सिमकोट । लामो समयको खडेरीपछि कर्णाली हुम्ला लागयत कर्णालीका हिमाली जिल्लाहरुमा हिमपात शुरु भएको छ ।
बुधबार बिहानैबाट मौशममा फेरबदल आएपनि बिहिबार बिहान पौने ५ बजेबाट हल्का हिमपता शुरु भएको हो ।
हिमपातले सदरमुकाम सिमकोट र अन्य अग्ला अग्ला डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ ।
लामो समय हिउँ नपरेपछि जाडो महशुस नगरेको हुम्लाका स्थानीयलाई बिहानै बाट परेको हिमपातका कारण अत्याधिक जाडो बढेर जिल्लाको जनजीवन निकै प्रभावित भएको छ ।
लामो समय देखि पानी नपरेको हुम्लामा जिल्लाको उत्तरी क्षेत्र नाम्खाको लिमी क्षेत्रमा झण्डै एक फिट हिउँ जमेको भएपनि सदरमुकाम सिमकोटमा सामान्य हिउँ जमेको छ ।
हिमपातले जिल्ला सदरमुकाम सिमकोट देखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनस १० भन्दा तल झरेको छ ।
आज बिहानै देखि शुरु भएको हिमपातले उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका वस्तीहरुमा अत्याधिक जाडो निकै बढेको छ ।
धेरै लामो समय पछि परेको हिउँले चिनसँग सिमा जोडिएको उतरी नाम्खा ६ को लिमी गाउँका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुका लाप्का लामाले जानकारी दिए । उनका अनुशार मुचुमा अहिलेसम्म झण्डै साढे १ फिट जती हिउँ जमेकाले घरबाट बाहिर निस्कीन समेत समस्या भएको छ ।
हिउँले जिल्लाको लिमि, मुचुको तापक्रम माइनस १० पुगेको हुनपर्ने बताएका लामाले नेपालवोटसँग भने, “आज बिहनै देखि हिउँ परेर चिसो एकाएक बढेको छ । हिउँसँगैको हावाहुरीले घरबाट समेत बाहिर निस्कन पनि सकिएको छैन् ।” लामाले भने जाडोले पशुवस्तुलाई समेत घरमै घाँस हालेर राखिएको छ ।”
मंसीर महिना शुरु भएदेखि नै तापक्रम माइनसमा गएको सदरमुकाम सिमकोटमा यो हिमपातले चिसो अत्याधिक बढ्नुका साथै तापक्रम माइनस ९ पुगेको मुचु प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार बिहानै देखि परेकको हिमपातले अहिलेसम्म कुनै अप्रीय घटना नघटेको भएपनि अत्याधि चिसोले जनजीवन भने प्रभावीत बनाएको छ । हिमपातले बढेको जाडोले जिल्लाका सुरक्षाकर्र्मीलाई ड्युटी गर्नमा समेत समस्या भएको जिल्ला प्रहरी ककार्यालय हुम्लाले जनाएको छ ।
बिहानै देखि मौशममा आएको बदलीका कारण कर्णालीका मुगु, जुम्ला, डोल्पा र कालीकोट जिल्लाहरुमा हिमपात शुरु भएको छ भने दक्षिण क्षेत्रमा वर्षा शुरु भएको छ ।
किसान खुशी
लामो समयको खडेरी पश्चात आज परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुशी भएका छन् ।
पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्यांग्राले सकाएको चिन्ता मानेका दक्षिण क्षेत्रका अदानचुली, ताँजकोट, चंखेली र सर्केगाढका स्थानीय खुशी भएको अदानचुली गाउँपालिका १ का वर्षे महताराले जानकारी दिए ।
गएको असोज अन्तिम सातादेखि राम्रोसँग पानी नपर्दा बारीमा छरेको गहुँबाली उम्रन नसकेमा दुख मनाउ गरेका कृषकलाई यो हिमपातले खुशी बनाएको बताएका अदानचुली गाउँपालिका १ का प्रीमे महताराका अनुशार यो पटकको हिमपातले बारीको गहुँ अब उम्रीने छ ।
हिउँ सँगै परेको पानीले जिल्लाको दक्षिण भेगमा कृषकलाई समेत केही आशा जगाएको अदानचुली ५ कर्गैका शिक्षक पृथ्वी शाहीले जानकारी दिए । पानी नपरेको बताएका शिक्षक शाहीले भने “पानी त निकै कम परेको छ तर अव वर्षा शुरु हुने भयो भनेर हामीलाई आशा लागेको छ । यो पानीले थोरै भएपनि पाखोमा छरेका गहुँलाई उमार्ने र उम्रेका गहुँलाई केही राहत गर्ने काम गरेको छ ।”