सिमकोट । आन्तरिक विवादले पटकपटक स्थगित हुदैं आएको अदानचुली गाउँपालिकाको कायएपालिका बैठक बसेको छ ।
कहिले कार्यकारी अधिकृत र कहिले योजना छनोटका विषयमा किचलौ बन्दै गएको कार्यपालिका बैठक मंगलबार बसेको हो ।
संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार नयाँ प्रमुख प्रशासकीय अधिकृत पालिकामा पुगेपछि कार्यपालिकाको बैठक बस्न सकेको हो ।
विवादकै बीच कानून बमोजिम डल्लो बजेट पारित गरेको अदानचुलीले तीन महिनापछि पालिकाको भौतिक पूर्वाधारमा विनियोजन गरेको छ । बैठकले सडक र पूर्वाधारमा केन्द्रीत रहेर बजेट विनियोजन गरेको हो ।
लामो समय पालिका अध्यक्ष र उपाध्यक्ष बीचको आन्तरीक विवादले बस्न नसकेको कार्यपालिका बैठक १५ असोजमा नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा गिमन थापा मगर हाजिर भए पश्चात बोलाइएको बैठक लगातार दुई दिन बसेर पूर्वाधार केन्द्रीय आयोजना छनोट गर्दै सम्पन्न भएको पालिका अध्यक्ष मोहन विक्रा सिंहले जानकारी दिनुभयो ।
बाढी प्रभावितलाई राहत दिन १५ लाख विनियोजन
बैठकले बाढी प्रभावितहरुका लागि राहत वितरण गर्न १५ लाख रकम विनियोजन गरेको छ ।
‘केहि समय अघि परेको वर्षासँगैको बाढि पहिरोले क्षेत बिक्षत सडकहरुको मर्मत तथा सम्हारमा १ करोेड ६८ लाख ५३ हजारको बजेट सडक म्रमत तथा निमार्णको लागि विनियोजन गर्दै बैठक सम्पन्न भएको छ’, अध्यक्ष सिंहले भने ‘यो सँगै २०८० साल असोज ३ गते आएको बाढीले मानविय, धनजन, बालीनाली, बाटाघाट, पुलपुलेसा, पशुपक्षी तथा सम्पुर्ण कृषि उपजमा भएको क्षतिपूर्तिप्रति दुःख व्यक्त गर्दै तत्काल राहत उपलब्ध गराउन १५ लाख रुपैया विनियोजन गरिएको छ ।’
विनियोजित रकमले बाढी प्रभावित परिवारका लागि प्रति घरधुरी ३० केजी चामल उपलब्ध गराउने, भैसी राँगा मरेका भए ५ हजार, खसी, बाख्रा, गाइगोरु, कुखुरा फर्म बगाएको भए ३।३ हजारको दरले रकम उपलब्ध गराउने र पूर्णरुपमा घर क्षेती भएकालाई पाल उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकले गरेको छ ।
केहि साता अघि परेको अविरल वर्षासँगैको बाढिले बेपत्ता भएका अदानचुली गाउँपालिका ३ का रबि भियालको घरपरिवारलाई किरिया खर्चबापत ५० हजार रुपैया उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको अध्यक्ष सिंहले बताउनुभयो ।
पूर्वाधारमा सडक धेरै
व्यापक छलफल मार्फत बजेट विनियोजन गरेको बैठकले खानेपानी तथा सरसफाईको मर्मत सम्भारमा सामाग्री खरिदमा १० लाख, प्रशासनिक भवन टहरा तथा सौचालय निमार्णको लागि लागि १६ लाख रुपैया विनियोजन गरेको अदानचसली ५ का वडा अध्यक्ष कमलबहादुर छत्यालले जानकारी दिनुभयने ।
उहाँका अनुसार प्रशासनिक भवन नवनि सकेको अवस्थामा भाडाको घरमा बस्नु भन्दा नयाँ संरचना तयार नहुञ्जेल सम्मको लागि स्वास्थ्य चौकीको क्षेत्रमा रहेको सार्वजनिक जग्गामा टहरा निमार्ण गरी प्रशासनिक काम काज गर्ने निर्ण भएको बताउनु भयो ।
पुर्वाधार मर्ममत तर्फ गल्फागाड बाटो तथा पुल निमार्णमा ५ लाख, सेरा–कालागाड सडकमा ५ लाख, डाहाल–काँखे–बारीगाउँ सडकमा ५ लाख, लौठी–रिल्म विगोठी सडक निमार्णमा ५ लाख रकम विनियोजन गरेको छ ।
यसैगरी सुर्योदय माध्यमिक विद्यालयको सरस्वती मन्दिर निमार्णमा १ लाख ५३ हजार, गोरपाली–ढकानी कुना सडक निमार्णमा २ लाख, कुकुरफाल्ना जलविद्युत निमार्ण तथा लाइन विस्तारमा २० लाख र थलोहाल्ना–बुढागाउँ हुँदै बुमीडाँडा सडक मर्मतमा ३ लाख बजेट विनियोजन गरिएको छ ।
बैठकले नयाँ सडक र जलविद्युत निमार्णको तर्फ मष्टादेब आधारभूत विद्यालय फिल्ड निमार्णमा ५ लाख, पुद्धुकोट स्वास्थ्य क्लिनिक निमार्णमा १० लाख, काठेखौला सडक निमार्णमा १५ लाख, सिचाई निमार्ण गर्न वडा नम्बर ३ को लागि ५ लाख, सडक निमार्ण वडा नम्बर ३ का लागि १५ लाख, काँडखेत कालापहाड सडक निमार्ण वडा नम्बर १ मा १५ लाख, कालागाड–पाल्स सडकमा २५ लाख,ओखर पकेट कार्यक्रम ५ मा ५ लाख र कालागाड स्याउल्या वडा नम्बर ५ मा १० लाख रकम विनियोजन गर्ने र्णिय गरेको छ ।
बैठकले ओखर ब्लक कार्यक्रम वडा नम्बर ४ को लागि १० लाख रकम बिनियोजन गरेको छ ।
कार्यपालिका सदस्य देखि अध्यक्षसम्मलाई छुटुटै कोष
अदानचुली गाउँपालिकाले कार्यपालिका सदस्य देखि वडा अध्यक्ष, उपाध्यक्ष र अध्यक्षका लागि बग्लै कोषको व्यवस्था गरेको छ । बैठकले अध्यक्ष कोषको लागि ३५ लाख, उपाध्यक्ष कोषको लागि ३० लाख र न्यायिक समितिको कार्यालयका लागि १० लाख रकम विनियोजन गरेको वडा अध्यक्ष छत्यालले बताउनुभयो ।
पालिका अध्यक्ष सिंहको अध्यक्षतामा बसेको बैठकले आ व २०८०।०८१ को चालु खर्च तर्फको शिर्षकहरुमा रहेको कुल ४४ लाख बजेटलाई पनि विनियोजन समेत गरेको गरिएको सदस्य सचिव समेत रहेका प्रमुख प्रशासकिय अधिकृत गिमन थापा मगरले बताउनु भयो । अधिकृत थापाका अनुसार गतवर्षको भुक्तानी बाँकी विउविजन खरिदको लागि १२ लाख, राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको लागि ५ लाख, तिज विशेष कार्यक्रम प्रति वडा ३० हजारका दरले १ लाख ८० हजार, संविधान दिनवश मनाउन १ लाख १० हजार, वाल दिवस मनाउन ५० हजार विनियोजन गरेको छ ।
यसै गरी ६ वडाका लागि विभिन्न स्थानीय पर्व मनाउनको लागि प्रतिवडा १ लाखका दरले ६ लाख रुपैया, विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय दिवश मनाउन १ लाख ५० हजार, स्याउ ओखर पकेट विकास कार्यक्रमको लागि २ लाख १० हजार र प्रत्येक कार्यपालिकाका सदस्यहरुलाई लक्षित क्षेत्रमा कार्यक्रम गर्न प्रति कार्यपालिकाका सदस्यहरुलाई २ लाख ३३ हजारका दरले १४ लाख रुपैया विनियोजन गरेको छ ।
विनियोजित योजनाहरु तत्काल कार्यान्वयनमा लैजाने र १५ लाख भन्दा माथीका योजनाहरु टेण्डर मार्फत सञ्चालन गर्ने तथा सो भन्दा तलका योजनाहरु समिति मार्फत सञ्चालन गरिने निर्णय अदानचुलीले गरेको छ ।