सिमकोट । दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका केन्द्र श्रीनगरमा यतिबेला खानेपानीको समस्या भएको छ ।
हिउँदमा हिमपात र बर्षा नभएकै कारण खानेपानीको मुहानमा पानीको स्रोत कम भएपछि धारामा पानी कम आउँदा खाने पानीको समस्या भएको हो ।
बर्षेनी खानेपानिको समस्या हुने गरेको अदानचुली गाउापालिकाको वडा नम्बर २ र ३ को गल्बामा यो बर्ष अत्याधिक समस्या भएको वडा नम्वर ३ फडेरागाउँका जनक फडेराले बताउनु भएको छ । उनका अनुसार वडा नम्बर ३ को फडेरागाउँ र रोकाया गाउँसंगै बजार भित्र घरघर र ३ वडा सार्वजनिक धारा भएपनि धारमा पानि नहुँदा नागरीकलाई समस्या भएको हो ।
गाउँपालिकाको वडा नम्बर २ मा पनि केही घरमा र ३ वटा सार्वजनिक धारा भएको भएपनि महतारागाउँमा रहेको चौकको धारामा आएको सानो पानिले १० लिटर भर्न दुई दिन सम्म लाग्ने गरेको छ । गत बर्षको बर्खामा भएको अत्याधिक बर्षाका कारण पालिकाको सिलगींमा केही रुपमा पानिको मुहान फुटेको भएपनि उक्त क्षेत्रमा पनि अहिले सुख्खा भएको छ । यता वडा नम्बर २ को रिटापाटमा निस्किएको मुहानबाट एक देखी २ घण्टाको पैदल हिडेर पानि ल्याउन बाध्य भएका छन ।
गाउँपालिकाको क्षेत्रमा नजिकै मुहान भएको धौलापवनी मुलमा पानिको स्रोत घटेपछि नागरीका धारामा पानि नपुगेको पाइएको छ । गाउँपालिकाको श्रीनगरकालागि मात्र धौलापानि र च्यामबाट पानिको ल्याइन ल्याइएको भएपनि लाइनमा भिसो जम्न थालीपछि च्यामको पानि बन्द भएको हो । यो समस्या बर्सेनि उस्तै भए पनि यस वर्ष बढी देखिएको बताउनु भएको छ । जिल्लमा हालसम्म हिमपात नभएका कारण खानेपानीको मुहान सुक्दै गएकाले पनि धारामा पानी थोरै आउँदा स्थानीय समस्यामा परेका हुन् ।
खानेपानीको हाहाकार भएपछि पानी थाप्ने भाँडा लाइनमा राखेर भर्नुपर्ने अवस्था आएको स्थानीय जानकी बुढाले बताउनु भएको छ । बिहान–बेलुका मात्र धारामा सानो पानी आउने भएकाले दुई दिनमा एक गाग्री वा जर्किन भर्न पाइने उहाँले गुनासो गर्नु भएको छ ।
गल्बामा रहेका २ वडा गरी करिब ३ हजार भन्दा बढी घरधुरी रहेको वडाका स्थानीय नागरिकले लामो समयदेखि खाने पानीको समस्या झेल्दै आएका छन् । गाउँको धारामा पानी सानो आउने र त्यो पानी नपुग्ने भएकाले कपडा धुन र नुहाउन स्थानीय एक देखी दुई घण्टा पैदल हिडेर अधाँरीखोला, रिटापाटा, वडा नम्बर १ को कल्खे र गल्फागाड खोलामा जाने गरेका छन । यतिबेला घरका दुई जनाको काम खानेपानीको व्यवस्था गर्नमै समय वित्ने गरेको बताइएको छ ।