सिमकोट। हुम्लामा भारी हिमपात भएपछि जनजीवन ज्यादंै कष्टकर भएको छ । चिसो अत्याधिक बढेपछि हुम्लाका स्थानीय बासिन्दा सबै सुविधाबाट बञ्चित हुनु परेको छ ।
दुई दिनको लगातार हिमपात जिल्लाको जनजजीवन निक्कै कष्टकर भएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिइन् । उनका अनुसार हिमपात र चिसोले बाहिर जान सक्ने अवस्था नभएको र भइरहेका सुविधाहरू विद्युत्, खानेपानी, टेलिफेन, इन्टरनेट सबै बन्द भएका छन ।
शुक्रबार साँझ सात बजे सिमकोटको तापक्रम माइनस १२ डिग्री पुगेको छ भने, हिउँ पर्ने क्रम जारी छ । यसअघि दिउँसो तापक्रम माइनस ६ डिग्री थियो । दिनभरी कार्यालयमा सेवाग्राहीको उपस्थिति ज्यादै न्यून रहेको र कार्यालयमा कर्मचारीहरू पनि आगो तापेर बस्न बाध्य भएका थिए ।
बिहानैबाट हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत सेवा अवरुद्ध भए पनि सिमकोट बजार अहिले अन्धकार छाएको छ । सञ्चारका नाममा नेपाल टेलिकमको सिडिएम सेवा सुचारु रहेको छ । भने, सोलारबाट विद्युतको व्यवसथा भएको स्थानमा वल्र्डलिंकको इन्टरनेट सेवा सुचारु छ । मानिसहरुका पशुवस्तु घरबाट बाहिर निकाल्ने सक्ने अवस्था छैन ।
दुई दिनदेखि पशुवस्तु घरमै थुनिएर राखिएको छ । घाँस गोठमै दिने गरिएको छ भने हिउ पगालेर पानी दिने गरिएको छ । बाक्लो हिमपातले सर्वसाधारणलाई एक गाउँबाट अर्को गाउँ आवजत जावत गर्न बन्द भएको छ ।
दुई दिनदेखि हवाई सेवा बन्द
हिमपातले जिल्लाको एक मात्र यातायताको साधन हवाइ सेवा दुई दिनदेखि बन्द हुँदा सयौं हवाई यात्रु मर्कामा परेका छन् । बिहीबारबाट परेको हिमपात नरोकिंदा हुम्ला घुम्न आएका आन्तरिक पर्यटकहरू र यात्रुहरू मर्कामा परेका हुन् ।
हुम्लामा काम विशेष र घुम्न आएको एक दर्जन आन्तरिक पर्यटक र यात्रु सिमकोटमा अलपत्र परेको स्थानीय लोक भण्डारीले बताए । बिहीबारै नेपालगञ्ज र सुर्खेत झर्ने तयारी गरि रहेका यात्रुहरु सिमकोटमा अलपत्र अवस्था परेका छन् ।
बाक्लो हिममपात भै रहेको कारण उनीहरुलाई बास बस्न समेत कठिन भएको छ । सीता, समिट र तारा एयरका जहाजहरुले दर्जनभन्दा बढी उडान भर्दै आएकोमा ती सबै उडान बन्द भएका छन् । हवाई सेवा बन्द भएपछि सिमकोटमा दैनिक उपभोग्य सामानको समेत अभाव हुन थालेको छ ।
लिमी सम्पर्क बिहीन
नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमाल पारीको गाउँ लिमी सम्पर्क बिहीन भएको छ । सञ्चारका अन्य मात्तयाम नभएको लिमीमा वल्र्डलिंकको इन्टरनेट सेवा पनि दुई दिन देखि घाम नलाग्दा पावर अभावले बन्द रहँदा लिमी सम्पर्क बिहीन भएको हो ।
नेट भएको बेला लिमीसँग फेसबुक च्याटमा कुराकानी हुने गरेको थियो । त्योसँगै यारी, मुचु, चाला पनि सञ्चार सम्पर्क आउन सकेको छैन ।