सुर्खेत । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।
भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । भूकम्पले घरहरुमा क्षति पुगेको जाजरकोटका डिएसपी सन्तोस रोकाले बताए । घर्तिका अनुसार खलंगामा भएका पुरानो घरहरू भत्किएको र मानिसको उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली लागिरहेको छ ।
जाजरको ३६ जनाको मृत्यु, ४६ जना घाइते
भुकम्पमा परेर जाजरकोट जिल्लामा मात्रै अहिलेसम्म भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित ३७ जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा भएका पत्रकार बालकुमार शर्माका अनुसार अहिलेसम्म ५० शैयाको जिल्ला अस्पताल जाजरकोटमा मात्रै ३७ जनाको शव रहेको शर्माले जानकारी दिए ।
जिल्लाका विभिन्न क्षेत्रबाट एम्बुलेन्स र अन्य सवारी साधनबाट ल्याएकाहरुको लाश ३७ जना भएपनि अन्य थुप्रै हताहत भएको हुनसक्ने बताइएको छ ।
पत्रकार शर्माका अनुसार जिल्लाको नलगाडमा २५ जनाको ज्यान गएको छ भने विभिन्न गाउँमा मृत्यसका खबर आएकाले संख्या बढ्ने अनुमान गरेको जाजरकोटका प्रहरी नायव निरिक्षक सन्तोष घर्तीले जानकारी दिए ।
सदरमुकाम खलंगाको माथिल्लो क्षेत्र र रिम्ना बजारमा सुख्खा पहिरोका धेरै घर भित्र रहेबा बालबालिका र वृद्धवृद्धाको ज्यान गएको बताइएको छ ।
भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको डीआइजी ढकालले बताए । रातिको समय भएकाले थप विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए । उनका अनुसार, हालसम्मको सूचनामा जाजरकोट र रुकुममा सबैभन्दा धेरै क्षति भएको छ ।
जाजरकोटमा दुई वटा एम्बुलेन्स र ५ वटा गाडीले जिल्लाका बिरामीलाई सुर्खेततर्फ लिने काम भैरहेको छ । भुकम्पले जिल्ला प्रशासन कार्यालय र जाजरकोटका दुईवटै दरबारको क्षती भएको जाजरकोटका पत्रकार बालकुमार शर्माले जानकारी दिए । जाजरकोट डोल्पा जोड्ने र जाजरकोट जुम्ला जोड्ने सडक अवरुद्ध भएको छ ।
भेरि नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले नगरपालिकाको सिंगो टिमलाई उद्धार र राहतमा परिचलानमा परिचालन गरिएको छ । जाजरकोट जिल्ला अस्पतालमा ९ जना चिकित्सक र ६८ जना स्वास्थ्यकर्मी परिचालन भएका छन् ।
रुकुम पश्चिममा ३६ जनाको मृत्यु
भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ३६ भन्दाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षकलनमराज भट्टराईले जानकारी दिए ।
‘जिल्लाका अधिकांश क्षेत्रबाट जिल्ला अुपतालमा ल्याइएका मृतकका लाशहरुको संख्या अहिलेसम्म ३६ रहेको छ’, प्रनाउ भट्टराईले भने ‘अहिले बिहान ६ बजेसम्मको विवरण अनुसार ३६ प्लसको मृत्यु भएको छ भने ५३ जना अस्पतालमा भर्ना हुनु भएको छ, भने जिल्लाको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।’
डिएसपी भट्टराईका अनुसार मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध र त्यसलाई पन्छाउने काम जारी छ । पालिकाभित्रका अन्य सहायक सडकहरुमा पनि सुक्खा पहिरो गएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गए हो ।