काठमाडौं । महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा सवारी पार्किङ गर्न रोक लगाएपछि व्यवसायीहरूले आपत्ति जनाएका थिए ।
समाचारः१
मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्बर २ गाडेखोलाको एक गोठमा आइतबार राति भएको आगलागीमा एकै घरका दुई बालबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाका अनुसार राती गोठमा आगलागी भएको थियो । दुवै शब आगोले जलेर चिन्न नसकिने अवस्थामा फेला परेको थियो ।
समाचारः २
प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाले २६ औ स्थापना दिवसको अवसरमा जिल्लामा लामो समयदेखि पत्रकारीता क्षेत्रमा कार्यररत २ जना पत्रकारलाई सम्मान गरेको हो । गत माघ १६ गते बसेको प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाको बैठकले सिमकोट गाउँपालिका वडा नम्बर १ देखी ८ सम्मका ७० बर्ष भन्दा माथिका एक जना जेष्ठ नागरिकलाई कम्बल बितरण गर्ने निर्णय गरेको भएपनि जिल्लामा भएको हिमपातका कारण सोही नागरिक आउन नसक्ने भएका कारण उक्त निर्णयलाई बदर गर्दै २१ ग्ते पुन बैठक बसी जिल्लामा लामो समयदेखी पत्रकारीता क्षेत्रमा आवद्ध नरजन तामाङलाई ५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरेको छ भने छपाल लामालाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरेको प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाका सचिव दाने बोहोराले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एमाले जिल्ला कमिटि कार्यबाहक अध्यक्ष गोकुल बुढाले हुम्लाको सन्धर्बमा २०६३ सालबाट सुरु भएको प्रेस चौतारी नेपालले स्थापना कालदेखी हाल सम्म ५० जना पत्रकार उत्पादन गरिसकेको बताए । उनले भने, वास्तबमा पत्रकार खोज अनुसन्धानमा नगएको आफुलाई लागेको छ । बिभिन्न पालिकामा सबै कुराको अभाव भइ रहदा त्या सम्म पत्रकार नपुगेको र आगामि दिनमा अरु पत्रकारलाईपनि सम्मानको पात्र बन्न योग्य हुन सुझाब समेत दिएका छन ।
समाचारः ३
२०८४ मा हुने निर्वाचनमा पहिलो दल बन्ने भन्दै केही राजनीतिका पार्टीहरुले चलाएको मिसन ८४ भ्रम मात्र भएको निष्कार्ष निकाल्दै जनमत पार्टीले राजनितिक प्रतिवेदन तयार पारेको छ।पार्टीका अध्यक्ष सिके राउतले प्रस्तुत प्रतिवेदनमा चुनावमा कुनै पनि दलले एक तिहाई मत ल्याउने कुरा कोरा काल्पना मात्र हो भन्ने उनको दाबी छ ।नयाँ उदाएका दलहरु अहिलेदेखि मिसन ८४ को राग अलाप्दै छन् र जनता पनि कतै न कतै कर्तव्यविमुख भएर आशा गर्दै प्रतिक्षा गर्न वाध्य छन्,’ राउतको प्रतिवेदनमा उल्लेख छ तर मिसन ८४ केवल भ्रम हो ।उनले वर्तमान राजनिति व्यवस्था र आर्थिक प्रणालीबाट जनताले खोजेको विकास सम्भव नरहेको उल्लेख गरेका छन् ।
समाचारः ४
काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा सवारी पार्किङ गर्न रोक लगाएपछि व्यवसायीहरूले आपत्ति जनाएका थिए ।काठमाडौं महानगरपालिकाले आइतबारदेखि धरहरा क्षेत्रको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा उपलब्ध गराएको छ । व्यवसायीहरुले उक्त पार्किङस्थल अपायक हुने र यसले न्यूरोडको व्यापार व्यवसायी तहसनहस हुने भन्दै महानगरलाई यो निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।धरहरामा खुला गरिएको नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका छन् ।
समाचारः ५
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्यान्सर पीडित बिरामीहरूलाई नि:शुल्क हवाइ सेवा दिँदै आएको छ। निगमले सामाजिक उत्तरदायित्त्व अन्तर्गत पीडित परिवारलाई राहत दिने उद्देश्यले पीडितलाई शत प्रतिशत छुट र कुरूवालाई ५० प्रतिशत छुट सेवा दिँदै आइरहेको जनाएको छ। यसका लागि डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिस चाहिन्छ।सन् २०२३ मा निगमले सोही सिफारिसको आधारमा काठमाडौं-दिल्ली-काठमाडौं गन्तव्यमा ७७० जनाले नि:शुल्क हवाइ सेवा लिएको निगमले जनाएको छ।
समाचारः ५
अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित एक जना चिनियाँ नागरिक २९ वर्षीय चु बिङचाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । चाईना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा डलर फेला परेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।
समाचारः ६
फिफा विश्वकप २०२६ को फाइनल खेल अमेरिकाको न्यु जर्सीमा हुने भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले खेल तालिका सार्वजनिक गर्दै मेट लाइफ स्टेडियममा १९ जुलाईमा फाइनल हुने घोषणा गरेको हो।फिफाले ४८ राष्ट्र सहभागी हुने सबै खेलको तालिका सार्वजनिक गरेको छ। मेक्सिको सिटीस्थित एज्टेका स्टेडियमले उद्घाटन खेल होस्ट गर्नेछ। ३२ बाट ४८ देशमा पुर्याइएको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुत रूपमा आयोजना गर्दै छन्। मेक्सिको तीन विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र हुनेछन्। यसअघि १९७० र १९८६ मा विश्वकप आयोजना गरेको थियो। अमेरिकाले १९९४ को विश्वकप आयोजना गर्दा क्यानडाको भने यो पहिलो पटक हो। अमेरिकाले आफ्नो पहिलो खेल १२ जुनमा लस एन्जलसमा खेल्नेछ।