खड्क सुनार
असोज २१ मुगु । नेपालीहरूको महान् चार्ड बडादशैँको अवसरमा पछिल्लो समय कर्णाली प्रदेशको मुगु जिल्ला स्थित रारा ताल भ्रमणमा आउनेको संख्यामा उल्लेख्य वृद्धी भएको छ । सुन्दर मनोरम मानिने रारा तालको भ्रमणमा आउँने पर्यटकमा नेपालकै विभिन्न क्षेत्रकाको संख्या उल्लेख्य छ । जो दशैँ विदाको खाली समय सदुपयोग गर्नका विकट रारामा आउने गरेका छन् ।
आफूलाई विश्व सामु चिनाउन सफल भएको रारा तालको चारैतिरका बोटबिरुवा, रूख र विभिन्न थरिका फुललहरुले पनि आन्तरिक तथा बाह्य पर्यटकहरुको मनै लोभ्याइरहेका छन् । रारा तालको पानिमा अहिले अग्ला हिमाल र हरिया पहाडहरूको प्रतिविम्ब देखिन थालेका छन् । बुटवल बाट करिब एक हप्ताको यात्रा पछि रारा तालमा घुम्न आउनु भएका महेस बस्नेत यति खेर रारातालको किनारमा रमाउदैं छन् ।
बस्नेत भन्छन्, “यो रारा तालमा घुम्न आउनु त हाम्रो लागि स्वर्गनैं गएको जस्तो लाग्यो तर यहाँको खाना, बास भने आकासका तारा झरे जस्तैं लागेको छ ।” यस्तो विश्व सामु परिचित भएको तालमा बासी भात खाएर घर फर्कनु परेको बस्नेतले दुखेसो पोखें । एक त हामि दशैँ लाई छोडेर रारामा घुम्न आयौं त्यसमा पनि रारा तालमा बासी भात खाएर घर फर्कनुको दुःख भन्दा अरु केही नलागेको बताए ।
“चिसोको समयमा रारा ताल बाहिरको किनारमा एउटा पातलो टेन्डको सहायताले राति सुत्न बाध्य भएका छौ ।” पहिलो पटक रारा पुगेका वस्नेतले थपे, “न त खानाको व्यवस्था राम्रो छ, नत सुत्ने व्यवस्था नै राम्रो छ ।”
बासी भात खाएर चर्को मुल्य तिर्नु परेको प्रति आक्रोसित बनेका उनले यसरी नेपाल पर्यटन वर्षको कार्यक्रम सफल नहुने बताए । यस प्रकारको व्यवस्थापनले रारामा आन्तरिक र बाह्य पर्यटक आउनु गाह्रो हुने बताएका बस्नेतले रारा ताल घुम्नको रहर त परै जावस बास बस्न र खानाको चिन्ताले रारा तालको वरिपरि राम्रोसँग घुम्न नै नपाएको बताए ।
चैतदेखि साउनसम्म रारा घुम्ने उपयुक्त मौसम मानिने भएता पनि वडा दशैँको घटस्थपना देखि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बाक्लिएको बताएका रारा राष्ट्रिय निकुञ्जका वार्डेन लालबहादुर भण्डारीका अनुसार अहिले दैनिक एक सय ५० जनाको हाराहारीमा आन्तरिक पर्यटक रारा पुग्ने गरेको बताए । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक बीचबीचमा खाल्डाखुल्डी र अवरुद्धका कारण रारामा पुग्ने यात्रुलाई पनि सास्ती भएको छ ।
यसको केही महिना अगावै यहाका होटल व्यावसायी, उद्योग बाणिज्य सँघ, स्थानीयको पहलमा सडक सञ्चालनमा आएतापनि एक महिना नबित्दै दशँैको मुखमा बाटो अवरुद्ध हँुदा पर्यटकलाई सास्ती भएको छायाँनाथ रारा नगरपालिका झ्यारीका स्थानीय रतनबहादुर रावलले रारा तालको किनारबाट टेलिफोन मार्फत जानकारी गराउँनु भएको थियो ।