मुगु । रारामा बसाइँ सरेर आउने आगन्तुक ९विदेशी० चराको संख्यामा वृद्धि हुँदैं गएको छ ।
हिउँदको समय युरोप, साइबेरिया, तिब्बत र भारतका विभिन्न ठाउँबाट विभिन्न जातका चरा आएपछि तालमा देखिने आगन्तुक चराको संख्यामा वृद्धि भएको हो । सिमसार क्षेत्रमा पाइने करिब ४९ प्रजातिका चरा विर्षेनी रारा आउने गर्दछन । तीमध्ये अहिलेसम्म २० प्रकारका आगन्तुक चरा रारामा आइसकेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए ।
‘रारा आउने विदेशी चराको संख्यामा वृद्धि हुँदै गएसँगै तालमा पर्यटकीय गतिविधि पनि बढ्दै गएका छन् ।’ भण्डारीले भने, ‘मंसिरदेखि नै रारा आउन थालेका रारामा हाँस प्रजातिका चराहरू हरेक वर्ष जाडो मौसम सकिएसँगै चैतपछि सबै चरा आफ्नै बासस्थानतर्फ फर्कन्छन् ।’
चिसो मौसममा समेत रारा तालको पानी तातो हुने भएकाले आगन्तुक चराको आकर्षण यस क्षेत्रमा हुने गरेको विज्ञहरू निकुञ्जका अधिकारीहरूले जानकारी दिए । आगन्तुक चराहरू करिब पाँच महिनासम्म रारा क्षेत्रमा बस्ने रारा राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
‘अहिले तालदेखि जंगल क्षेत्रसम्म विदेशी चराकै संख्या बढी देख्न सकिन्छ ।’ नेपाल पन्छी संरक्षण संघका अनुसन्धान अधिकृत मोहनविक्रम श्रेष्ठले भने, ‘रारा तालमा सगरमाथाको उचाइभन्दा माथिबाट उड्न सक्ने खोया हाँस, ग्यालागुज हाँस र संकटासन्न अवस्थामा परेका हाँस पनि रारामा भेटिएका छन् ।’ रारा ताललाई स्टेशन जस्तो बनाएर आगन्तुक चराहरू अहिले रारामा आउने जाने गरेको उनको भनाई छ । रारा ताल आगन्तुक चराका लागि महत्वपूर्ण स्थान भएको उल्लेख गरेको श्रेष्ठले रारामा १५ दिन एक महिना प्राप्त मात्र आहार खाईसकेपछि आगन्तुक चराहरू फर्किने गरेको जानकारी दिए । उनका अनुसार ती आगन्तुक चराहरू साईबेरिया, मंगोलिया, तिब्बत, नेपाल हँुदंै भारततिर जाने गर्दछन् । रारामा तीन सयभन्दा बढी प्रजातिका चरा पाइन्छन् । तर अहिले रारामा हिउँदे अवलोकनमा एक सय दुई प्रकारका चरा भेटिएका अनुसन्धान अधिकृत श्रेष्ठले बताए । रारा चराका लागि उत्कृष्ट स्थानका रुपमा लिन सकिने ठहर उनको छ ।