विविसी । भारतमा जी २० सम्मेलनका लागि भेला भएका विश्वका नेताहरूबीच सबैभन्दा ठूलो मतभेद युक्रेनमाथिको रुसी आक्रमणलाई लिएर छ।
शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले सम्मेलनको आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए र दुई नेताले कैयौँ क्षेत्रमा सहकार्य गर्ने वाचा गरेका छन्।
तर उक्त शिखर सम्मेलनमा विश्वका दुई सर्वाधिक शक्तिशाली राष्ट्रहरू रुस र चीनका सरकार प्रमुख अनुपस्थित छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन्पिङले बैठकमा भाग लिन आफ्ना प्रतिनिधि पठाएका छन्। जी–२० सम्मेलन भारतस् धनी देशका पाहुनालाई सुन चाँदीका भाँडामा खान्की
संयुक्त घोषणापत्र आउने सम्भावना कति ?
मतभेदमाझ भारतले सदस्य राष्ट्रहरूलाई एउटा संयुक्त घोषणापत्रमा सहमत गराउने प्रयास गर्नेछ।
यदि यो शिखर सम्मेलनमा संयुक्त घोषणापत्र जारी भएन भने उक्त संस्थाको शिखर सम्मेलनमा संयुक्त घोषणापत्र जारी हुन नसकेको यो नै पहिलो घटना हुनेछ।
अघिल्लो वर्ष इन्डोनेसियामा भएको जी(२० शिखर सम्मेलनलाई पनि युक्रेनमाथि रुसी हमलाले ओझेलमा पारेको थियो तर उक्त लडाइँलाई लिएर अभिव्यक्त मतभेदमाझ नेताहरूले आ(आफ्ना फरक धारणासहितको घोषणापत्र ल्याएका थिए।
त्यसयता देशहरूका अडान अझ कठोर भएका छन्। रुस र चीनले त्यस्तो छुट नदिन सक्छन् र अमेरिकी नेतृत्वमा पश्चिमा देशहरूको समूहले युद्धको निन्दाबाहेक अन्यखाले शब्द कुरा स्वीकार गर्न नसकिने धारणा राख्नसक्छ।
अझ सी र पुटिनको अनुपस्थितिले निर्णय प्रक्रियालाई झन् कठिन बनाउन सक्छ। रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोफ र चिनियाँ प्रधानमन्त्री ली क्चियाङले आ(आफ्ना देशको प्रतिनिधित्व गरेका छन् तर आफ्ना नेताहरूसँग अनुमति नलिइकन उनीहरूले अन्तिम घडीमा निर्णयहरू लिने राजनीतिक सामर्थ्य नराख्न सक्छन्।
यसै वर्षको सुरुमा जी-२० का विदेश र अर्थमन्त्रीहरूको बैठक पनि संयुक्त विज्ञप्ति जारी नगरी सकिएको थियो।
तर भारतले युक्रेनको मुद्दाले आफूले उठाउन चाहेका ‘ग्लोबल साउथ’ पनि भनिने विकासशील देशका चिन्ताहरूलाई पछि धकेल्न नमिल्ने चाहना अझै राखिरहेको छ।
अब अफ्रिकी सङ्घ पनि सदस्य
जी-२० राष्ट्रहरूले वैश्विक अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्छन् भने उनीहरूबीच हुने व्यापार कुल व्यापा मध्येको ७५ प्रतिशत हो।
विश्वको कुल जनसङ्ख्यामध्ये दुई तिहाइ मानिसहरू ती देशमा बस्छन्।
भारतले बारम्बर उक्त समूहमा आबद्ध नरहेका देशप्रति पनि जी(२० को जिम्मेवारी रहेको बताउने गरेको छ र आफूलाई ‘ग्लोबल साउथ’को एउटा आवाजको रूपमा प्रस्तुत गर्दै आएको छ।
जी-२० मा विश्वका १९ वटा ठूला अर्थतन्त्र र युरोपेली सङ्घ छन्।
शनिवार सम्मेलनको उद्घाटन समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अफ्रिकी सङ्घलाई पनि सो समूहको स्थायी सदस्य बनाइनु पर्ने प्रस्ताव राखेका थिए जुन बैठकले तत्कालै पारित गरेको थियो।
अफ्रिकी सङ्घको उपस्थितिले विकासशील देशहरूको आवश्यकताबारेको भारतको अडानलाई थप बलियो बनाएको छ।
जी(२० सम्मेलन दक्षिण एशियामा पहिलो पटक आयोजना भएको हो र यसमा विश्वका चर्चित नेताहरू सहभागी छन्।
अमेरिकी राष्ट्रपति जो बाइडन, ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति एम्मानुएल माक्रोँ शिखर बैठकमा सहभागी भइरहेका छन्।
यो सम्मेलनको तयारीका लागि अघिल्लो वर्ष ६० वटा भारतीय सहरमा विभिन्न २०० वटा बैठकहरू आयोजना गरिएको थियो।
औपचारिक कार्यक्रमअघि मोदीले के भने ?
औपचारिक कार्यक्रम सुरु हुनुअघि मोदीले विभिन्न विषयमा बोलेका छन्।
उनले मोरक्कोमा गएको भूकम्पबाट प्रभावित मानिसप्रति मेरो समवेदना र सहानुभूति प्रकट गरेका छन्।
उनले भनेका छन्, “म भन्न चाहन्छु' सारा विश्व उहाँहरूको साथमा छ र हामी उनीहरूलाई हरसम्भव सहयोग गर्न तयार छौँ।”
उनले कार्यक्रमस्थल भन्दा केही पर रहेको एउटा प्राचीन स्तम्भमा साढे दुई हजार वर्ष पुरानो स्तम्भमा प्राकृत भाषामा “मानवताको कल्याण र सुख सदा कायम रहनेछ” भनेर लेखिएको स्मरण गरेका छन्।
मोदीले भारतले सम्पूर्ण विश्वलाई “हामी मिलेर विश्वव्यापी विश्वासको कमीलाई विश्वासमा परिणत गर्नुपर्छ” भनेर आह्वान गरिरहेको बताएका छन्।
उनले यो सबै मिलेर विकास गर्ने समय भएको बताए।
उनले अफ्रिकी सङ्घलाई जी-२० मा सहभागी हुने प्रस्ताव पनि राखेका थिए।
मोदीले आगामी पुस्ताले विश्व अर्थतन्त्रको उथलपुथल, उत्तर–दक्षिण र पूर्व–पश्चिम बीचको भिन्नता, खाद्यान्न सङ्कट, मल सङ्कट जस्ता चुनौतीको सामना गर्नुपर्ने पनि बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।