जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका पिडितहरुको साहाा बन्न नेकपा (एमाले) को टोली जिल्लाका दुर्गम गाउँ छिरेको छ ।
चिकित्सक सहितको टोलीले भुकम्पामा ज्यान गुमाएका मृतकका परिवार र अन्य पिडिंतहरुलाई राहत प्रदान गर्दै मनोपरामर्श समेत दिन शुरु गरेको टोलीका प्रमुख नेकपा (एमाले)का केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो ।
भुकम्प प्रभावितहरुको खोज, उद्धार र राहतका अनेक कुरा गरेपनि जिल्लाका दूरदराजमा सरकारी टोली समेत नपुगेको बेला चिकित्सक सहितको राहत टोली गाउँ पुग्ने एमाले पहिलो भएको नलगाड नपगरपालिका–३ की यमुना पुनले जानकारी दिनुभयो । सुक्रबारको बिनाशकारी भुकम्पमा आप्mना श्रीमान गुमाएर विक्षिप्त अवस्थामा रहनु भएकी पुनका अनुसार भुकम्प गएको तीन दिन बित्दा समेत गाउँमा आफूकहाँ आउने टोली एमालेको पहिलो हो ।
‘रेडियो र नेटमा प्रधानमन्त्री देखि को धेरै नेताहरु पिडिंतलाई खोज्दै आउनुभएको कुरा सुनिन्छ तर हामीकहाँ आउने त हजुरहरु पहिलो टोली हो’, आँखाभरी आँशु झार्दै पुनले थप्नुभयो, घरमा पुरिएर उहाँ (श्रीमान्) जानुभएदेखि हाम्रो पाटाको वास थियो अब यहाँहरुले दिएको पालले आकाशका तारा हेरेर रात कट्नु नपर्ने भयो ।’
अनेरास्ववियूका केन्द्रीय सदस्यसमेत रहनु भएका चिकित्सक डा. सुरज कडरियासहितको टोलीले भुकम्प प्रभावितहरुको स्वस्थ्य परिक्षण गरेको एमाले केन्द्रीय सदस्य आचार्यले जानकारी दिनुभयो ।
दुई दिनदेखि जाजरकोटका दुर्गम गाउँहरुका भुकम्प पिडिंतहरुसँग प्रत्यक्ष भेटेर सान्त्वना सहित राहत वितरण गरेको एमालेको टोली गाउँ जाने जिल्लाकै पहिलो भएको छ ।
भुकम्प प्रभावितहरुको खोज, उद्धार र राहत वितरणका नाममा जिल्ला सदरमुकाममा जतिसुकै टोलीहरु आएको भएपनि जाजरकोटको सबैभन्दा बढि मानविय क्षति भएको नलगाड नगरपालिकाका विभिन्न वस्तीमा पुग्ने टोली एमालेको पहिलो हो, केन्द्रीय सदस्य आचार्यले भन्नुभयो, ‘हामीले हरेक पिडितको घरमा गएर प्रारम्भीक स्वास्थ्य परिक्षणसहित सान्त्वना दिदैं, राहत समेत प्रदान गरेको छ ।’
सुक्रबार राती ११ः४८ मा गएको ६.४ म्याग्नेच्युटको भुकम्पमा परेर १०५ जनाको मृत्यु भएको जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा मात्र ५१ जनाको मृत्यु भएको थियो भने नलगाड–१ मा २५ जनाको ज्यान गएको एमाले नेता आचार्यले जानकारी दिनुभयो । विभिन्न निकायहरुसँगको समन्वयमा काठमाडौंदेखि राहत संकलन गरेर गएको एमाले टोलीले नलगाडका २६३ घरपरिवारलाई त्रिपाल, ब्लांकेट, चामल, दाल, तेल, चाउचाउ, बिस्कुट वितरण गरेको छ ।
स्थानीय तहका जनप्रतिनिधि, नेकपा (एमाले)का स्थानीय कमिटिका पदाधिकारीहरुको रोहबरमा परामर्श, स्वास्थ्य परिक्षण र राहत वितरण गरेको टोलीले तीनै तहका सरकारका प्रतिनिधिहरुले जिल्ला सदरमुकाममा मात्रै केन्द्रीत हुनुभन्दा गाउँका कुनाकाप्चामा भएका पिडिंतहरुकोमा पनि पुग्न आग्रह गरे ।
‘भुकम्पको त्रासदीले पिडिंतहरुमा झस्कीने, बर्बराउने, डराउने समस्या छ’, टोलीमा संलग्न डा. सुरज कडरियाले भन्नुभयो, ‘राहत सामाग्री सहित मनोपरामर्शका लागि चिकित्सकहरुको टोली पनि गाउँमा आउन जरुरी छ ।’
एमाले नेता आचार्यको टोलीमा काठमाडौंबाट गएका चिकित्क सहित एमाले जाजरकोटका नेताहरु नवराज सिंह, धर्मबहादुर शाही, रिता रावल, धनबहादुर रावल, हेमन्त बुढा, सुनिता बोहोरा, दिनेश गौतम लगायतका नेताहरु संलग्न हुनुहुन्छ ।