सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख आवश्यक भएको बताउनु भएको छ ।
बुधबार सुर्खेतको राजधानी वीरेन्द्रनगरमा कचहरी प्रेस क्लब द्धारा आयोजित संविधान कार्यान्वयनमा कर्णालीः उपलब्धी र चुनौती बिषयक अन्तर संबाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले यस्तो बताउनु भएको हो ।
‘दिनै पिच्छे सरकार फेरिनुले विकास निमार्णका कामहरु भएनन् । अब हाम्रो जस्तो मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख चाहिएको छ’ मुख्यमन्त्री शर्माले थप्नुभयो, ‘त्यस्तो सरकारले आफु टिक्ने हुँकी हैन भन्ने भन्ने कुरालाई भन्दा विकास निमार्णको कामलाई प्राथामीकता दिन्छ र विकासको गति अगाडी बढ्छ ।’
कर्णाली साधन स्रोतको हिसाबले सम्पन्न छ तर कर्णालीलाई पछि पारीएको छ अब कर्णालीले क्षतिपूर्तिसहितको बजेट पाउनु पर्छ भन्ने आवाज उठाउन जरुरी रहेको उल्लेख गर्नुभयो । कर्णालीमा कसरी समाजवाद आउँछ भन्ने विषयमा बहस चाहिएको छ बताउनुभएका मुख्यमन्त्री शर्माले त्यसको लागि राजनितिक सम्मेलन गर्ने सेडुल कर्णाली प्रदेश सरकारको तर्फबाट मैले तयारी गरी रहेको खुलासा गरे ।
‘संघियता आइसकेपछि संविधान जारी भैसकेपछि कर्णालीमा केही पनि भएको छैन भन्नु वाइजात कुरा हो । सबै कुराको विकास कर्णालीमा हुन नसकेपनि केही न केही कुराको विकास त भएको छ । हामीले सोचलाई व्यवहारमा परिवर्तन गर्न जरुरी छ । कर्णाली निमार्णको लागि सबैको सकारात्मक सोच र चिन्तन गर्न जरुरी छ त्यसैले सुर्खेतमा स्थापना भएको कचहरी प्रेस क्लब साँच्चीकै परिवर्तनको संगम बन्न पुगोस उहाँले थपे ।’
कर्णाली विकासमा राजनीतिक सम्मेलन आवश्यकः एमाले नेता कँडेल
नेकपा (एमाले)का स्थायी कमिटि सदस्य यमलाल कँडेलले कर्णालीमा विकासको लागि राजनितिक सम्मेलन गर्नु आवश्यक रहेको बताउनु भएको छ ।
संविधान कार्यान्वयनमा कर्णालीः उपलब्धी र चुनौती विषयक अन्तर संवाद कार्यक्रमलाई संवोधन गर्दै कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका नेता कँडेलले कर्णाली प्रदेश सरकारका मुख्य मन्त्रीमा दुई वटा पात्र देखिसक्यो अब अहिले तेस्रो पात्रको रुपमा माननिय मुख्य मन्त्री राजकुमार शर्मा आउनु भएको छ । उहाँले कर्णालीको विकासको लागि छिट्टै राजनितिक सम्मेलन गर्नु आवश्यक रहेको टिप्पोणी गर्नुभयो ।
‘हामीले संघियता बनायौ तर हाम्रो कर्णाली प्रदेश बचेखुचेको भू–भागलाई समेटेर मात्र सिमांकन गरीयो । हाम्रो दैनिक खाद्य वस्तु लगायतका कुराहरु ल्याउने परम्परागत रुपमा आपसी सम्बन्ध रहेको क्षेत्रलाई भन्दा कहिलै नजोडिएको रोल्पासँग जोडिनु पर्ने अवस्था बन्यो’ पुर्वमन्त्रीसमेत रहनु भएका नेता कँडेलले थप्नुभयो, ‘कर्णाली प्रदेश सरकार मन्त्री उत्पादन गर्ने कारखाना मात्रै बन्यो । प्रदेश सांसदमा निर्वाचित भएजतिकालाई पुर्वमन्त्री बनाएर पठाउने मानिसिकाताबाट माथि उठ्न सकेनौं भने कर्णालीको विकासको परिकल्पना गर्न सकिदैन ।’
अहिले सरकार देश बनाउन भन्दा दिन बिताउन गठबन्धन बनेको दावी गर्नु भएका कँडेलले पुर्वमन्त्रीको उपनामले चिनाउन बनेको हो भने कर्णालीमा साधन स्रोत प्रसस्तै छ तर वितरण गर्ने ठाउँमा हामीहरु छैनौं । विवरण गर्ने ठाउँमा गबन्दनका पात्रहरु भएकाले उनिहरुले विकास भन्दा गर्ने भन्दापनि आफ्ना कार्यक्रता भर्ति गर्ने केन्द्रको रुपमा स्थापीत गर्न खोजेको भन्दै प्रश्न गरे ‘त्यसले कर्णालीको विकास कसरी हुन्न्छ विकास ?’
‘कर्णालीमा यो दल त्योदल नभनिकन मुद्धा र विषयलाई प्रमुख ठानौ हामीसँग राष्टलाई प्रभाव पार्ने मुद्धाहरु छन्’ उनले थपे ।
कर्णालीमा व्यवस्था बदलियो तर अवस्था बदलीयनः कांग्रेस सचेतक विष्ट
कार्यक्रममा नेपाली कांग्रेसका सचेतक हिक्मत विष्टले व्यवस्था बदलिय पनि अवस्था नबदलीयको बताउनु भयो ।
देशमा गणतन्त्र आयो, धेरै नेताहरु जन्मिए तर नागरिकको अवस्था ज्युकातिउ रहेको बताउनु भएका नेता विष्टले भन्नुभयो ‘हाम्रो देशमा राजनितिक संघियता भयो तर वित्तिय र प्रशासनिक संघीयता भए मात्र कर्णाली जस्तो प्रदेशको विकास गर्न सकिन्छ ।’