चन्दननाथ नगरपालिका–३ मालाभिड गाउँमा निर्माण गरिएको नाला २७ दिनमै भत्किएको छ । निर्माणमा ठेकदारले गुणस्तर कम गरेपछि महिना दिन नपुग्दै उक्त नाला भत्किएको हो ।
चन्दननाथ नगरपालिकाको ८० लाख लागतमा निर्माण भएको नालामा ठेकदारले स्टिमेटभन्दा कमसल खालका निर्माण सामाग्री प्रयोग गरेपछि यसरी भत्किएको हो । निर्माण गरेको महिना दिन नबित्दै आफ्नै घरको आँगन अघिको नाला एपछि स्थानीयले चर्को बिरोध गरेका छन् ।
नाला निर्माण भएको २६/२७ दिनमै केही ठाउँमा भत्किएपछि आफूहरूले बाध्य भएर ठेकदारको कमसल कामको विरोध गर्नु परेको स्थानीय बहादुर बुढ्थापाले बताए । थापाका अनुसार कामको जिम्मा लिएका स्थानीय ठेकदार हरि महत, जानकी रावत, बलबहादुर बुढ्थापालगायतले कामको गुणस्तर कायम नगरेकाले यस्तो समस्या आएको हो । ‘नालाको लागत स्टिमेटमा १० एमएमका छडको प्रयोग गर्नुपर्नेमा ठेकदारले ८ एमएम्को छड्को प्रयोग गरिएको छ ।’ थापाले भने, ‘नाला निर्माणकै क्रममा हामीले यस्तो किन गरेको भन्दै प्रश्न ग¥यौ तर ठेकेदारले उल्टै तपाई प्राविधिक हैन भन्दै धम्काएर जवाफ दिए । उनीहरूको मनसाय यस्तो रहेछ ।’
नालीको नालाान गर्दा माटो मिसिएका गिट्टी र बालुवाको प्रयोग गरिएकाले एक महिना नपुग्दै नालाान भत्किएको जानकारी दिएकी हरिब महतले भत्किएको ठाउँमा सम्बन्धित ठेकदारले नसुधारे आफूहरू मिलेर प्रशासनमा लिखित उजुरी दिने बताइन् । उनले भनिन्, ‘निर्माण गरिएको नालीको चौडाई ४ ईन्च हुनुपर्ने हो । तर ठेकदारले मनलाग्दी कतै ३ त साढे ३ इन्च चौडाई मात्रै निर्माण गरेका छन् ।’ निर्माण गरिएको २७ दिनमै नाला भत्किन निकै दुःखद् भएको प्रतिक्रिया दिएका चन्दननाथ–३ का वडा अध्यक्ष नन्दबहादुर बुढथापाले समेत ठेकेदारकै लापर्वाहीले वडाको विकास निर्माण अलपत्र भएको दाबी गरे । उनले भने, ‘विगत दुई वर्ष पहिले निर्माण भईसक्ने नाली हो । धौ धौ गरेर अहिले निर्माण भयो तर त्यसकै गुणस्तर कमसल भएपछि अब ठेकेदारले पाउन बाँकी भुक्तानी रोकिदिने चेतावनी दिए ।
प्राविधिक रूपमा ठेकेदारले गरेका कामको गुणस्तर मापन र नियमनको अधिकार भएका नगरपालिकाका इन्जिनियर लोकेन्द्र महतले शुरूको स्टमेट अनुसार कहिले थपघट हुनसक्ने भन्दै ठेकदारको बचाउँ गरे । वडाका जनप्रतिनिधि र स्थानीयको दबाबमा गाउँमा निर्माण भएको नालामा केही कमजोरी भएको स्वीकार गरेका इन्जिनियर महतले आफूले त्यसको सुधारका लागि सम्बन्धित ठेकेदारलाई निर्देशन दिएको बताए ।
गाउँको ८ सय मिटर नाली निर्माण गर्न चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक कार्यक्रमबाट ८० लाख रकम विनियोजन गरेकोे थियो । लामो समयदेखि रोकिदैं आएको उक्त नाला सबैको दबाबमा दुइवर्षपछि निर्माण भएको हो ।
दोस्रो पक्षलाई दिंदा कमजोरी
नाली निर्माणको जिम्मा लिएको विजयी निर्माण सेवाले निर्माणको काम गर्ने जिम्मा दोस्रो पक्षलाई दिंदा काममा कमसल भएको बुझिएको छ । ‘नगरपालिकाले गरेको टेण्डर प्रक्रियामा आफू छनोट भए पनि निर्माणका लागि अरू साथीहरूलाई दिएको थिएँ ।’ निर्माण सेवाका प्रोप्राईटर (ठेकेदार) सुरेन्द्र महतले भने, ‘काममा भएको कमजोरी सुधार गर्छु वा गर्न लगाउँछु ।’
काम स्टिमेट अनुसारनै भएको दाबी
गर्दै उनले भने, ‘नालामा राख्ने भनेर मैले १० एमएमको छड पठाएको हुँ तर साइडमा ८ एमएमको प्रयोग भएको छ भन्ने हल्ला सुनेको छु । यदि त्यस्तो हो भने नहुनुपर्ने कमजोरी भयो ।’आफूलाई प्राप्त सामग्री पठाएको बिलमा स्टिमेट अनुसार ८ एमएमको छड हुनुपर्ने दाबी गरेका महतले यदि कम रहेछ भने आफूले रकम पनि त्यही अनुसारको भुक्तानी गर्ने बताए ।’ बीचमा नगरपालिकाका प्राविधिकहरू काम हेर्न नजानू ठूलो कमजोरी गरेको दाबी गरेका उनले गाउँमा काम गर्दा स्थानीयको सहयोग नपाएको गुनासो गरे ।