कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुर परिसर भित्र रहेको क्यान्टीनमा आ ग जनी गरीएको छ । प्रद र्शनकारीहरुले प्रहरी कार्यालयको कम्पाउण्ड भित्र रहेको क्यान्टीनमा आ गजनी गरेका हुन् । प्रहरी कार्यालय तो डफोड हुन थालेपछि प्रहरीले ईलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निशेधित घोषणा गरेको छ ।
कोहलपुरमा आइतवार विहान ट्रकले एक स्कुले विद्यार्थीलाई ठ क्कर दिएपछि माहोल बिग्रिएको छ । आईतबार विहान पौने दश बजे कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रकले ठ क्कर दिएको हो । अवस्था बिग्रिए पछि प्रहरीले दर्जनौं अ श्रुग्यास हा नेको छ । ह वाई फा यर समेत गरेको छ । कोहलपुर र णभूमीमा परिणत भएजस्तो देखिएको छ । घाइते बालिकाके नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । उनको दुवै खुट्टा पि ल्सिएको छ ।
बालसुधार गृहमा बालक बढी हुँदा समस्या
जिल्ला कारागार डोटीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भन्ने चर्चा चलिरहेका बेला यहाँको जिल्ला सदरमुकाम सिलगढीस्थित बालसुधार गृहमा क्षमताभन्दा बढी बालकहरु राखिँदा झन् समस्या हुँदै आएको छ । विसं २०७५ भदौ महिनामा सुदूरपश्चिम प्रदेशभरिका लागि स्थापना गरिएको बालसुधार गृहमा कूल २५ बालक बस्न मिल्ने क्षमताको भए पनि हाल ४८ जना बालक बस्दै आएका छन् । क्षमताभन्दा दोब्बर बालक राखिएका कारण उनीहरुलाई दैनिक कार्यमा समस्या हुँदै आएको छ ।
बालसुधार गृहमा क्षमताभन्दा बढी बालक बस्ने गर्दा व्यवस्थापनलगायतका अन्य सेवा सुविधा लुगा, कपडा, खान–बस्नमा पनि समस्या हुने गरेको बालसुधार गृह व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।
उनले भने, “बालकहरु बढी भएका कारण उनीहरुको बसाइ व्यवस्थापनमा समस्यादेखि अन्य सुरक्षा क्षेत्रमा समेत समस्या हुन्छ, आर्थिक रुपमा पनि सीमित बजेट हुन्छ बढी बालकहरु भए अदालतमा हाजिर गराउन, फैसला हुँदा पनि थप सुरक्षा व्यवस्थापन गर्नुपर्छ निकै समस्या उत्पन्न हुने गरेको छ ।”
बालसुधार गृहको सम्पूर्ण अवस्थाका बारेमा अनुगमन गरी र बालकहरुको समस्याका बारेमा लिखित रुपमा माथिल्लो निकायमा जानकारी गराई सकेको समेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । क्षमताभन्दा बढी बालकहरु भएका कारण खाने, बस्नेदेखि अन्य व्यवस्थापनमा समस्या हुने गरेको बालसुधार गृह डोटीकी प्रशासकीय अधिकृत सानुमाया लिम्बूले बताइन् ।
उनले भनिन्, “क्षमताभन्दा बढी बालक भएका कारण हामीलाई उनीहरुको खानपान, बसाइदेखि अन्य सरसफाइ तथा सुरक्षा गर्नमा निकै चुनौती भएको छ, हामीले हाम्रो समस्याका बारेमा पटक पटक जानकारी दिँदा पनि केही पहल हुन सकेको छैन ।” बालसुधार गृहमा रहेका ४८ बालकमध्ये १२ जनाको अदालतले फैसला गरिसकेको छ भने अन्य ३६ जनाको हकमा फैसला नभई पुर्पक्षका लागि बालसुधारगृहमा राखिएको प्रशासकीय अधिकृत लिम्बूले जानकारी दिए ।