हुम्ला । ट्रिपर दुर्घटनामा घाइते भएकाको तीन दिनपछि उद्दार गरिएको छ ।
नाम्खा गाउँपालिका–५ स्थित पानी पाल्वाङ्गमा भएको बा ५ ख ५३४४ नम्बरको ट्रिपर दुर्घटनामा परेका घाईतेको तीन दिपछि शनिबार नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको हो ।
शुक्रबारदेखि निरन्तर परेको हिमपात रोकिएपछि शनिबार नाम्खा गाउँपालिकाको मुचुबाटै हेलिकोप्टरबाट घाइतेको उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए । उनका अनुसार गृह मन्त्रालयको पहलमा आएको नेपाली सेनाको हेलिकोप्टरले दुर्घटनाका घाइतेलाई मुचुबाटै सिधै कोहलपुर मेडिकल कलेज लगेको छ ।
तुम्कोट भिरमा ट्रिपर खस्दा गाडी चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका फुलमान तामाङ र नाम्खा गाउँपालिका १ का सोमान छेजुङ लामा घाईते भएका थिए । घाइतेमध्ये लामाको अवस्था चिन्ताजनक छ । भने चालक तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मृतकको पोष्टमार्टम भएन
बिरामीको उद्दारमा आएको नेपाली सेनाको हेलिकोप्टरले सिमकोटबाट चिकित्सक लिन नमानेपछि दुर्घटनामा ज्यान गुमाएका मृतकको पोष्टमार्टम नभएको हो ।
पोष्टमार्टमका लागि सिमकोट अस्पतालबाट दुर्घटनास्थल जान तयार भएका चिकित्सकलाई हेलिकोप्टरले लिन नमान्दा मृतकको पोष्टमार्टम गर्न बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी हमालले बताए । ‘उद्दारका लागि आएको हेलिकोप्टर सिमकोटमा अवतरण गर्छ भनेर नेपाल प्रहरी, नेपाली सेना र कर्मचारी लगाएर सिमकोट हवाई मैदानको हिउँ फालियो’ जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख राजेन्द्रबहादुर सिहंले भने, ‘अन्तमा हेलिकोप्टर सिमकोट अवतरण नगरेरै मुचु गएपछि दुर्घटनामा ज्यान गुमाएका मृतकको लाशको पोष्टमार्टम गर्न जिल्लाबाट चिकित्सक जान पाएनन् ।’
गएको शुक्रबारदेखि परेको हिमपातले घटनास्थल मुचुमा तत्काल जान सम्भव नभएकाले अब केही कानूनी प्रक्रिया अपनाएर पोष्टमार्टम गर्ने तयारी भइरहेको निमित्त प्रहरी प्रमुख सिहंले बताए । ट्रिपर दुर्घटनामा परेर नाम्खा गाउँपालिका–४ याल्वाङ्गका सावेल लामा र नाम्खा–१ हेप्का सोनाम मिग्युर लामाको ज्यान गएको थियो । मृतकको पोष्टमार्टम नहुँदा मृतकका आफन्तले अझंै लाश बुभ्mन मानेका छैनन् ।