नेपाल परापूर्वकालदेखि विदेशीहरुको लागि आकर्षक गन्तव्य थियो र अहिले पनि छ भन्ने कुरामा दुई मत छैन । विभिन्न कालखण्डहरुमा नेपाल आएका मान्छेहरुले विशेषतस् काठमान्डौंलाई केन्द्रविन्दुमा राखेर थुप्रै लेखहरु लेखेका पाइन्छन् भने नेपालका अन्य भू(भागलाई समेटेर लेखेका दस्तावेजहरु कमै भेटिन्छन् । पश्चिम नेपालतिर सबैभन्दा पहिला कुन विदेशी आएर भ्रमण गरेका थिए भनेर खौज्दै जाँदा आजभन्दा करिब १४२ वर्ष पहिला बेलायती सर्वेक्षणकर्ता लेफ्टिनेन्ट(कर्नेल थोमस जोर्ज मोन्टगोमेरी (Thomas George Montgomerie) पिथौरागढ हुदै पश्चिम नेपाल घुमेको पाइन्छ । उक्त भ्रमण विवरण सन् १८७६ मा ‘जर्नल अफ द रोयल जोग्राफिकल सोसाइटी अफ लण्डन’ मा छापिएको थियो । हुन त एक भ्रमण विवरणको विस्तृत जानकारी सरसर्ती पढ्दा निरस लागे पनि १४२ वर्ष पहिलेको पश्चिम नेपालको ऐतिहासिक, यातायात, सामाजिक, धार्मिक, आर्थिक र शैक्षिक पाटाहरु बारे बुझ्न मदत गर्छ भन्ने ठानेर मैले मोन्टगोमेरीको भ्रमण संक्षिप्त रुपमा प्रस्तुत गर्ने जमर्को गरेको छु । सैनिक पृष्ठभूमिका लेफ्टिनेन्ट(कर्नेल मोन्टगोमेरीले नेपाल आउनको लागि आफू चिकित्सक भएको र जुम्लासम्म जान लागेको जानकारी दिई नेपाल प्रवेश गरेका थिए । उनको मूल लक्ष्य तिब्बतको ल्हासासम्म पुग्ने भए तापनि ल्होमान्थाङबाट १४/१६ माइल उत्तरमा पर्ने तिब्बतको ‘ताडुम वा त्रादुम’ भन्ने ठाउँमा रहेको गुम्बाका प्रमुखले तिब्बत छिर्न इज्जाजत नदिंदा नेपाल तर्फ नै पुनस् फर्कनु परेको थियो । मंगलबार १ जुलाई १८७३ पिथौरागढबाट शुरु भएको उनको भ्रमण सोमबार २४ नोभेम्बर १८७३ नारायणीको दक्षिणमा पर्ने ‘भोजागाउँ’ भन्ने ठाउँमा सकिॅंदा जम्मा ४ महिना २४ दिन नेपालमा बिताएका थिए । उक्त भ्रमणमा मोन्टगोमेरी वर्तमान नेपालको बैतडी, डोटी, बझांग, बाजुरा, अछाम, कालिकोट, जुम्ला, डोल्पा, मुस्तांग, म्याग्दी, बाग्लुंग, पर्वत, गुल्मी, पाल्पा र नवलपरासी घुमेका थिए । उनको भ्रमणको मुख्य लक्ष्य गोप्य रुपमा ठाउँहरुको विस्तृत विवरण संकलन गर्नु पनि थियो । त्यसैले मोन्टगोमेरीले भ्रमण विवरणमा ठाउँहरु पनि स्पष्टसँग नक्शांकन समेत गरेका छन् ।
कर्नेल मोन्टगोमेरीको भ्रमण ताका मुख्यतः एक ठाउँदेखि अर्को ठाउँसम्म पुग्न हिड्नु पर्ने बाध्यता थियो । नदीनाला पार गर्न तुइनको व्यापक प्रयोग हुन्थ्यो भने कतै(कतै अर्ध(फलामे पुलहरू पनि भेटिन्थे । कुनै ठाउँमा त छालाबाट र काठबाट बनेका प्राचीन शैलीका डुंगाहरुको पनि प्रयोग हुन्थ्यो । तत्कालिन समयमा जुम्ला र अछामको सैना अत्यन्त उर्बर भुमि थिए । ती बाहेक अरु एकदुई ठाउँहरुमा पनि सिंचाइका लागि कुलोको राम्रो व्यवस्था थियो । देशका विभिन्न भू–भागहरुको सुरक्षाका लागि किल्लाहरु थिए । बाजुरामा १००, जुम्लामा ३००, डडेलधुरा, दैलेख र सिलगढीमा ६/६ सय र पाल्पाको तानसेनमा १६०० सैनिक जवानहरु थिए । यी उल्लेखित किल्लाहरू मध्ये सिलगढी र पाल्पामा हात हतियार समेत उत्पादन हुने गर्दथ्यो । सैनिकहरुको पालन/पोषण सरकारले उठाएको करबाट पूर्ति हुने गर्दथ्यो । कर उठाउने स्थानीय जमिन्दारहरु र भन्सार कार्यालयहरुको व्यवस्था थियो । पश्चिम नेपालमा सबैभन्दा बढी कर मुस्तांगे राजाले उठाउँथे । वार्षिक रुपमा उठेको १००००/१२००० रुपियाँमध्ये जम्मा २०००/३००० नेपाल सरकारलाई बुझाउने गर्दथे भने अरु आफैले प्रयोग गर्दथे । मुस्तांगको भन्सारबाट आयात हुने तिब्बती सामानहरुमा दस प्रतिशत भन्सार दस्तुर छुट थियो । विभिन्न ठाउंहरु तिब्रिकोट ९हालको डोल्पा०, घासा, तानसेन र रिडीमा भन्सार कार्यलयहरु थिए । रिडी बजारमा टक्सार समेत रहेको उल्लेख भए तापनि मुख्यतस् प्रचलनमा रहेका तामाका सिक्काहरु काठमाडौँमा बन्ने गर्दथे ।
ठाउँ(ठाउँमा ठूला मानव वस्तीहरु थिए । जुम्लामा केहि घरधुरीहरु मात्र थिए भने कागवेनीमा १०० र बेनी बजारमा २०० घरधुरीहरु थिए । पाल्पा तानसेन अत्यन्त चल्तीको बजार भए तापनि हिउंदमा प्रायस् सुनसान रहन्थ्यो किन कि उक्त समयमा सम्पूर्ण सैनिक, कर्मचारी र स्थानीयहरू बटौलीतिर झर्थे । वस्तीहरु बीच हुलाकको समेत व्यवस्था थियो । ह्ल्काराको काम बाहुन जातिका मान्छेहरुले मात्र गर्दथे । घरहरु साधरणतस् ढुंगा र माटोले बनेका र खरले छाएका हुन्थे । लोमान्थाङमा भने कमेरोले पोतेको सुकिलो विशाल किल्ला जस्तो राजदरबार रहेको र प्रत्येक स्थानीयहरुको घर/घरमा बग्ने पानीको कुलोको व्यवस्था भए तापनि ती कुलाहरु फोहोर र दुर्गन्धित थिए ।
मानिसहरुको प्रमुख आयस्रोत खेतीपाती थियो । जुम्लाको सिन्जामा घोडा पालन प्रख्यात थियो । हुम्लीहरु बाज र कस्तुरीको वीना भारतको ब्र्हमादेव र गोलाघाटसम्म पुर्याउनमा प्रख्यात थिए । बाग्लुंग, बेनी र कुस्मा वरपर तामाखानीहरुको व्यापक प्रयोग थियो । खानीहरुबाट निकालिएको तामा स्थानीय बजार वा पोखरामा बेचिन्थ्यो । खानीको उत्खनन व्यपकरुपमा भएकोले बाग्लुंग र बेनीमा तामाको कर उठाउने गरी सैनिक क्याप्टेनको दरबन्दी समेत व्यबस्था गरिएको थियो । तराइमा भने हिउंदमा नदीमा काठका मुढाहरु बगाउदै भारत तर्फ निकासी गरिन्थ्यो । समाजमा दासता व्यापक थियो । दास/दासीहरुको निम्ति बाबु/आमाले आफ्ना छोरा(छोरी समेत बेच्न पाउँथे । यो प्रचलन सबै जातजातिहरुमा विद्यमान थियो । यदि कोहि दास(दासी बनाइएको खण्डमा उसको जात स्वतस् एक तह घट्दथ्यो ।
विभिन्न ठाउँहरुमा रहेका धार्मिक स्थलहरुहरुमा बाजुराको बडीमालिका, जुम्लाको चन्दननाथ र मुस्तांगको मुक्तिनाथ प्रख्यात थिए । बडीमालिकामा स्थानीयहरु मात्र नभई कुमाउँ/गढ़वालबाट पनि तीर्थयात्रीहरु आउने गर्दथे । चन्दननाथमा ४०(५० पूजारीहरु थिए । मुक्तिनाथमा १०८ धाराहरु थिए भने ज्वालामाईको ज्वाला भने निरन्तर बलिरहने गर्दैनथ्यो । बेला/बेलामा निभ्ने उक्त ज्वाला नजिक गन्दकको गन्ध आउने र ज्वाला निभेको बेला जमिनमा गड्गडाएको आवाज आउने गर्दथ्यो । डोल्पाको छार्कामा रहेको गुम्बामा ४०/५० लामाहरु रहेको र प्रत्येक घरको जेठो छोरा लामा बन्नु पर्ने परम्परा थियो । यद्यपि हाल माइलो छोरा भिक्षु वा माइली छोरी भिक्षुणी बन्ने प्रचलन विद्यमान छ । त्यो भ्रमणमा अहिले प्रख्यात रहेका डोटीको शैलेश्वरी, डोल्पाको त्रिपुरासुन्दरी, म्याग्दीको गलेश्वर र रिडीको त्रिवेणीको बारेमा केहि पनि उल्लेख गरेको पाइदैन । किन मोन्टगोमेरीले ती तिर्थस्थलहरुको बारेमा उल्लेख गरेनन् भनेर अध्ययन/अनुसन्धान गर्न जरुरी छ ।
मोन्टगोमेरीले आफ्नो भ्रमणभरि कहिँ पनि पाठशाला भएको उल्लेख गरेका छैनन् । यसबाट तत्कालिन समयमा नेपालमा शैक्षिक स्तर नाजुक थियो भन्ने अड्कल गर्न सकिन्छ किन कि उनले पाठशाला देखेका भए अवश्य उल्लेख गर्थे होलान । धार्मिक स्थलहरु शिक्षाका लागि हुन् या पूजाका निम्ति हुन् त्यो पनि उल्लेख गरेको पाइदैन ।
ल्हासा जान नपाएर दक्षिणतिर लागेका मोन्टगोमेरीले अत्यन्त विशम परिस्थितिमा सोच्नै नसकिने कठीन यात्रा गर्न सफल मात्र भएनन्, आफू घुमेका ठाउँहरुको गोप्यरुपमा विवरण राख्न समेत सफल भए । यस्ता दुर्लव र छरिएका साधन/श्रोतहरु संकलन गरी अध्ययन र अनुसन्धान गर्न सके आजको पिंढीका निम्ति बहुपयोगी हुन सक्छ। यदि हाम्रा गौरवमय इतिहासका तथ्यहरु हराए भने हामीले आफ्नो पहिचान अवश्य कुनै दिन गुमाउनु पर्ने छ । तसर्थ केन्द्रिय र प्रादेशिक सरकारहरुले अध्ययन र अनुसन्धानको निम्ति कुनै जिम्मेवार निकाय स्थापना गरी, विविध रुपमा बजेट छुट्याउन र गहन अनुसन्धानकर्ताहरुको मण्डल बनाउन जरुरी छ ।