सिमकोट । मुगु जिल्लाको शोरु गाउँपालिकामा दुर्घटना हुनेमा चारैजना हुम्लाका परेका छन् ।
आज साँझ भएको बलेरो जिप दुर्घटनामा मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक महेश वस्नेतले जानकारी दिनुभयो ।
'चालक सहित ९ जना सवार उक्त जिप दुर्घटनामा मृत्यु हुने चारै जना हुम्लाका भएको सनाखत भएको छ, प्रनाउ बस्नेतले नेपालवोटसँग भन्नुभयो मृतकमा सर्केगाड २ रिपका राम परियार, सिमकोटका प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका अर्का राम परियार पिउस परियार भएको शोरु प्रहरी चौकीले सनाखत गरेको छ ।’
जिपमा सवार हुम्लाका पाँच जनामध्ये चार जनाको घटना स्थलमै ज्यान गएको छ भने एक जना सख्त घाइते भएको प्रहरी नायव उपरिक्षक बस्नेतले जानकारी दिनुभयो । 'हुम्लाका घाइते यात्रु उजिर बोहरा र अन्य मुगुका घाइतेलाई अहिले मुगु सदरमुकाम गमगढी ल्याइदैं छ । थप ठेगाना र जानकारी घाइते बोहरा सहितको टोली ल्याएपछि एकिन हुनेछ' प्रनाउ बस्नेतले थप्नुभयो ।
दुर्घटनामा परि चालक सहित मुगुका दुई यात्रु र हुम्लाका बोहरा सख्त घाइते भएका छन् । घाइते सबैको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि मुगु जिल्ला बाहिर लिनु पर्ने अवस्था रहेको शोरुकोट प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
सोरुकोट बाट मुगु जादै गरेको ग १ ज ७७,६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउमा दुर्घटना भएको छ । जिल्ला सदरमुख काम तर्फ जादै गरेको उतm जिपमा चालक सहित ९ जना यात्रु रहेका थिए । पिज दुर्घटनाको कारणका बारेमा अहिलेसम्म केही खुलेको छैन् ।