काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ।
समाचारः १
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ। बैठकमा उहाँले सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताउनुभएको छ । साथै उहाँले चालु अधिवेशनमा महत्वपूर्ण कानुन संसद्मा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिँदै अध्यक्ष दाहालले कानुन निर्माणमा सक्रिय भूमिका खेल्न सांसदहरुलाई आग्रह गर्नुभएको माओवादी केन्द्रका सचेतक रुपा सोशी चौधरीले जानकारी दिनुभयो ।
समाचारः २
अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारीका जायज माग पूरा गर्न आफू तयार रहेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन्। कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालयको आज निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘को कहाँ र के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुन्छ।’अर्थमन्त्री डा महतले कर्मचारीले गरेको कामले दिखे परिणामका आधारमा मूल्याङ्कन हुने बताए। उनले व्यवसायको अनुशासन, पारदर्शिताका साथ यथार्थ मूल्याङ्कन गरिए राजश्वको लक्ष्य नजिक पुग्न कठीन नहुने बताए।
समाचारः ३
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण विधेयकमा ट्रेड युनियनको अधिकारको विषय समेट्नु नहुने बताउनुभएको छ।
मगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफलमा भाग लिँदै मन्त्री शर्माले विधेयकमा ट्रेड युनियन अधिकारको विषय राख्नु आवश्यक नभएको बताउनुभएको हो। उहाँले विधेयकमा ट्रेड युनियनसम्बन्धी व्यवस्था नगरिएको भन्दै फेरि सो विषयलाई उल्लेख गर्नु आवश्यक नभएको बताउनुभयो।
समाचारः ४
सर्लाहीको मलंगवा नगरपालिका–११, गमहरियामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।सर्लाहीको नापी कार्यालयका प्रमुखसहितका कर्मचारीहरु सवार बी।आर।०६ पी।डी।९६४८ नम्बरको जीप र ज २ त १०६७ नम्बरको ट्याक्टरसँग ठोक्किदा दुर्घटना भएको हो।कार्यालय सहयोगी सर्लाहीको बागमती नगरपालिका–५, का बिनोद घिमिरेको उपचारका क्रममा एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार दर्घटनामा १० जना घाइते भएका छन्उक्त घाइतेमध्य तीन जनाको अवस्था गम्भिर छ । घाइतेहरुको वीरगन्जको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्य ७ जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
समाचारः ५
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको एक प्रहरी चौकीमा भएको आतंककारी हमलामा कम्तीमा १० जना प्रहरीको मृत्यु भएको छ ।अन्य ६ जना घाइते प्रहरीले जनाएको छ । अज्ञात आतंककारीहरूको समूहले चौधवन प्रहरी चौकीमा आक्रमण गरेको र उक्त समुहले स्नाइपर गन, स्वचालित राइफल र ह्यान्ड ग्रेनेडहरू प्रयोग गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।आक्रमण हुने बितिकै प्रहरी र सुरक्षाकर्मीले शव र घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगेका थिए ।प्रहरी र सुरक्षाकर्मी पुग्नुभन्दा अघि आक्रमणकारीहरु त्याँबाट भाग्न सफल भएका थिए ।
समाचारः ६
म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ।सोमबार ब्रेन्टफोर्डलाई ३(१ गोलले हराएको सिटी शीर्ष स्थानको लिभरपुल भन्दा दुई अंक पछाडि छ।
एक खेल कम खेलेको सिटीको २२ खेलबाट ४९ अंक छ।
लिभरपुल २३ खेलबाट ५१ अंक जोड्दै शीर्ष स्थानमा छ। सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरे।