सिमकोट । फागुनमा मृत्यु भएका बुवाको अस्तु सेलाउन जानेक्रममा बाढिले बगाएर हुम्लामा एक जना बेपत्ता भएका छन् ।
बुवाको मृत्यु भएको ६ महिना पुगेको अवसरमा बुवाको अस्तुलाई खार्पुनाथ दोभानमा सेलाउन जानेक्रममा ताँजकोट गाउँपालिका–४ गल्लाबाडामा नन्दऋषी जैशी रिपागाड खोलामा बेपत्ता भएका छन् ।
बुधबारदेखि परेको अविरल वर्षासँगैको बाढिले सर्केगार्ड गाउँपालिका–२ रिपगाड खोला तर्ने क्रममा ५० वर्षिय जैशी बेपत्ता भएको सर्केगाड प्रहरी चौकीलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।
‘बाढिले रिपगाड खोलामा लगाएको काठे पुल बागएपछि खार्पुनाथ जानलाई हिडेका नन्दऋषीका दुई भाई खोला तर्नेक्रममा खोलाले बगाएर दाई बेपत्ता भएका छन् । स्थानीयको सहयोगमा भाईलाई भने सकुसल उद्धार गरिएको छ’ अधिकारी पौडेलले भने आज दिनभर उनको खोजिकार्यका लागि सर्केगाड प्रहरी चौकीबाट खटेको सुरक्षाकर्मी र स्थानीयको टोली लगोपनि अहिलेसम्म कुनै परिणाम हात पार्न सकिएको छैन् । खोलामा बेपत्ता भएका जैशी बगेको स्थानबाट हुम्ला कर्णाली ५० मिटरको दुरीमा मात्र भएकाले उनी कर्णालीमा मिसिएको हुन सक्ने आशंका उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीले गरेका छन् ।’
बढीले खोलामा लगाएको झोलुङ्गे पुल र काठेपुल बगाएपछि शुरुवाल खोलेर खोला तर्न खोज्दा हेर्दाहेदैं नन्दऋषीलाई बाढिले बगाएको उनकमा भाई धर्मदत्त जैशीले जानकारी दिए । ‘सँगै खोला तर्न लागेको बेला एक मिटर अघि जानु भएका दाईलाई खोलाले बगाएपनि मैले केहि गर्न सकिन’ स्थानीय उद्धार गरेर रिप गाउँमा पुर्याएका जैशीले थपे ‘खोलाको बाढीले बगाएपछि दाइलाई कहाँ लग्यो भन्ने केहि पत्तो पाइएन ।’
‘फागुन १४ गते मृत्यु भएका आप्mना वुवाको ६ महिने तिथि (बरखी) आउँदो १४ गते भएकाले वुवाको अस्तु पार्खुनाथ दोभानमा सेलाउन आप्mना दाजुभाई बिहिबार बिहान घरबाट हिडेको जैशीले बताए । मष्टा देवताका पुजारी (डाग्री) समेत रहेका बुवाको अस्तु सेलाउने र वुलाले हातल र कानमा लगाएका देवतामा गहनालाई चोख्याउनका लागि कुनै तिर्थ जाने धार्मिक परम्परा अनुसार हामी अबिरल वर्षामै खार्पुनाथ हिडेका हौं । यहि भदौं १४ गते बुवाको मृत्यु भएको ६ महिना पुग्ने भएकाले घरमा तिथि गरेर चौख्याउने सल्लाह अनुसार हामी दुवै भाए देवताका बालामुन्द (गरगहना) लिएर आएका थियौं । राम्रो होला भनेको उल्टै दाजुलाई गुमाउनु प¥यो, आँखाभरी आँशु गरेका जैशीले भने ।
शुक्रबार बिहान ७ बजेपछि गएको बाढीले बेपत्ता पारेका जैशीको खोजि कार्यका लागि दिनभर सर्केगाड प्रहरी चौकी र रिपका स्थानीयले स्थानीयले रिपागाड खोला र हुम्ला कर्णालीमा खोजि कार्य गरेपनि केहि भेटाउन नसकिएको स्थानीय बिजय फडेराले भने ‘वर्षासँगको बाढीले रिपागाडमा घट्ट बगाएको खबर आएको थियो एकैछिन पछि त एक जना मान्छे बगेको खबर आयो दौडेर जाँदा दाईलाई बाढीले बगाएर लगे छ भाई खोलाको छेवै रहेछन् । हामीले उद्धार गरेर ल्यायौं ।’
रातभर परेको अबिरल वर्षापछि आज बिहान गएको बाढीले रिपगाड खोलमा भएका २ वटा परम्परगत घट्ट सहित घट्टमा पिस्न राखिएका ३० बोरा अन्न समेत बगाएको घट्ट हेराला गएकी बासु रावतले जानकारी दिइन् । ‘घट्टमा कमै पिस्ने काम भैरहेको थियो बिहान ७ बजेको समयमा अचानक खोलामा गडजडाएको ठूलो आवाज आएपछि हामी घट्टबाट भागेर बाहिर के मात्र निस्केका थियौ खोलाको वारपारै छोपेर कालो मेल्टो आएपछि भागेर ज्यान बचाउन सफल भयौं’ आत्तिदै घर पुगेकी रावतले भनिन् ।
बाढीले कर्णालीको पानी थुनियो
रिपागाड खोलामा आएको बाढीले हुम्ला कर्णालीको पानी थुनिएको छ । माथिबाटै बाढीसँगै आएको लेदोले रिपागाडमा हुम्ला कर्णालीको बहाब दश मिनेट रोकियो । कर्णालीको पानी रोकिएपछि रिपागार्डको आसपास भएको बाली लगाएको ठूलो जमिन पुरै डुवान भएको छ ।
‘कर्णाली र रिपगाड खोलाको पानी बाढिसँगै आएको लेदोले रोकेपछि आसपासको जमिनमा ताल बनेको छ’ स्थानीय बिजय फडेराले भने ‘टाढाबाट हेर्दा पुरै जमिन तालजस्तै देखिन्छ । नजिक जाने अवस्था छैन् ।’
खार्पुनाथको नन्ला गाउँ पनि जोखममा
वर्षासँगको बाढिले खार्पुनाथ गाउँपालिका ५ को नल्ला गाउँ जोखिममा परेको छ । बाढीले गाउँ आसपासका खोलामा पानीको बहाब बढेपछि गाउँ जोखिममा परेको स्थानीय विशाल शाहीले जानकारी दिए ।
‘पानीकै बहाबका कारण नल्ला गाँउ नजिकैको छरि खोलामा लागाएको काठको साँघु बगाएर आवतजावतसमेत बन्द भएको छ’ शाहीले भने ‘गाउँको दुवैतर्फका खोलामा पानीको मात्र बढेपछि कतिखेर गाउँ भाँसिने हो भन्ने डरका साथ वास बस्नु परेको हो ।‘
निरन्तरको वर्षाले खोलाको डरले सो गाउँका स्थानीय राति १ बजे देखि नसुतेको र कतिबेला खोला आउँछ र गाउँ बगाएर लग्छ भन्ने डरले घर बाहिर बस्नु परेको स्थानीय बाचु शाहिले जानकारी दिइन् । खोलाको काठको साँघु बगाएकोले खोलाको पारि पट्टी रहेका पशु चौपाया घर ल्याउन समस्या भएको स्थानीयको भनाइ छ ।
वर्षासँगैको बाढीले खेतमा भल पसेर लगाएको बालिमा क्षति पुर्याएको छ ।