन्सिी वार्डमा भर्ना भएका छन् । जसमा दैनिक उच्च ज्वरो आउने, रुघाखोकीे, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घांटी दुख्ने, बान्ता हुने र पेट दुख्ने जस्ता लक्षणसहितका बिरार्मीे आउने गरेका छन् । कतिपय बिरामीले चिकित्सकको सल्लाह बिनै एन्टिबायोटिक औषधिको सेवन गरेको भेटियो’ बोहोराले थप्नुभयो ।
मौसमी प्mलुको भाइरलको संक्रमण हुनासाथ एन्टिबायोटिक औषधिको सेवन गर्नु उपयुक्त नहुने फुलुुको संक्रमण भएका बिरामीले आराम गर्ने, झोलिलो र पोशिलो खानेकुराहरू खाने र संक्रमण बढे तुरुन्तै स्वास्थ्य संस्थामा जान आग्रह गर्नुभयो ।
जिल्ला अस्पताल हुम्लामा अघिल्ला वर्षहरूमा भन्दा सिजनल फुलुुबाट प्रभावित भएकाहरूको भीड अझै बढी रहेको छ । भाइरलबाट प्रभावित भएको शुरुकै अवस्थामा आएका बिरामीलाई औषधि सेवनको सिफारिस गरेर घर फर्काइएको भए पनि कतिपय बिरामीलाई भर्ना गरेर इन्जेक्सनको माध्यमबाट उपचार गर्नु परेको छ ।
दैनिक १५, २० जना भर्ना गर्नु पर्ने अबस्थाका बिरामी आएपछि १५ शैया क्षमताको जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेपछि समस्या भएको जिल्ला अस्पतालको श्रोतले जनाएको छ ।