काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न आवेदन दिने ४३ मध्ये १४ जनालाई सर्टलिस्ट गरेको छ ।
छनोट तथा सिफारिस समितिले सय पूर्णाङ्कमा खुला प्रतिस्पर्धा गराएर उपकुलपति छनोट, सिफारिस र नियुक्तिको प्रक्रिया अनुसार १४ जनाको नामवली सार्वजनिक गरेको हो । व्यक्तिगत विवरणसहित कार्ययोजना र सोचपत्रको मूल्यांकन गरी ‘सर्टलिस्ट’ तयार पारिएको हो ।
३५ अंक छुट्याइएको विद्यालयसम्बन्धी सोचपत्र र कार्ययोजनाको शिक्षामन्त्री अशोककुमार राई अध्यक्षताको समितिले विज्ञहरूबाट मूल्यांकन गराएको थियो । ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको कार्ययोजना आवेदकहरूले दरखास्तसँगै बुझाएका थिए ।
त्यसबाहेक प्राज्ञिक अनुसन्धानमूलक परियोजनाबापत ६, पुस्तक प्रकाशनबापत ५, विश्वविद्यालयको पदाधिकारीको अनुभवका लागि ४, विद्यावारिधि योग्यताका लागि ५ र प्राध्यापकको अनुभवलाई १० अंक तोकिएको छ । कुल १ सयमध्ये ६५ पूर्णाङ्कमा उच्च अंक प्राप्त गर्ने उम्मेदवारको नाम मेरिटका आधारमा सार्वजनिक गरिएको समितिले जनाएको छ ।
छनोट भएका १४ मध्येबाट प्रस्तुतीकरण र अन्तर्वार्ताको कुल ३५ पूर्णाङ्कबाट ३ जनाको नाम नियुक्तिका लागि सिफारिस गरिनेछ । प्रस्तुतीकरणलाई २० र अन्तर्वार्ताका लागि १५ अंक छुट्याइएको छ । प्रस्तुतीकरणमा उच्च शिक्षासम्बन्धी ज्ञान, त्रिवि सुधारको कार्ययोजना, कार्यान्वयनमा स्पष्टता र नवप्रवर्तन तार्किक क्षमता र वस्तुनिष्ठतामा ७र७ अंक र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव अभ्यास र विश्लेषण क्षमताका लागि ६ अंक छुट्याइएको छ । अन्तर्वार्तामा १५ अंक छुट्याइएको उपकुलपति छनोट र सिफारिस कार्यविधिमा उल्लेख छ । अन्तर्वार्तामा ७० प्रतिशतभन्दा बढी र ३५ भन्दा कम अंक प्रदान गर्दा कारण खुलाउनुपर्ने व्यवस्था छ ।
समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण माघ २९ देखि फागुन २ गतेसम्म हुने समय तालिका तोकेको छ । त्यसपछि अन्तर्वार्ता सञ्चालन गरेर ३ जनाको नाम कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिफारिस गरिनेछ । तीमध्ये एक जनालाई कुलपतिले त्रिविको २० औं उपकुलपतिमा नियुक्त गर्नेछन् । पुस २३ गते १५ दिनको समय सीमा तोकेर आवेदन माग गरिएको थियो । आवेदन दिनेमध्ये एक तिहाइ वा १५ जनामध्ये जुन कम हुन्छ, तिनै उम्मेदवारलाई अल्पसूचीमा राखिने कार्यविधिमा उल्लेख थियो । कार्ययोजना र सोचपत्रको मूल्यांकनमा विज्ञहरू वासुदेव काफ्ले, भीमप्रसाद सुवेदी र प्रकाशमान श्रेष्ठ सहभागी थिए । प्रत्येक कार्ययोजना र सोचपत्र कोडिङ गरेर ३ जना विज्ञलाई छुट्टाछुट्टै परीक्षण गर्न दिइएको थियो । उनीहरूले दिएको अंकलाई औसत गरेर सर्वोत्कृष्टहरूको सूची तयार पारिएको हो ।
सोचपत्र विश्वविद्यालयको गुणस्तर वृद्धि, सम्पत्ति आर्जनसहित आत्मनिर्भर, क्याम्पसहरूको सुदृढीकरण, पारदर्शी एवं जवाफदेहिता र त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउन केन्द्रित हुनुपर्ने कार्यविधिमा उल्लेख छ । कार्ययोजनामा त्रिविको रणनीतिक सुधार, अन्तरविश्वविद्यालयको सम्बन्ध, समस्यासहित विद्यमान अवस्थामा केन्द्रित हुनुपर्ने जनाइएको छ । सोचपत्र र कार्ययोजनाको मूल्यांकन गर्न कम्तीमा विद्यावारिधि गरेको र ५ वर्षको अनुभव भएको विज्ञ प्राध्यापक रहने कार्यविधिमा उल्लेख छ ।
प्रधानमन्त्री तथा कुलपति दाहालले विश्वविद्यालयमा गरिने नियुक्तिमा भागबन्डाको अन्त्य गरी मेरिटका आधारमा पदाधिकारी चयन गरिने प्रतिबद्धता जनाएका छन् । उनको निर्देशनपछि शिक्षा मन्त्रालयले कार्यविधि बनाएर उपकुलपतिको नियुक्ति प्रक्रिया अघि बढाएको हो । कात्तिक १७ देखि त्रिविमा उपकुलपति पद रिक्त छ । १९ औं उपकुलपति धर्मकान्त बाँस्कोटाको ४ वर्षे कार्यकाल पूरा भएपछि शिक्षाध्यक्ष भुसाललाई बढीमा ३ महिनाका लागि निमित्तको जिम्मेवारी दिइएको थियो । उपकुलपति नियुक्तिमा ढिलाइ हुँदा उनलाई पुनः बढीमा ३ महिनाका लागि जिम्मेवारी दिइएको छ । त्रिविमा शिक्षाध्यक्ष ९रेक्टर० र रजिस्ट्रारको पद पनि रिक्त छ । उपकुलपति नियुक्त भएपछि मात्रै शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्तिको प्रक्रिया अघि बढाउन सकिने प्रावधान छ । शिक्षाविद्हरूले प्रतिस्पर्धाबाट चयन हुने उपकुलपतिलाई रेक्टर र रजिस्ट्रार नियुक्तिमा स्वतन्त्रता दिनुपर्ने औंल्याएका छन् । डिन, विभाग, क्याम्पससम्म राजनीतिक भागबन्डाका आधारमा हुने गरेको नियुक्तिसमेत रोक्नुपर्ने उनीहरूको सुझाव छ ।
कुनै पनि राजनीतिक दलको सदस्य भएका र त्रिविमा स्वार्थको द्वन्द्व रहेका प्राध्यापकलाई भने दरखास्त दिनबाट वञ्चित गरिएको थियो । कार्यविधिमा न्यूनतम शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ । सिफारिस समितिले सुरुमा पूर्वपदाधिकारीले मात्र आवेदन दिन पाउने गरी दरखास्तको सूचना गरेपछि आलोचना भएको थियो । प्रधानमन्त्री दाहालले प्रतिस्पर्धा गर्न पाउने दायरा फराकिलो बनाएर आवेदन माग गर्न समितिलाई निर्देशन दिएका थिए । पहिलो सूचना रद्द गरेर पुनः दरखास्त माग गरिएको थियो । सिफारिस समितिमा शिक्षामन्त्री राई अध्यक्ष, शिक्षा सचिव अधिकारी र त्रिवि सभा सदस्य चन्द्रकला घिमिरे सदस्य छन् । कात्तिक १७ देखि त्रिविमा उपकुलपति पद रिक्त छ । १९ औं उपकुलपति धर्मकान्त बाँस्कोटाको ४ वर्षे कार्यकाल पूरा भएपछि शिक्षाध्यक्ष भुसाललाई बढीमा ३ महिनाका लागि निमित्तको जिम्मेवारी दिइएको थियो । उपकुलपति नियुक्तिमा ढिलाइ हुँदा पुनः ३ महिनाका लागि जिम्मेवारी थपिएको छ ।
त्रिविमा शिक्षाध्यक्ष ९रेक्टर० र रजिस्ट्रारको पद पनि रिक्त छ । उपकुलपति नियुक्त भएपछि मात्रै शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्तिको प्रक्रिया अघि बढाउन सकिने प्रावधान छ । शिक्षाविद्हरूले प्रतिस्पर्धाबाट चयन हुने उपकुलपतिलाई रेक्टर र रजिस्ट्रार नियुक्तिमा स्वतन्त्रता दिनुपर्ने औंल्याएका छन् । डिन, विभाग, क्याम्पससम्म राजनीतिक भागबन्डाका आधारमा हुने गरेको नियुक्तिसमेत रोक्नुपर्ने उनीहरूको सुझाव छ ।
'सर्टलिस्ट'मा को–को ?
कुसुम शाक्य
केशरजंग बराल
गोविन्द सुवेदी
चित्रबहादुर बुढाथोकी
ज्ञानेन्द्रप्रसाद पौड्याल
टंकनाथ धमला
तीर्थराज खनिया
नारायणप्रसाद बेलबासे
प्रकाश घिमिरे
भोजराज अर्याल
महेन्द्रप्रसाद शर्मा
रामचन्द्र बस्नेत
शिवलाल भुसाल
सूर्यबहादुर थापा