हस्त बुढा
जुम्ला । चन्दननाथ नगरपालिका २ का विष्नु भण्डारीको घरमा विद्युतीय तार सर्ट हुँदा आईतबार विहान १० बजे आगलागी भयो । आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय सहित हजारौको संख्यामा स्थानीय पुगे । आगो बलिरहेको थियो, केहि समयमा नगरपालिकाको दमकल पनि पुग्यो । भर्खर लागेको आगो दमकलले निभाउछ, धेरै क्षति हुदैन भनेर घरमालिक देखि सबै ढुक्क थिए । तर दमकलले आगो नियन्त्रण गर्न थालेको पाँच मिनेट बितेको थिएन् पानीनै सकियो ।
अब आगोले ठुलो रुप लिदै थियो तब दमकलमा पानी सकिएपछि पिडित विष्णु भण्डारीका परिवार बेहोस भए । दमकल पानी भरेर आउन करिब एक घण्टा लाग्यो, दनदनी बलिरहेको आगोले हजारौ स्थानीय र सुरक्षा निकायले हेर्दा हेर्दै २५ कोठे घर जलेर खरानी भयो । तर आगो नियन्त्रणको लागि कुनै पहल हुन सकेन् । शुरुमै दमकल आउँदा पानी फुल ट्यांकी गरेर आईदिएको भए आगलागीले ठुलो क्षति हुदैन थियो । पाँच पटक सम्म दमकलले पानी ल्याउँदा समेत आगलागी नियन्त्रण हुन सकेन् ।
दमकल पानी ल्याउन जाँदा घर जलेर खरानी भईसक्थ्यो,नगरपालिका भित्रको अधिकांश सडक साघुरो हुँदा पनि दमलकले पानी छिटो ल्याउन नसक्दा हेर्दा हेर्दैमा घर जलेर खरानी भएको पिडित विष्णु भण्डारीको भनाई छ । उनका अनुसार घरको १६ कोठा भाडामा थियो । भाडामा बस्ने विद्यार्थी सहित आफ्नो परिवार विस्तापित भएको उनको भनाई छ । नत बस्ने बास, नत खाने गाँस छ । शरिरिमा लगाएको बाहेक फेर्ने अर्को कपडा छैन् । विपद व्यवस्थापनका सयंन्त्रहरु पुर्वतयारी अबस्थामा नराख्दा ठुलो क्षेति भएको स्थानीय गौरीनन्द आर्चायले बताए । दमकललाई पानी सार्दै ढिक्क भयो, आगो निभाउने भन्दा पानी ासर्दै समय बित्यो, दनदनी बलेको आगोले हेर्दा हेर्दै घर खरानी बनायो ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार घर धेरै ठुलो भएका कारण आगो नियन्त्रण गर्न धेरै सकस भएको छ । विहान १० बजे भएको आगलागी साँझ ५ बजे करिब ८ घण्टापछि आगो नियन्त्रणमा लिएको बताईन् । अन्तमा दमकल सबै स्थानीयको प्रयास पछि आगो नियन्त्रण नभएपछि डोजर लगाएर घरै भत्काइएको छ । धौधौ गरी आगो नियन्त्रण गर्यौ डिएसपी लाल बहादुर धामीले भने, घटनाको मुछुल्का सोमबारनै हुन्छ । धनमालको क्षति रोक्न नसकेपनि छेउमै रहेको घर बचाउनका लागि पनि डोजर लगाएर आगलागी भएको घर भत्काइएको डिएसपी धामीको भनाई छ ।
समयमै उद्धार नहुँदा करोडौको क्षति
आईतबार विहान विष्णु भण्डारीको घरमा भएको आगलागीबाट अनुमानित ८० लाख बराबरको क्षति भएको छ । नगरपालिका प्रहरी प्रशासनको विपद व्यवस्थापन मजबुद हुँदा साहेत यति ठुलो क्षति नहुने पिडितको भनाई छ । फुल ट्यांकी पानी भरेर तयारी अबस्थामा राख्नुपर्ने हो । स्थानीय टाँसी लामाले भने, तर अलिकती पानी भएको दमकल आउँदा आगो निभाउने भन्दा पानी सानै समय वितको उनको उनको भनाई छ । गएको भदौ १६ गते चन्दननाथ नगरपालिका १ का जय बहादुर रावत घरमा आगलागी भयो । दमकललाई हारगुर्हार गर्दा पनि दमकल पुगेन् ।
मेयर कान्तिका सेजुवालका अनुसार त्यतिबेला दमलको ब्रेरिङ बिग्रीएको चालक समेत नभएकोले ६ महिना देखि थन्कीएको थियो । आगलागी नियन्त्रणमा जान सकेन् । जसका कारण जयबहादुर रावत र जगत भण्डारीको घरमा भएको आगलागीले ७३ लाख बराबरको क्षेती भयो । नगरपालिकाको दमकल नआएको भन्दै स्थानीय आक्रोसित समेत भएका थिए । त्यस्तै, गएको असोज २३ गते चन्दननाथ नगरपालिका ५ का नर बहादुर श्रेष्ठको घरमा आलागी हुँदा करिब ६० लाख ७९ हजार बराबरको क्षति भयो ।
त्यहाँ दमकल समयमै पुगेपनि ठुलो क्षति हुन बाट बचाउन सकेन् । कारण त्यतिबेला पनि पानी फूल ट्यांकी थिएन् । तीन महिनामा तीन ठुला आगलागीका घटना हुँदा विपद व्यवस्थापनका सयंन्त्रहरु प्रभावकारी नभएको स्थानीयको गुनासो थियो । जय बहादुर रावत र विष्णु भण्डारीको घरमा भएको आगलागी समयमै नियन्त्रण गर्न सकिने भएकोपनि विपद व्यवस्थापन कमजोर हुँदा ठुलो क्षति भएको चन्दननाथ नगरपालिका एकका स्थानीय गौरीनन्द आर्चायले बताए ।
घरभेटी सहित विद्यार्थी विस्तापित
आईतबार आगलागी भएको विष्णु भण्डारीको घरका १६ कोठा भाडामा थिए । प्रत्यक कोठामा दुई जना बस्थे । साथै, विष्णु भण्डारी, उनकी छोरी बहिनी श्रीमती सहित चार जनाबस्थे । भने, अन्य परिवार बाहिर रहेको आफन्तले बताएका छन् । तर आगालागी भएपछि घरभेटी विष्णु भण्डारी देखि सबै विद्यार्थी विस्तापित भएका छन् । हिमा गाउँपालिका ६ की तुल्सी शाहि, कौसिला शाहि, दिपक विसी, विपना रावत, भगवती शाहि, पविता बुढा र केशव शर्मा लगायत अन्य विद्यार्थी विस्तापित भएका हुन् ।
कृषि जेटिए पढ्दै गरेकी भगवती शाहिका अनुसार आगलागीले सबै जलेर नष्ट भयो, के खाने कहा बस्ने के लगाउने केहि छैन् कसरी पढ्ने भन्दै दुःख व्यक्त गरिन् । त्यस्तै भाडामा बस्दै आएका गुठिचौर गाउँपालिका ५ का गजेन्द्र भण्डारीको पाँच तोला सुन जलेर नष्ट भएको छ ।
किन हुन्छ आगलागी ?
विष्णु भण्डारीको घरमा विद्युतीय तार सर्ट भएर आगलागी, गएको भदौमा जय बहादुर रावतको घरमा पनि विद्युतीय तार सर्ट भएरै आगलागी भयो । भने कार्तिकमा नर बहादुर श्रेष्ठका घरमा सोलारको व्यट्रि पड्कीएर आगलागी भयो । सबै घटनाको प्रकृति हेर्दा आफ्नै लापरर्बाहिनै हो जस्तो लाग्छ । डिएसपी लाल बहादुर धामी भन्छन, अव्यवस्थित विद्युतीय तारका कारण आगलागी हुन्छ, सोलार सिस्टमलाई पनि बेला बेला हेर विचार नगर्दा समस्या आउँछ । तर स्थानीय यस्ता विषयमा अनविज्ञ जस्तै हुन्छन् ।
यस विषयमा स्थानीयलाई चेतना अभिबृद्धिको खाँचो छ । भने, घटना पछिको राहत उद्धारका लागि विपद व्यवस्थापनका सयन्त्रलाई मजबुद पार्न आबश्यक छ । दमकललाई पानी भरी राखेर तयार राख्ने, तत्तकाल दिईने राहत, तालिम प्राप्त अग्नी नियन्त्रकहरुको व्यवस्था अझै हुन सकेको छैन् । जसले गर्दा सानो आगलागी हुँदा पनि नियन्त्रण गर्न नसकी ठुलो क्षति हुन्छ ।