काठमाडौं । दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनक बहादुर मल्लका अनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
शुक्रबार राति पुलबाट भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो।
दुर्घटनामा घाइते भएकामध्ये जुम्लाका २० वर्षीय बालकृष्ण शाहीको राप्ती पोलीक्लिनिक भालुवाङमा उपचार भइरहेको छ।
चौराहा हस्पिटल बुटवलमा चावहिल बस्ने ४४ वर्षीय सुवास साक्य, जुम्लाका १९ वर्षीय विशाल बोहोरा, कलंकी बस्ने ११ वर्षीया आभ्या पाण्डे, कलंकी बस्ने ५० वर्षीया मन्जु शर्मा, काठमाडौं डल्लुचौतारा बस्ने २४ वर्षीया सन्जु बरुवाल, कलङ्की बस्ने ४६ वर्षीया राधा पाण्डे, डोल्पाकी ३६ वर्षीया धनकली बुढाको उपचार भइरहेको छ। त्यसैगरी ३५ को मन ब। रोकाको पनि सोही अस्पतालमा आइसियूमा उपचार भइरहेको छ।
बुटवलको सिटी अस्पतालमा रौतहट चन्द्रनिगाहाका २९ वर्षीय सञ्जय कार्कीको उपचार भइरहेको छ।
मेडिकल कलेज कोहलपुर, बाँकेमा बसका सह(चालक राप्ती सोनारीका ३१ वर्षीइ कुल बहादुर गोसाई, नेपालगञ्जका ३५ वर्षीया लिला वली, सह(चालक बाँकेका २१ वर्षीय शंकर थारु, भारतका २८ वर्षीय राहुल कुमार यादव, भारतका २० वर्षीया छोटी सिलौटा कालिकोटका ४५ वर्षीय तिलक प्रसाद उपाध्याय लगायतको उपचार भइरहेको छ।
त्यसैगरी बर्दियाका २२ वर्षीय राजिव थारु, बाँके खजुराका २० वर्षीय अर्वाज नाउ, राप्ती सोनारीका १८ वर्षीय दसरथ बि.क, बाँके डुरूवाका २५ वर्षीय मोहमद जावेद दर्जी, बाँके कोहलपुरका २१ वर्षीय धनबहादुर पुन मगरको कोहलपुरमा उपचार भइरहेको छ।
उपचारपश्चात् ३ जनाको भने डिस्चार्ज भइसकेको छ। डिस्चार्ज हुनेमा नेपालगञ्जका २४ वर्षीय आसुतोस गौतम, राप्ती सोनारीका १९ वर्षीय नफिस वेहना र राप्ती सोनारीका २१ वर्षीय निरन्जन कोरी रहेका छन्।
दुर्घटनामा ज्यान गुमाएका १२ जनाको सनाखत भइसकेको छ।