सुर्खेत । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना प्रदेश अन्तरगत नगरपालिका तथा गाउँपालिका प्रमुख तथा उपप्रमुखहरुको लागि प्रसंसनिय खोज तालिम सम्पन्न भएको छ । दुई चरणमा गरी ६ दिन सम्म सञ्चालन भएको तालिममा कर्णाली प्रदेशका ५२ जना प्रमुख तथा उपप्रमुखहरुको सहभागीता रहेको थियो ।
समाजमा तिव्र गतिमा परिवर्तन भएकोछ भनिए पनि हाम्रा सोच, आदत, बानीहरु, योजना तर्जुमा तथा कार्यान्वयन पद्धतीहरु हिजो कै जस्ता छन । नयाँ नेपाल बनाउने भनेर दैनिक हजारौ निर्वाचित जन प्रतिनिधीहरु, लाखौ कर्मचारीहरु, गैर सरकारी क्षेत्र, नीति क्षेत्रका तथा विश्वविद्यालयका व्यक्तिहरु, विहान देखी बेलुका सम्म दौडधुप गर्दा पनि अपेक्षित उपलब्धीहरु हासिल हुन सकिरहेको छैन ।
एकातिर सुचना प्रविधी सहित विश्वमा तिव्र गतिमा भएको परिवर्तन र त्यसले पारेको प्रभाव, अर्कोतिर हामीमा व्याप्त पुरातनवादी सोच र कार्यशैलीले गर्दा पालिकामा भएको श्रोत, साधनको अधिकतम सदुपयोग हुन सकेको छैन भने नागरीकहरुको मिहिनेत र कडा परिश्रम, सरकारी, गैरसरकारी र नीजि क्षेत्रको अठोटका बाबजुद पनि सोचे जस्तो परिवर्तन हुन सकेको छैन । यतिका धेरै प्रयास र योगदानका बाबजुद नेतृत्व र उनिहरुका सहयोगीहरुमा भएको यथास्थिती कै निरन्तरतामा रमाउने सोचका कारणले गर्दा पालिकाहरु र पालिकाबासीमा रहेका संभावनाहरुको सकारात्मक प्रष्फुटन हुन सकेको छैनन भने नागरीकहरुले पनि परिवर्तनको आभास गर्न सकेका छैनन ।
पालिकाको नेतृत्वमा यथास्थितीमामा क्रमभंगता गरेर पालिकाको आमुल रुपान्तरण गर्न नयाँ ज्ञान, सिप र दक्षता बिकास गर्न अभिप्रेरित गर्ने उद्धेश्यले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुखहरुको लागि यही माघ १२ देखी १७ सम्म दुई चरणमा प्रसंसनीय खोज तालिमको आयोजना गरेको थियो । प्रशंसनीय खोज भनेको मानिसहरु, उनीहरुको संस्था र उनीहरुको चारैतिर छरिएर रहेको सकारात्मक र सर्वोत्तम कुराहरुको सहभागीतमुलक पद्धतीबाट खोजी गरी तीनै सरकारात्मक र सर्वाेत्तम कुराहरुमा आधारीत भएर सकारात्मक रुपान्तरणको खाका कोर्ने एक पद्धति हो । व्यापक अर्थमा यो जीवन पद्धतिमा सकारात्मक रुपान्तरण ल्याउने कुराहरुको खोज गर्ने पद्धति हो ।
२१ औ शताब्दीको सुविधा सम्पन्न, आधुनिक र विकसित पालिका निर्माण गर्न सोच, दृष्टिकोण, काम, व्यवहार र विश्वासमा आमुल रुपान्तरण गरेर नयाँ वास्तवीकता निर्माण गर्न प्रसंसनीय खोज दृष्टिकोण सहितको नेतृत्व शैली पालिकाहरुको लागि नयाँ वरदान सावित हुन सक्दछ भन्ने कुरा तालिममा सहभागी प्रमुख तथा उपप्रमुखहरुले बताउनु भयो ।
यस तालिममा पालिकाहरुले गरेका नयाँ प्रयास र सफलताहरुको प्रसंसनीय दृष्टिकोणवाट खोजविन गरेर जनप्रतिनिधीहरु, कर्मचारीहरु, स्थानीय जनसमुदायहरु, भुगोल, ऐन, कानुन, नियम आदि सबै तिर छरिएर रहेका सकारात्मक तत्वहरुको खोजविन गरिएको र हामीले नै सकारात्मक रुपान्तरण गर्न सक्दछौ भन्ने आधार निर्माण गरिएको थियो । पालिकाका विभिन्न तहहरुमा छरिएर रहेका सकारात्मक तत्वहरु किन छन भन्ने कारणहरु खोजेर र ती कारणहरु पत्ता लगाएर त्यही सकारात्मकताको जगमा नयाँ भविष्यको साझा परिकल्पना गरीएको थियो । महावु गाउँपालिकाका अध्यक्षका अनुसार यस तालिमले हाम्रो सोच्ने तरीकामा आमुल परिवर्तन ल्याएको छ भने गाउँ पालिका भित्र छरिएर रहेका अवसरहरु नयाँ तरिकाले हेर्ने र बुझ्ने तरीका सिकाएको छ । यस पद्धतीको प्रयोग गरेर पालिकाको आमुल रुपान्तरणको खाका कार्ने आधार निर्माण गराएको छ ।
यस विधी अनुसार परिकल्पनाको प्रकृयामा फरक फरक दृष्टिकोण राख्ने पार्टीहरु, समुदायहरु समेत उत्साहित हुँदै साझा दृष्टिकोण निर्माणको प्रकृयामा सहभागी हुन सक्ने र समग्र पालिकाको साझा दृष्टिकोण निर्माण गरीने हुँदा समग्र पालिकाको सकारात्मक रुपान्तरणको लागि साझा दृष्टिकोण निर्माण गर्न सकिने कुरा तालिमका सहभागीहरुले बताउनु भयो ।
सबैको सहमतीमा निर्माण गरिएको साझा दृष्टिकोणलाई वास्तवीकतामा रुपान्तरण गर्ने सहभागीता मुलक पद्धतीमा रहेर कसरी नयाँ संरचना निर्माण गर्ने भन्ने सिप पनि तालिममा सिक्न पाएको कुरा रासकोट नगरपालिकाको प्रमुखले बताउनु भयो ।
यस तालिमले पालिकाको सवल पक्षहरु, नयाँ दृष्टिकोण र संरचनामा आधारीत रहेर पालिकाको नयाँ कार्ययोजना तयार गरी पालिकाको सकारात्मक रुपान्तरणको खाका तयार गर्ने सिप तालिमले सिकाएको र समुदाय स्तरमा समेत यस्तो तालिम सञ्चालन गर्न सकेमा समुदायको पनि सकारात्मक रुपान्तरण हुने कुरा शारदा नगपालिकाका प्रमुखले बताउनु भयो ।
पालिकामा निर्वाचित भएदेखी धेरै तालिमहरु लिईएको थियो तर यो यस्तो तालिम हो जसमा विहान ८ बजे तालिम हलमा छिरेर वेलुका ८ बजे सम्म सहभागी हुँदा पनि सहभागीहरुको उत्साहमा कुनै कमी आएको थिएन भने पालिकालाई कसरी रुपान्तरण गर्ने भन्ने ज्ञान रोचक तरिकाले सिक्न पाइएको कुरा कालिकोटका मान्म नगरपालिकाका उपप्रमुखले बताउनु भयो ।
यो तालिमले चुनावताका नागरीक समक्ष गरेका प्रतिवद्धताहरु हुवहु कसरी पुरा गर्न सकिन्छ भन्ने कुरा सिकाएको छ र गाउँ गाउँमा सिहदरवारको सकारात्मक प्रभाव कसरी छोडन सकिन्छ भन्ने कुरा समेत सिकाएको कुरा सहभागीहरुले ब्यक्त गर्नु भएको छ ।
तालिममा नयाँ दृष्टिकोण निर्माणका आधार कसरी खोज्ने भन्ने वारेमा प्रसंसनी खोज दृष्टिकोणका ५ डि मोडेलको प्रयोग गरिएको थियो र जननिर्वाचत आधुनिक कर्णाली, समृद्ध, समाजिक न्याय र समावेशी प्रणाली भन्ने साझा दृष्टिकोण (सपना) निर्माण गरिएको थियो ।
यो तालिमले कर्णाली प्रदेशका पालिकाहरुका नयाँ दृष्टिकोण विकास गर्न सक्छ भनेर नै आयोजना गरिएको कुरा कर्णाली प्रदेश प्रशिक्षणका कार्यकारी निर्देशक तथा कर्णाली सरकार मुख्य मन्त्रि कार्यालयका सचिव श्री विष्णु कोइरालाले बताउनु भयो । एक चरणमा ३ दिन गरी दुई चरणमा जम्मा ६ दिन सम्म सञ्चालन भएको तालिमको सहजीकरण प्रसंसनीय खोज विधीका सर्टिफाइड प्रशिक्षक डा. राम चन्द्र लामिछानेले गर्नु भएको थियो