सिमकोट
भदौ, ६ । केही दिन अघि मात्र नेकपाको केन्द्रिय हाइकमाण्डमा हुम्लाको पार्टी नेतृत्व पूर्व माओवादी केन्द्रले पाउने सहमती भएपछि पार्टी नेतृत्वका लागि पूर्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हुम्ला जिल्लाको नेतृत्वका लागि निकै हानथाप देखिएको छ । माओवादीमा निकै रस्साकस्सी बढेको छ ।
गएको मंसीर १० को प्रतिनिधिसभाको निर्वाचनमा टिकट र मतदानको विषयलाई लिएर प्रष्ट दुईधारमा बिभाजित पुर्व माओवादीबाट नेकपाको जिल्ला नेतृत्वमा को जाने भन्ने विषयमा सहमती हुन नसकेपछि नेतृत्वको होडबाजी थप रोचक बन्दै गएको हो । केन्द्रिय नेताका आधारमा कर्णाली प्रदेश पार्टी समायोजन कार्यदलले समेत जिल्ला नेतृत्वका बारेमा ठोस निर्णय नलिँदा आकांक्षिहरुबिच हानथाप बढेदै गएको हो । नेकपाले भाद्र ५ गतेसम्म प्रदेश र जिल्लाको पार्टी नेतृत्वको टुङ्गो लगाउने निर्णमा केही दिन थप भएपछि आकांक्षिले थप चलखेल गर्न थालेका छन् ।
जैशी र रोकायाको रोचक प्रतिष्पर्धा
२०७४ साल वैशाख ३१ ग्ते सम्पन्न भएको स्थाननिय तहको निर्वाचनमा ७ वटा गाउँपालिका मध्ये ५ वटा गाउँपालिकाको निर्वाचन बिजयी भएको नेकपाको जिल्ला नेतृत्वको लागि पुर्व नेकपा माओवादी केन्द्रका संयोजक लालकेश जैशी र पुर्व केन्द्रि महाधिवेशन आयोजक समिति सदस्य डा. दिपेन्द्र रोकाया आकांक्षि देखिएका छन् ।
मंसीर १० प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रष्ट दुई धारमा विभक्त भएको पुर्व माओवादीको संस्थापन मानिएको जिल्ला इन्चार्ज छिमिदोर्जे लामा नेतृत्वको टिमको समर्थनमा डा. दिपेन्द्र रोकाया र पुर्व माओवादी पोलिटव्यूरो सदस्य समेत रहेका प्रतिनिधी सभा सदस्य छक्कबहादुर लामा नेतृत्वको टिमको समर्थनमा जिल्ला संयोजक लालकेश जैशी नेकपाको जिल्ला नेतृत्वको फाइनल दौडमा छन् ।
जिल्लाको सहमतिय नेतृत्व छनोटका लागि पटक पटक बसेका बैठक र छलफलले मसर्त रुप लिन नसकेपछि पुर्व माओवादीको मंसीर १० विभाजित टिम बिचके दुरी एमाले माओवादीको एकिकरण पछि बनेको नेकपाको जिल्ला नेतृत्व छनोटमा समेत थप बढेको विष्लेषकहरुले बताउने गरेका छन् ।
मंसीर १० मा सम्पन्न भएको प्रदेश सभाका हुम्ला ’क’ को उम्मेरदारी दर्ताकै दिन प्रदेश सभा सदस्यको टिकट खोसाई पाएका भनिएका तत्कालिन जिल्ला संयोजक लालकेश जैशीलाई पार्टी हेडक्वाटरले जिल्ला नेतृत्वको आश्वासन दिएको र राजनीतिक इमानदारीता देखाउनु पर्ने भन्दै छक्कबहादुर लामा सम्मीलित पक्षले जसरी पनि जैशीलाई नै यस पटक नेकपाको नेतृत्व दिनु पर्ने दावी गरेको छ । उता प्रतिनिधि सभामा एमाले र माओवादीको चुनावी तालमेल अनुशार आधिकारिक टिक पाएरपनि आन्तरिक गठबन्धनकै कारण निर्वाचनमा नराम्ररी पराजय भोगेपछि निकै रिस्सीएका तत्कालिन माओवादी जिल्ला इन्चार्ज छिमिजोर्दे लामाले पार्टीको हितका लागि भन्दै हुम्लामा रोकायाले नेतृत्व पाउनु पर्ने दावी छ ।
मंसीरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा आधिकारिक उम्मेरदवार छिमिदोर्जे लामालाई छोडेर स्वतन्त्र उम्मेरदवार छक्कबहादुर लामालाई सहयोग गरेका जिल्ला नेतृत्वका दुवै आकांक्षीले पुर्व माओवादीका जिल्ला नेताहरुले केही दिन अघि राजधानी काठमाण्डौको चक्रपथमा गरेको छलफलमा सहमती नजुटेपछि धार फरक बनाएको एक माओवादी नेताले भने ।
नेतृत्व पाउन आ–आफ्नै तर्क
पछिल्लो समय गुट र विवादको चरमउत्कर्षमा पुगेको माओवादीका जिल्ला नेताहरु बिच संवाद हिनताकै अवस्थामा पुगेको अवस्थामा परक र कम विवादित व्यक्तीलाई नेतृत्व दिएपछि मात्रै माओवादी र एमाले बिचको विवाद समाधान भएर नवगठित नेकपा बलियो हुने तर्क सहित डा. रोकायालाई अध्यक्षको प्रस्ताव गरेको तर्क लिमि लामा पक्षले नेताहरु समक्ष प्रस्तुत गरेको छ । काठमाडौंमा कर्णाली प्रदेशको कार्यदलका नेतासँगको छलफलमा नेता छिमिदोर्जे लामा आशाकरले राजनीतिक वृतमा देखिएका हुम्लाका नेताहरुबाट जिल्लाको विवाद समाधान हुन नसक्ने भएकाले आफूले कम विवादित डा. रोकायालाई सिफारिस गरेको भन्दै रोकायाले नेतृत्व लिए पुर्व एमाले र माओवादी दुवै पार्ठीतर्फका नेताहरुलाई एकठाउँमा ल्याउन सहज हुने कुरा दर्साएको छलफलमा सहभागि एक नेताले नेपालबोटसँग भने । उनका अनुशार रोकायको पक्षमा जिल्लाका बहुमत नेताहरुको सहमती देखिन्छ ।
तर नेतृत्वको छलफल शुरु हुनु भन्दा अघि नै देखि आफूले नेकपाको नेतृत्व पाउनु पर्ने दावी गरेको साँसद छक्कबहादुर लामा नेतृत्वको टोलीलिे जिल्लाको जनमत आफूसँग भएको दावी गर्दै पार्टीले पटक पटक अन्यायमा पारेका जैशीलाई नेतृत्व दिन सुझाव दिएको छ । आफुले जिल्लाको जनमत र पार्टीको हितमा नेतृत्वको दावी गर्दै कार्यदलसँगको छलफलमा नेतृत्व जैशीलाई दिन औपचारिक सिफारिस पत्र बुझाएको छ । पार्टीको औपाचारिक बैठकले सहमतीय नाम पठाउने प्रयासमा आफू भएको बताएको यो पक्षले जिल्ल ाइन्चाज आशाकरको पक्षले एकलौटी सिफारिस पठाएपछि बाध्य भएर आफूले छलफलमा भएका नामावली पेश गरेको बताएको छ । पुर्व माओवादीका जिल्ला संयोजक समेत रहेका अध्यक्ष पदमा आकांक्षी लालकेश जैशीका अनुशार जिल्ला पार्टीको सहमती गर्न बैठक बस्दाबस्दै जिल्ला इनचार्जले एकलौटी रुरुपमा सिफािरस गरेर प्रदेशको कार्यदललाई रोकायाको सिफारिस गरेपछि सहमती भाँडिएको हो ।
पार्टीले योगदानको कदर गरे आफूमा कुनै विवदा हुन नपर्ने बताएका जैशीले नेपालबोट डटकमसँग भने “पार्टीलाई जब संकट पर्छ तब तब धेरै ठूलो त्याग गरेको छु । यो पटक त्याग गर्ने त्यस्तो कुनै आधार छैन् ।” माओवादी र एमालेका सबै नेता देखि कार्यकर्ता सम्म आप्mनो सम्बन्ध निकै राम्रो भएको दावी गरेको जैशीले कार्यदलका सदस्य जर्नाधन शर्मा प्रभाकरसँगको बैठकमा डा. रोकायालाई राजनीतिक नियुक्ती गर्ने सहमती समेत भएको दावी गरे ।
उता अध्यक्षका अर्का आकांक्षी डा. दिपेन्द्र रोकायाले जनयुद्ध शुरु भएदेखि आफूले माओवादीमा युद्धकालिन होस वा शान्तिपूर्ण अवस्थामा किन नहोस् राम्रो योगदान गरेको भन्दै जिल्लामा फर्केर काम गर्ने वातावरण चाहेको बताए । आफू जिल्लाका माओवादी होस वा एमालेका होस् सबैसँग कम विवादित रहेको दावी गरेका ेरोकायले भने “नेकपालाई एकिकृत रुपमा लिनका लागि म मात्रै साझा व्यक्ती हुँ ।” हुम्लावासी जनताका आकांक्षालाई पुरा गर्न बौद्धीक र दुरदर्शी नेतृत्वको खाँचो रहेका बताउने रोकायाले त्यसको पूर्तिका लागि आफू आकांक्षी भएको खुलासा गरे ।
जैशीका अध्यक्ष बन्ने चार आधार
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को हुम्ला अध्यक्ष बन्न अन्तिम दौडमा रहेका लालकेश जैशीका बलिया आधार रहेको उनी निकटस्थले बताएका छन् ।
पहिलो आधार उनी जनयुद्ध कालदेखि निरन्तर राजनीतिक क्षेत्रमा सक्रिय छन् । २०५८ सालपछि भुमिगत भएका जैशी गाउँ कमिटी, यरिया, जिल्ला हुँदै केन्द्रसम्म पहुँच बिस्तार गरेकाले राजनीतिक कार्यकर्ता र नेताहरुले समेत पूर्णकालिन कायकर्ताका रुपमा चिन्ने भएकाले उनलाई अध्यक्ष बन्न सहजता पैदा गर्ने बताइन्छ ।
दोस्रो कारणका रुपमा जैशीले पुर्व माओवादीलाई साँगठनिक रुपमा समेत गुन लागाएको उनी निकट नेताहरुको तर्क छ ।दशवर्षे जनयुद्ध बाट सँसदिय राजनीतिमा आएपछि विभिन्न समुहमा विभाजित भएको माओवादीको संस्थापन पक्षलाई हुम्लामा बचाइराख्न उनले निकै ठूलो पहल गरेको ठान्नेहरुका कारण पनि उनलाई अध्यक्षको पदका लागि सहज बनाएको देखिन्छ । माउ पार्टी माओवदीबाट बैद्य समुह विभाजित हुँदा हुम्लामा संस्थापन पक्षले निकै ठूलो क्षती बेहोर्नु प¥यो । तत्कालिन केन्द्रिय सदस्य समेत रहेका पुर्व साँसद कर्णजित बुढाथोकी नेतृत्वको ठूलो समुह बैदमा गएकावेला संस्थापन पक्ष सुन्य जस्तै देखिन थालेपछि धेरै नेताहरुलाई केन्द्रका नेतासँग समन्वय गरेर संस्थापन पक्षमै बस्ने वातारण बनाउकाले पनि यो पटक उनलाई प्रोत्साहन स्वरुप अध्यक्ष पद दिन एकथरी कार्यकर्ताले नेतृत्वलाई दवावद दिने गरेका छन् ।
तोस्रो कारण उनले ०७४ मंसीरमा प्रदेश सभाको टिकट खोसाइ पाएका थिए । प्रदेश तथा संघिय निर्वाचनमा तत्कालिन एमाले र माओवादी बिच चुनावी तालमेल गर्ने निर्णय पश्चात हुम्लाका तिनवटै निर्वाचन क्षेत्र पाएको माओवादीका तर्फबाट प्रदेश निर्वाचष् क्षेत्र क को टिकट पाएर मंसीर ५ गते मनोनयन दर्ता गरेको मसी सुक्न नपाउँदै पार्टी केन्द्रले उनको टिकट खोसेर तत्कालिन एमाले जिल्ला अध्यक्ष दल रावललाई दिएको थियो । प्रतिनिधि सभाका उम्मेरदार छिमिदोर्जे लामा आशाकर रपार्टी केन्द्को आग्रहमा जैशीले टिकट खोसिदा समेत केन्द्रिय निर्णलाई शिरोपर गरेको भन्दै यसपटक अध्यक्ष जैशीलाई बनाउने दवाव बढेको छ ।
चौथो आधार कर्णाली प्रदेशको समायोजन कार्यदलका नेता जर्नाधन शर्मा प्रभाकरको बलियो साथ । अध्यक्षका प्रत्यासी जैशी शर्माका क¤र पक्षधर नेताका रुपमा चिनिन्छन् । उनलाई मंसीर १० निर्वाचन देखि जिल्लाको नेतृत्व दिन प्रभाकर सकरात्मक भएका थिए । जिल्लाको नेतृत्व पुर्व माओवादीलाई पर्ने निश्चित भएदेखि सदल्लाह गरेर आप्mनो नाम जसरीपनि सिफरिस गर्न जैशीलाई आश्वासन दिएका भनिएका प्रभाकर कर्णाली प्रदेश मात्रै नभएर नेकपाको हेडक्वाटरलाई समेत राम्रै प्रभाव पार्न सक्ने भएकाले पनि जैशीको पोल्टामा जिल्लाको नेतृत्व पर्ने आश गर्ने धेरै छन् ।
रोकायाका पनि चारै आधार
जिल्लाको आन्तरिक तथा बाह्या राजनीतिमा कम विवादित भनिएका डा. दिपेन्द्र रोकायालाई नेकपाको हुम्ला अध्यक्ष बन्ने तीन आधारले साथ दिएको देखिन्छ ।
पार्टीमा कम विवादित छवीलाई रोकायाको पहलिो आधारमा रुपमा लिइएको छ । जनयुद्ध कालदेखि नै पत्रकारिता र राजनीतिलाई सँग लिएका रोकाया चर्चामा आएका पुर्व माओवादी र एमालेभित्रका नाम मध्ये कम विवादित नामका रुपमा चिन्नेहरु पनि छन् । दुवै पार्टी बिच संवाद हिनताको अवस्था आएका वेला दुवैपार्टीका नेता तथा कार्यकर्तालाई मिलाएर लैजानका लागि रोकायाको नाम प्रस्ताव गरिएकाले उनलाई अध्यक्षको पल्लाभारी हुने देखिन्छ ।
दोस्रो आधार रोकायाको बौद्धीकता नै हो । राजनीतिक क्षेत्रमा विद्याबारिधी गर्ने हुम्लाका पहिलो व्यक्ती रोकायाले पार्टीको नेतृत्व गरे हुम्लाले केही नयाँ पाइला चाल्न सक्ने भन्दै रोकायालाई अध्यक्षमा सर्मथन गर्नेको संख्यामा कमी देखिदैन् । जनयुद्धमा हुमीए देखिनै अध्ययन र संगठनलाई सँगसँगै अघि बढाएका रोकायाले आप्mनो औपचारिक अध्ययनलाई विद्यावारिधीसम्म पुगाएकाले पनि जिल्लाको नेतृत्व कुसलतापुर्वक गर्न सक्ने भन्दै नेतृत्वको दावेदार बनाइएको छ ।
तेस्रो आधार पुर्व मओवादीलाई सुसिलको अभाव खट्कीन नदिन पनि हो । नेकपाको जिम्मेवारी विभाजन प्रति असन्तुष्ट बनेका माओवादी सचिवालय सदस्य कर्णजित बुढाथोकीले एकिकृत मोआवादी भन्दै अर्को पार्टीमा बसेपछि जिल्लाको मध्ये भेग र समग्र हुम्लामै उनको स¤ामा नेता स्थापित गर्न रोकायालाई सुनौलो अवसर छ । २०६४ को संविधानसभा निर्वाचनमा भारी मतले निर्वाचित बुढाथोकीलाई जनस्तरमा स्थापित नेताका रुपमा पनि लिने भएकाले त्यो क्षेत्रका मतदाता नभुड्कुन भन्दै रोकायाले राजनीतिक हिसाबले अघि बढाउन केन्द्रिय नेतृत्वलाई चर्को दबाव छ । त्यसले पनि उनलाई अध्यक्षमा आसिन हुने बलियो आधार देखिन्छ ।
चौथो आधार रोकायालाई गृहमन्त्री रामबहादुर थापा बादलको साथ हो । बैद्य माओवादी फुटेपछि सँगै गएका रोकाया रामहादुर थापा बादल नेतृत्वको टिम माओवादीमा एकिकृत भएपछि सँगै एकिकृत भएका हुन । जनयुद्धमा पत्रकारिता क्षेत्रका हस्तका रुपमा आप्नो पहिचान बनाएका रोकाय कुनै वेला माओवादी अध्यक्ष प्रचण्ड र वावुरामका आलोचक समेत मानिन्थे । रामबहादुर थापा बादल र पम्फा भुषलसँग निकै राम्रो समबन्ध भएका रोकायाको केन्द्रमा वादल र पम्फाले लविङ गरेपछि हुम्लाको अध्यक्षको बाजी मार्ने आश गरिएको छ ।