भिमबहादुर परियार
सुर्खेत । कर्णालीमा अनपेक्षित अपराध बढ्दै गएको छ ।
नेपालीहरुको महान चार्ड बडा दशैंको आसपासका ९ दिनमा ६ जनाको हत्या भएको छ ।
दश जिल्ला भएको कर्णालीमा ९ दिनको छोटो अवधीमा ६ जनाको निर्मम हत्या हुनुलाई अस्वाभाविक रुपमा लिइएको छ ।
दशैँको फुलपातीको दिन कार्तिक ४ गते मात्र कालिकोटको खाँडाचक्र नगरपालिका–१० का रमेश शाही गोठमा मृत्य अवस्थामा प्रहरीले फेला पार्यो घटनामा संलग्न भएको भन्दैं उनीसँगैका २ जना साथीहरुलाई प्रहरी नियन्त्रणमा लिएको छ । प्रारम्भीक अनुसन्धानका क्रममा सँगैका दुइजनाले शाहीलाई कुटपिट गरेर हत्या गरिएको हुनसक्ने अनुमान गरेको छ ।
ढोग (दर्शन) नगरेको भन्दै कार्तिक ८ गते दशैँको टिकाको भोलिपल्ट एकादशीको दिन कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भयो । मृत्यु हुनेमा बागचौर नगरपालिका–७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन् । उनलाई छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले ४ कार्तिकमा कुटपिट गरेका थिए । कुटपिट पछि उनको मृत्यु भयो ।
कोजाग्रत पूर्णीमको त्रयोदशी अर्थात कार्तिक १० गते शुक्रबार मुगुमा तीन छोराछोरीसहित आमाको शव फेला प¥यो । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा, ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला प¥यो । उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको घटनास्थलमा रहेका मुगुका प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनास्थल रगताम्मे भएकाले सबैजनाको हत्या नै भएको मुगु प्रहरीले जनाएकोे छ । यद्यपि हत्या गरिएको विषय भने थप अनुसन्धानबाट नैं खुल्ने छ ।
प्रहरीका अनुसार मृतक आमा श्रीदेवी छोराछोरीसहित कार्तिक ७ गते दशैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टीका लगाइसकेपछि उनी कार्तिक ८ गते बेलुका नै घर फर्किएकी थिइन् । प्रहरीलाई भने शुक्रबार बिहान ११ बजे मात्रै खबर भयो । उक्त घटनाको विषयमा शनिबार बिहानदेखि अनुसन्धानमा खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम गमगढी लियो ।
त्यस्तै यता कार्तिक ११ गते कोजाग्रात पूर्णीमाको दिन दैलेखको भैरवी गाउँपालिका–४ सिलंगीमा भएको झडपमा सुर्खेतको वीरेन्द्रनगर–२ का २० बर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको थियो । बिहिबार बेलुका भएको झडपपछि उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।
झडपमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घटना भएको २४ घण्टाभित्र शुक्रबार बेलुका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भैरवी गाउँपालिका–४ का झपिन शाही, धर्मराज अधिकारी र मनिषा रिजाल रहेका छन् ।
दशैँ लक्षित घटना कमः हत्या बढि
कर्णाली प्रदेशमा यो पटक अन्यत्रको तुलनामा दशैँ लक्षित घटना अपराधका घटना भने अनपेक्षित रुपमा बढेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पछिल्लो ९ दिनमा मात्र ६ जनाको ज्यान जानु आफैमा दुःखत हरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी गोपाल चन्द्र भट्टराईले बताए ।
‘दशैँ लक्षित गतिविधिका कारण यस पटको दशँैमा घटना निकै कम घटेको भएपनि अन्य विविधि कारणले हुने हत्याका घटना निकै धेरै बढेका छन्’ सुचना अधिकारी भट्टराईले थपे, ‘सामान्य विवादमा दुवै पक्षबाट हुने आक्रोसका कारण कर्णालीमा दशैँको समय हत्याका घटना अनपेक्षित रुपमा बढेको हुन् ।’
हत्यका घटनाले कर्णालका स्थानीयलाई थप त्रसित बनाएको छ । दशैँ शान्तिपूर्ण रुपमा बितेपनि मुगु, कालिकोट, सल्यान र दैलेखका चार घटनामा ६ जनाको हत्याको अनुसन्धानमा प्रदेश प्रहरी कार्यालयबाटै विशेष टोली खटाएको उनले बताए ।
पछिल्लो अवस्थामा कुटपिट, हत्या, अराजक गतिविधि धेरै हुने गरेको छ । जसको प्रत्यक्ष असर बालबालिका र महिलाहरुमा पर्ने गरेको आवाज संस्था सुर्खेतका अध्यक्ष पवित्रा शाहीले बताइन । अहिलेको पशुवस्तु, वनस्पतिको बाँच्न पाउने अधिकार सुनिश्चतको आवाज उठी रहेको बेला मानिसको खुले आमारुपमा हत्या गर्ने घटनाले आम नागरीकमा निराशा छाएको बताएकी अधिकारकर्मी शाहीले यसले समाजमा ठूलो सामाजिक विकृती बढाउने काम गरेको बताइन् ।
‘मान्छे मार्ने, जेल गएकालाई जेल भुक्तानी गर्ने वधी नपुग्दै छोड्ने जस्ता दण्डहिनता र अराजक गतिविधि बढाउन समाजमा राजनितिको ठूलो प्रभाव छ । स्थानीय स्तरमा गल्ती गरेपनि माफि दिने र केन्द्रमा पनि मान्छे मारेको अपराधिलाई राजनीतिक शक्ति र सत्ताको भरमा आम माफी दिन चलन छ । यसको अन्त्य नगरेसम्म समाजमा यस्ता घटनामा कमी आउनु भन्दा थप बढोत्तरी हुन्छ । एउटा पशुलाई काट्न पनि हजारौँ पटक सोच्नु पर्ने समयमा धमा–धम मान्छे मारेको खबरले सर्वसाधारण कसैको ज्यान पनि सुरक्षित नभएको सन्देश मात्रै गएको छैन् कतिखेर कस्को ज्यान कुनको हातबाट हत्या हुने हो भन्दै होस् उडेको छ’, उनले थपिन ।
सम्मान, सँस्कार, सभ्यता, मानवीय आचारण जस्ता विषयलाई ख्यालै नगरी अपराधिक गतिनिधिमा संलग्न हुने जोकोहीलाई कडा कारबाही हुन आवश्यक रहेको बताएकी शाहीले यसको लागी सम्बन्धीत सरोकार गम्भीर भएर लाग्नु पर्ने उनले बताईन् ।