सिमकोट । लगातारको वर्षासँगै आएको बाढीले रिपगाड खोलामा एक जना बटुवा बेपत्ता भएका छन् ।
बुधबारदेखि निरन्तर परेको वर्षाका कारण सर्केगाड गाउँपालिका २ स्थित रिपगाड खोलामा आएका बाढीले सिमकोटबाट घर फर्किदै गरेका ताँजकोट गाउँपालिका ४ का मनऋीषी जैशी बेपत्ता भएको स्थानीय बीजय फडेराले जानकारी दिए ।
‘वर्षासँगै रिपगाड खोलामा आएको बाढीले झोलुङ्गे पुल र काठको साँघु बगाएपछि खोलामा तर्दै गरेका ताँजकोट गाउँपालिका ४ गल्लाबाडाका ५० वर्षिय मनऋषी र उनका ४० वर्षिय भाई धर्मदत्त जैशी खोला तर्दै गर्दा दाईलाई बाढीले बगाएर बेपत्ता भएका छन् । सँगैका भाईलाई आफूले खोलाबाट उद्धार गरेर भर्खर रिप गाउँमा ल्याइ पु¥याएका छौं’ उद्धार गरेर ल्याइएका धर्मदत्तसँगै रिप गाउँमा भएका फडेराले नेपालवोटसंग भने ‘बाढीले बगाएका मनऋषीको अवस्था अहिले अज्ञात छ । उनिहरुहुम्ला सदरमुकाम सिमकोटबाट हिजो (बिहिबार) साँझ घर फर्कीदैं थिए ।
उनिहरुहुम्ला सदरमुकाम सिमकोटबाट हिजो (बिहिबार) साँझ घर फर्कीदैं थिए । बिहान ७ बजेपछि गएको बाढीले बेपत्ता पारेका जैशीको खोजि कार्यका लागि रिपका स्थानीयले स्थानीय प्रहरी चौकीलाई गुहार गरेपनि वर्षा र खोलामा पानीको बहाब नघटेका कारण उद्धारमा समस्या भएको स्थानीय फडेराले जानकारी दिए ।
बाढी आएको स्थान जिल्ला सदरमुकाम सिमकोटदेखि टाढा भएकाले मौखिक खबर आएपनि घटनाको एकिन विवरण आउन केहि समय लाग्ने जिल्ला प्रकोप व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रीनथा पौड्यालले बताए ।
‘बिहानै देखि वर्षासँगको बाढीले रिपागाडमा घट्ट बगाएको खबर आएको थियो अहिले एक जना बटुवा खोलामा बेपत्ता भएको खबर आएको छ’ प्रजिअ पौड्यालले थपे ‘रिपाबाट सर्केगाड प्रहरी चौकीका सुरक्षाकर्मी पुग्न पनि दुई घण्टा लाग्ने भएकाले एीकन विवरण आउन केहि समय लाग्छ । अहिले प्रहरीलाई घटना स्थलतर्फ पठाएने काम भैसकेको छ ।’
रातभर परेको अबिरल वर्षापछि आज बिहान गएको बाढीले रिपगाड खोलमा भएका २ वटा परम्परगत घट्ट सहित घट्टमा पिस्न राखिएका ३० बोरा अन्न समेत बगाएको घट्ट हेराला गएकी बासु रावतले जानकारी दिइन् । ‘घट्टमा कमै पिस्ने काम भैरहेको थियो बिहान ७ बजेको समयमा अचानक खोलामा गडजडाएको ठूलो आवाज आएपछि हामी घट्टबाट भागेर बाहिर के मात्र निस्केका थियौ खोलाको वारपारै छोपेर कालो मेल्टो आएपछि भागेर ज्यान बचाउन सफल भयौं’ आत्तिदै घर पुगेकी रावतले भनिन् ।
बाढीले कर्णालीको पानी थुनियो
रिपागाड खोलामा आएको बाढीले हुम्ला कर्णालीको पानी थुनिएको छ । माथिबाटै बाढीसँगै आएको लेदोले रिपागाडमा हुम्ला कर्णालीको बहाब दश मिनेट रोकियो । कर्णालीको पानी रोकिएपछि रिपागार्डको आसपास भएको बाली लगाएको ठूलो जमिन पुरै डुवान भएको छ ।
‘कर्णाली र रिपगाड खोलाको पानी बाढिसँगै आएको लेदोले रोकेपछि आसपासको जमिनमा ताल बनेको छ’ स्थानीय बिजय फडेराले भने ‘टाढाबाट हेर्दा पुरै जमिन तलजस्तै देखिन्छ । नजिक जाने अवस्था छैन् ।’