काठमाडौं । बेरोजगार युवालाई स्वदेशमा नै उत्पादन भएका वस्तुको बिक्री तथा प्रवर्द्धन गर्नसके नेपालमा नै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पूर्व गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं
समाचारः १
कर्णाली प्रदेश सरकारले औद्योगिक ग्राम सञ्चालन मार्फत हरेक स्थानीय तहमा सञ्चालनमा रहेका उद्योगलाई प्रदेश स्तरीय प्रोत्साहन गर्नका लागि कार्यक्रम ल्याएपछि हुम्लाका दुईजना व्यवसायीले अवसर पाएका छन् । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर, सुर्खेतमा दुईजना व्यवसायीले व्यवसाय सुरु गरेका छन् ।
विशेषगरी हुम्लामा उत्पादन हुने अन्नबाली र स्थानीय हस्तकलाका सामानको प्रवर्द्धन गर्न व्यवसायी लागिपरेका हुन् । हुम्लाको चंखेली गाउँपालिकाका पूर्व अध्यक्ष धनलाल चौलागाईं औद्योगिक ग्रामले निर्माण गरेको तीनवटा सटरमा कुटानी पिसानीको मिलसहित व्यवसायमा लागेका छन् । चौडिल कुटानी पिसानी उद्योग, लघु औद्योगिक ग्राममा तीनवटा मेसिन सहित हुम्लाका जैविक उत्पादनलाई बिक्री गरिरहेका छन् ।
हुम्लामा उत्पादन हुने मार्सी चामल, कागुनो, चिनो, जौ, भटमास, लट्टे सिलाम, कोदो संकलन गरी सुर्खेतमा रहेको मिलमा कुटानी गरेर बिक्री गरिरहेका छन् । बेरोजगार युवालाई स्वदेशमा नै उत्पादन भएका वस्तुको बिक्री तथा प्रवर्द्धन गर्नसके नेपालमा नै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पूर्व गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंको छ ।
समाचारः २
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका सम्बन्धमा सङ्घीय सरकारले गर्न बाँकी कार्यायोजना र हालसम्म भएका तथा कार्यान्वनमा देखिएका समस्याबारे आज छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डको अध्यक्षमा आज सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद् बैठकमा अन्तरप्रदेश परिषद्बाट स्वीकृत सङ्घीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनको अवस्थाको समीक्षा गरी सम्पन्न हुन नसकेका कामको कारण पहिचान गरी उपयुक्त निकास दिने विषयमा छलफल भएको हो ।
समाचारः ३
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले देश भ्रष्टाचार र लुटमा मात्रै अघि बढेको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा राप्रपाका तर्फबाट धारणा राख्दै लिङ्देनले कयौं सन्दर्भमा देश पछाडि सरिराखेको दाबी गरे।सरकारले सुशासन र प्रगतिका कुरा मात्र गर्छ तर देश भने ’ भ्रष्टाचार डुबेको उनको दाबी छ । गणतन्त्रपछि आएका सरकारहरुको शासन कालमा भ्रष्टाचार बढेको बताउनुभएको छ । उनले देशमा भ्रष्टाचार भएकै कारण एनसेल, टेरामक्स लगायतमा अनियमितता भएको बताउनुभएको छ ।
समाचारः ४
जनकपुरमा संघियता मास्ने र राजतन्त्र फर्काउने षडयन्त्र भईरहेको भन्दै राजनीतिकदलहरुले सरकारलाई सचेत गराएका छन् ।मंगलबार बसेको संयुक्त बैठकपछि नेताहरुले विज्ञप्ति जारी गर्दै लामो संघर्ष र जनताको बलिदानपश्चात प्राप्त गणतन्त्र, लोकतन्त्र र संघीयता मास्न षड्यन्त्र भइरहेको भन्दै कारबाहीको माग गरेका हुन् । ‘। ‘विगत केही दिनदेखि विभिन्न नाममा जनतालाई भ्रमित गर्दै केही प्रतिक्रान्तिवादी शक्तिहरु राजतन्त्र फर्काउने षड्यन्त्रको व्यापार गर्दैछन्,’ संयुक्त प्रेस वक्तव्यमा उल्लेख छ, ।
समाचारः ५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले सहकारी र लघुवित्त संस्थाहरूको कडा नियमन गर्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बुधबार बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै रास्वपा सभापतिसमेत रहेका लामिछानेले बचतकर्ताको निक्षेप फिर्ता, सम्पत्ति रोक्का, जफतका लागि सर्वदलीय बैठक समेतको माग पनि गरेका छन्।सहकारी र लघुवित्त संस्थाहरूको कडा नियमन र पीडितहरूको रकम फिर्ता गर्न, सम्पत्ति रोक्का र जफत प्रक्रिया सुरू गर्न कानुनी र प्रशासकीय तदारूकता देखाउन सक्छौं कि सक्दैनौं? सर्वदलीय बैठकबाट पारित गरौं,’ लामिछानेले भने।
समाचारः ६
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक जग्गा हडप्नेलाई कारबाही हुनुपर्ने बताउनुभएको छ ।आजको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँर्दै थापाले जतिसुकै शक्तिशाली व्यक्ति भएपनि जग्गा हडप्नेलाई कारबाही हुनुपर्ने बताउनुभएको हो ।राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति गलत गर्नेले होस् दण्डित हुनुपर्छ। हातमा तागत होस् या कलम होस् उसलाई दण्डित गरिनुपर्छ’, उहाँले भन्नुभयो, ‘सार्वजनिक जग्गा हडप्ने जोसुकैले पनि दण्डित हुनुपर्छ। जग्गा हडप्ने होस् या मिच्ने कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन।’कानुन मिच्ने शक्तिशालीलाई कारबाही भएमा मात्रै राज्य भएको कुराको प्रत्याभूति हुने उहाँको भनाइ छ ।
समाचारः ७
जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट १ हजार दरको ६१ थान नक्कली नोटसहित एक जना प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय राम चन्द्र महतो रहेका छन् । उनलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित प्रभु शाह कलवारको सुर्ति किराना पसलबाट नक्कली नोटले सामान किनेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महत्तोलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
समाचारः ८
इजरायली सेनाले सिरियाको होम्स शहर र ग्रामीण इलाकामा हवाइ आक्रमण गरेको छ। आक्रमणमा परी कयौँ मानिसको मृत्यु भएको छ भने कयौँ मानिस घाइते भएको सिरियाको साना समाचार एजेन्सीलाई उदृत गर्दै अल जजिराले जनाएको छ। इजरायली लडाकु विमानहरूले लेबनानी शहर त्रिपोलीको उत्तरबाट स्थानीय समय अनुसार बिहान ३ बजे मिसाइल प्रहार गरेका हुन्।इजरायली सेनाले सिरियाली सेनाको चौकी र शायरात एयरबेसलाई निशाना बनाएर आक्रमण गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
समाचारः ९
भारत आईसीसी यू-१९ विश्वकपको फाइनलमा पुगेको छ। मंगलबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो। दक्षिभ अफ्रीकाले दिएको २४५ रनको लक्ष्य पछाएको भारतले ४८ दशलमव ५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। दिएको २४५ रनको लक्ष्य पछाएको भारतले ४८ दशलमव ५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।