सिमकोट । लामो समय निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको हुम्लाको सिमकोट गाउँपालकाले गाउँपालिका बाहिरको प्रमुख प्रशासकीय अिधकृत नपाठाउन कार्यपालिकाको बैठकबाट लिखित आग्रह गरेको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरका स्थानीय तह चल्न थालेपछि काममा प्रभावकारी नआएको निचोड सहित तालुकदार संघीय मामिला तथा सामान्इ प्रशासन मन्त्रालयले सिमकोटसहित जिल्लाका सातवटै स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय गरे लगत्तै जिल्ला सदरमकाम समेत रहेको सिमकोट गाउँपालिकाले कार्यपालिकाको बैठकबाट यस्तो निर्णय गरेको हो ।
मन्त्रालयको निर्णय सार्वजनिक हुने भए लगत्तै बिहिबार पालिकाका उपाध्यक्ष शुसिला रोकायाको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको बैठकले पालिका बाहिरका प्रमुख प्रशासकिय अधिकृत आए जिल्लामा नबस्नाले पालिकाको काम प्रभावकारी नहुने भन्दै जिल्ला बाहिरका प्रशासीक अधिकृत पठाउने काम नगर्न आग्रह गरेको छ । २०५४ को स्थानीय तहका कर्मचारीमा स्थायी भएका हालका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया अधिकृत सातौं तहमा बढुवा भएको र उहाँकै नेतृत्वमा लामो समय पालिकाको काम प्रभावकारी रुपमा अघि बढेको जिकिर गर्दै नयाँ प्रशासकीय अिधकृत नपठाउन निर्णय गरेको गाउँ कार्यपालिकाका एक सदस्यले अन्नपूर्णपोष्टलाई उपलब्ध गराएको निर्णयमा उल्लेख गरिएको छ ।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट यस गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत खटाएको हुँदा यस सिमकोट गाउँपालिकामा जिल्ला बाहिरको मान्छे जिल्लामा नबस्ने हुँदा गाउँपालिकाबाट जनतालाई सेवा दिने काममा असुविधा हुने र बेलाबेलामा जिल्ला बाहिर गई काममा बाधा पर्ने र ३।४ वर्षसम्म यहाँका स्थानीय सातौं तहका अधिकृतले मन्त्रालयबाट नैं प्रमुख प्रशासकियको जिम्मेवारी पाई कामकाज गर्दै आएको र गाउँ पालिकाबाट दिने सेवा सुविधा छिटो छरितो भएको र १२ महिना जनताले सेवा पाएको हुँदा मन्त्रालयबाट अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाई दिन हुन अनुरोध गर्ने निर्णय गरियो ।’ निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले समेत हस्ताक्षर गरेको कार्यपालिकाले गरेको निर्णयमा उल्लेख छ ।
गाउँपालिकाका प्रवक्ता तथा सिमकोट ६ का वडा अध्यक्ष नन्दबहादुर रावतले लिखित रुपमा फरक मत राखेको उक्त निर्णयप्रति पालिका अभ्ध्यक्ष बिजय भण्डारी (प्रतिरोध)ले पनि असहमती व्यक्त गरेका छन् । कार्यपालिकाको बैठक बस्नु अघि मलाई यसबारेमा परामर्श गर्ने काम भएको थियो ।
‘मैले अलिहे नैं लिखित रुपमा यस्तो निर्णय नगर्नुहोस् भनेको हुँ’ नेपालगञ्जमा रहेका अध्यक्ष भण्डारीले भने ‘तालुकदार मन्त्रालयले कानून अनुसार पूर्णअधिकार भएका प्रमुख प्रशासकीय अकिधकृत पठाउँछु भन्दा नियम विपरित नपठाउनु भन्ने काम गर्नु उचित होइन । यस प्रकारको निर्णयप्रति मेरो असहमती छ ।’
सातै स्थानीय तहमा नयाँ अधिकृत
संघीय मार्मिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लाका सातवटै स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय गरेको छ ।
लामो समय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका हुम्लाका स्थानीय तहमा लोकसेवा आयोगबाट भर्खरै नियुक्ति भएर आएका अधिकृत प्रमुख प्रशासकीय अधिकृतका रुपमा आउने भएका छन् ।
पहिलो पटक दुई गाउँपालिकामा महिला प्रशासकीय अधिकृत पठाएको मन्त्रालयले अदाचनचुली गाउँपालिकामा गिमन थापामगर, चंखेली गाउँपालिकामा सीताराम राई, खार्पुनाथ गाउँपालिकामा रमेश सुनुवार, सिमकोट गाउँपालिकामा सुवास आले, नाम्खा गाउँपालिकामा शैलेशकिशोर राई चाम्लिङलाई प्रकमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ । यस्तै
हुम्लामा पहिलो महिला प्रशासकीय अधिकृतका रुपमा ताँजाकोट गाउँपालिकामा सजना कार्की र सर्केगाड गाउँपालिकामा शान्ति लामालाई पठाउने निर्णय गरेको छ ।