असार २८, महोत्तरी । महोत्तरीको रातो र विग्ही नदिमा आएको बाढिले सदरमुकाम जलेश्वर जलमग्न भएको छ ।
सदरमुकामको बजार क्षेत्रमै दुई देखि तिन फिटसम्म पानी चल्दा सदरमुकामबासी त्रसित भएका छन भने सयौ वासिन्दा बिस्थापित हुने अवस्था सृजना भएको छ ।
निरन्तरको वर्षाले पानीको बहाव झन वढ्दै जाँदा सुरक्षाको लागि सदरमुकाम तथा जिल्लाका अन्य पालिकाहरुको डुवान क्षेत्रमा बसोवास गर्ने जनतालाई विभिन्न सेल्टरमा राखिएको छ । यता बाढीले जलेश्वरनाथ महादेव मन्दिर समेत डुवानमा परेको छ ।
जिल्ला भरि बाढीले जनता विस्थापित भईरहदा र डुवानमा पर्दै गर्दा विपत व्यवस्थापन समितिको रेस्क्यु टोलीको संख्या समेत अपुग देखिएको छ । सुरक्षा निकाय पुर्णरुपमा रेस्क्युमा लागिरहदा एकलाख भन्दा वढी घरधुरी रहेको महोत्तरीमा जनताले सरकारको पुर्ण सहयोग पाउन सकेको छैन । यता डुवान भएको पालिकाहरुमा जनप्रतिनिधीहरुको समेतको सहयोग अपुग देखिएको ।
श्ुाक्रवार नै रातो नदीमा वगाएको बल्वा नगरपालिका २ का हनिफ वैठा धोवीको अझै पत्ता लाग्न सकेको छैन । यता विभिन्न स्थानमा मानिसहरु फसेको खवरहरु आउनासाथ रेस्क्यु टोलीहरु उनीहरुको उद्धामा व्यस्त देखिएका छन ।
शुक्रवार देखि नै कारागार परिसरमा वर्षाको पानी पस्दा सास्ती भोग्दै आएका कैदीबन्दीहरु अहिले वाढीको पानीले त्रसित भएका छन । कारागार भित्रै करिव ४ फिट पानी पसेको छ । कारागार भित्र कैदी बन्दीका साथै उनीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु समेत डुवानमा परेका हुन । विहान कष्ट गरेर जसोतसो खाना पाएका कैदीबन्दीहरुको लागि हाल खाने र शौचालय समेतको समस्या भएको छ ।
यता सदरमुकाम जलेश्वरमा वाढीको पानी छिरेपछि जिल्ला प्रहरी कार्यालय,प्रकौली स्थित नेपाली सेनाको रणभिम गण,जिल्ला अदालत लगायतका विभिन्न कार्यालय डुवानमा परेको छ । आफै डुवानमा परेपनि नेपाली सेना र नेपाल प्रहरीले भने राहत र बचाव कार्यमा अवरोध आउन नदिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी माधव प्रसाद बुढाथोकीले वताए ।
बाढीले सदरमुकाम लगायत जिल्ला नै जलमग्न हुदा सर्पदंंशको जोखिम वढेको छ तर विभिन्न स्थानमा सर्पले टोकेको खवर आईरहदा सदरमुकाम स्थित जलेश्वर अस्पताल समेत डुवानमा परेको छ । रोगीहरुलाई जलेश्वर अस्पतालसम्मै पुर्याउन वाढीले जोखिमपुर्ण रहेको छ ।