दीपिका चलचित्र रिलिज अगाडि दिल्लीको जहवारलाल नेहरु विश्वविद्यालयका विद्यार्थीलाई भेट्न पुगेकी थिइन् । योसँगै उनी विवादमा तानिइन् र उनको चलचित्र बहिष्कारको अभियान समेत चल्यो । बक्स अफिसमा बहिष्कार अभियानको असर देखिएको छ
यसैविच, योग गुरु रामदेवले नायिका पादुकोणलाई नयाँ सल्लाहा दिएका छन् । उनले भने–‘दीपिकाले राजनीतिक र सामाजिक बिषयमा कुनै ठूलो निर्णय लिनु अगाडि वुझ्न जरुरी छ । उनले, म जस्ता व्यक्तिलाई सल्लाहाकारको रुपमा राख्न जरुरी छ जसले उनलाई सही सल्लाहा दिउन् ।’
रामदेवले भने–‘चलचित्रमा अभिनय गर्नु र राजनीतिक बिषयमा अगाडि सर्नु फरक कुरा हुन् । दीपिकाले पहिला सामाजिक, राजनीतिक र सांकृतिक बिषयमा वुझ्न आवश्यक र देशको राजनीतिक अवस्थालाई नियाल्न जरुरी छ ।’
रामदेवले भारतको सरकारले ल्याएको नागरिकता संसोधन विधेयकमा आफ्नो पूर्ण समर्थन रहेको सुनाए ।