वसन्तभण्डारी
सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर बजार क्षेत्रका फुटपात पसल हटाउन शुरु गरिएको छ । बजारको सौन्दर्यता बिगारेको भन्दै वीरेन्द्रनगर नगरपालिकाले फुटपात हटाउन शुरु गरेको हो ।
नगरपालिकाले सोमबार बजार क्षेत्रको मुख्य केन्द्र मंगलगढीचोक आसपासका फुटपात पसलहरू हटाएको छ ।सोमबार दुईवटाडोजरले फुटपात हटाएको हो । फुटपात पसल हटाएपछि व्यवसायीहरूआक्रोसित भएकाछन् । आक्रोसित उनीहरूले व्यापार गर्ने उपयुक्त ठाउँ नगरपालिकाले दिनुपर्ने बताए । ‘नगरपालिकाले विकल्पबिना नै धमाधम पसलहटाइरहेको छ । हामीलाई व्यापार गर्ने उपयुक्त ठाउँचाहियो,’ मंगलगढी चोकमादुई वर्षदेखि ठेलामा कस्मेटिकपसल सञ्चालनगर्दै आएकी कोहलपुरकी पार्वती पौडेलले भनिन्, ‘ठेलाकै व्यवसायको भरमा परिवार चलिरहेको छ । यो गर्नुभन्दा अन्य केही विकल्प छैन । नगरपालिकाले तत्काल राम्रो चल्ने ठाउँमा व्यापार गर्ने वातावरण मिलाउनु पर्छ ।’
‘हामीआफूले गरेको फोहोर आफैँले व्यवस्थापन गर्दै आइरहेका छौं । बेलाबेलामा नगरपालिकालाई कर तिरिराखेकै छौं, ’व्यवसायी वसन्त शाहले भने, ‘आठजनाको परिवार यसै व्यवसायले चलेको थियो । अहिले त्यो पनि रहेन । अब नगरपालिकाले व्यापार गर्नेठाउँ चाहिन्छ ।
पसल गरेबापत वडा कार्यालयलाई मासिक तीनसय कर र सरसफाइको लागिएक सय रूपैयाँ तिर्दै आएको व्यवसायी भूपेन्द्र अधिकारीले बताए ।
व्यवसाय गर्ने उपयुक्त ठाउँ खोज्छौं; नगरपालिका
यता वीरेन्द्रनगर नगरपालिकाले व्यवसायगर्ने उपयुक्त ठाउँ खोज्ने बताएको छ । नगरपालिका वातावरण तथा विपद् अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले चाँडै नै व्यापार गर्ने उपयुक्त ठाउँ खोजेर व्यावसायिक विवरण पेस गरेका व्यवसायीलाई व्यवसायगर्ने वातावरण मिलाउने बताए । ‘हाल वीरेन्द्रनगरका सडकमा व्यवसाय गर्ने सात सयभन्दा बढी व्यवसायी छन्,’उनले भने, ‘तिमध्ये हालसम्म ८८ जनाले मात्रै आफ्नो व्यावसायिक विवरण नगरपालिकामा दिएका छन् । विवरण पेस गरेका व्यवसायीलाई उपयुक्त ठाउँ खोजेर पूर्वाधार तयार पारेर उनीहरूलाई बस्न प्राथमिकता दिन्छौं ।तत्काल विकल्प दिन सकिँदैन ।’
नगरपालिकाले यस अघिपनि पटकपटक फुटपात पसलहरू हटाउँदै आइरहेको थियो ।