एजेन्सी । विश्वका धनाढ्य राजामध्ये एक भनेर चिनिएका थाइल्यान्डका राजा रामा–एक्सको सम्पत्ति ५० खर्ब पुगेको छ । किङ महा भजिरालोङकोर्नको कुल सम्पत्ति करिब ५० खर्ब छ । उनीसँग ३८ जेट, २१ हेलिकोप्टर तथा सैयौँ विलासी कार रहेका छन् ।
यी राजा १६ हजारभन्दा बढी एकड जमिनका मालिक हुन् । उक्त जमिनमा देशभर ४० हजारभन्दा बढीले भाडाका लागि सम्झौता गरेका छन् । उनको सबभन्दा धेरै जमिन राजधानी बैंककमा छ । बैंककमा उनको ३२८१ एकड जमिन छ । यसमा १७ हजारभन्दा बढी मानिस भाडामा बसोवास गर्दै आएका छन् । यहाँको धेरैजसो जमिन ठूला रियल इस्टेट र व्यापारिक घरानासँग छ ।
राजाको बैंककस्थित ३२८१ एकड जमिनमा कैयौँ सरकारी भवन, सपिङ मल र पाँचतारे होटेल पनि छन् । यस्तै, राजाको आफ्नै आलिसान महल पनि छ । यो भिल्लाको मूल्य डेढ अर्बभन्दा माथि छ । राजाको शाही महल सन् १७८२ मा बनेको हो । यसलाई ग्र्यान्ड प्यालेस पनि भनिन्छ । साढे २३ लाख स्क्वायर फिटमा फैलिएको महलमा थुप्रै सरकारी कार्यालय र संग्रहालय छन् । महलको चारैतिरको पर्खाल १९ सय मिटर लामो छ । तर, किङ रामा–एक्स भने उक्त महलमा बस्दैनन् । यसकारण यसको प्रयोग पर्यटनका लागि गरिन्छ । कैयौँ भागमा विभाजित यस महलमा बुद्धको मन्दिर, अदालत र सरकारी भवन छन् ।
राजासँग डेढ अर्बबराबरको हिरापनि रहेको छ । थाई संस्कृतिमा गरगहना राख्ने परम्परा छ । यी धनाढ्य किङ महा भजिरालोङकोर्नसँग विश्वकै ‘दुर्लभ’ हिरा छ, जसलाई गोल्डेन जुबिली डाइमन्ड पनि भनिन्छ । विश्वकै ठूलो हिरा भएको दाबी गरिने यो हिरा ५४६ क्यारेटको हो । खैरो रङको हिराको मूल्य डेढ अर्ब बताइएको छ । यो अहिले रोयल थाई प्यालेसमा छ । यसैगरी, राजाको राजमुकुट ७।३ किलोको छ, जुन सन् २०१९ मा राज्याभिषेक हुँदा रामा एक्सले पहिरिएका थिए ।
किङ रामा एक्स घरपालुवा जनावरसँग समय बिताउन मन पराउँछन् । आफ्नो मनपर्ने कुकुरलाई ‘एयर चिफ मार्सल’ उपाधि दिएका उनले कुकुरको जन्मदिन मनाउँदा दुई करोड रुपैयाँभन्दा बढी खर्च गरेका थिए ।
२१ हेलिकोप्टरसहित ३८ जेट विमान, देखभालमा वार्षिक ५२४ खर्ब वार्षिक खर्च स् थाइल्यान्डका राजासँग २१ हेलिकोप्टरसहित ३८ वटा जेट विमान छन् । यसमध्ये चार बोइङ, तीन एयरबस र तीन सुखोई सुपरजेट छन् । फाइनान्सियल टाइम्सका अनुसार यी विमानको इन्धन खर्च तथा रेखदेखमा वार्षिक ५२४ खर्ब रुपैयाँ खर्च हुन्छ । यस्तै, बिजनेस इनसाइडरको समाचारअनुसार राजपरिवासँग स्कर्टिङमा प्रयोग हुने कारको काफिला छ । यो काफिलामा तीन सयभन्दा बढी कार सामेल छन् ।
राजपरिवारको सर्वाधिक पुरानो चिनो भनेकै शाही डुंगा ९रोयल बोट० हो । हालका राजाका पिता सिंहासनमा बस्दा यही डुंगामा बसेर राज्याभिषेक लिएका थिए । त्यसका लागि दुई माइलको यात्रा गरेका थिए । यी डुंगालाई सुफानाहाङ भनिन्छ । शाही डुंगा चल्दा एक्लै चल्दैन । योसँग ५२ अन्य डुंगाको लस्कर निस्किन्छ । यी सबै डुंगामा सुन जडान गरिएको छ । साथै, केही डुंगामा हाँस र केहीमा बाघको छालाजस्तो रङको पेन्टिङ बनाइएको छ । यो डुंगामा सवार भई राज्याभिषेक लिने राजपरिवारको परम्परा छ ।
पार्टी र विवाहको सौखिन, कुकुरको जन्मदिनमा करोडौँ खर्च स् किङ रामा एक्स घरपालुवा जनावरसँग समय बिताउन मन पराउँछन् । आफ्नो मन पर्ने कुकुर ‘फुफु’लाई एयर चिफ मार्सल उपाधि दिएका थिए । सन् २००७ मा उक्त कुकुरको जन्मदिन मनाइएको थियो । त्यसमा राजाले दुई करोड रुपैयाँभन्दा बढी खर्च गरेका थिए । सन् २०१५ मा ‘फुफु’को मृत्यु भएपछि बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरेका थिए । यस्तै, अन्तिम संस्कारको तस्बिर तथा भिडियो सार्वजनिक गरेमा कडा सजायको प्रावधानसमेत गरेका थिए ।
‘बिल्ड’को रिपोर्टअनुसार गत वर्ष राजा युरोपेली देशको भ्रमणमा निस्किएका थिए । उक्त भ्रमणमा उनीसहित निजी विमानमा २५० जना स्टाफ र ३० कुकुर पनि थिए ।
यी सौखिन राजाले अहिलेसम्म चारवटा विवाह गरेका छन् । उनको पहिलो विवाह सन् १९७७ मा भतिजी राजकुमारी सोमसावली कितियाकारासँग भएको थियो । विवाहको १६ वर्षपछि राजाले अभिनेत्री सुजारिन विवाचरावोन्सेसँग दोस्रो विवाह गरे । तर, दुई वर्षमै सुजारिनसँग सम्बन्धविच्छेद भयो । त्यसपछि थप दुई विवाह गरे । पछिल्लोपटक उनले सन् २०१९ मा राज्याभिषेक हुनुभन्दा केही दिनअघि विवाह गरेका थिए ।
किङ रामा एक्सको पढाइलेखाइ जर्मनी र बैंककमा भएको हो । यसकारण पनि उनलाई जर्मनी सर्वाधिक मन पर्छ । कोभिड पहिलो लहरका वेला उनी जर्मनीको एक पाँचतारे होटेलमा क्वारेन्टिन बसेका थिए ।