असोज ११, सिमकोट । तिन महिना देखि हराइरहेको चंखेली गाउँपालिका २ दार्मा गर्खाका १४ वर्षिय शैलेन्द्र शाहीको कंकाल भेटिएको छ ।
गएको साउन १ गते स्थानीय धुम्माधारा र्खकबाट दुध र दही लिएर घर फर्कने क्रममा बिच बाटोबाट अचानक वालक शाही हराएका थिए । मुख्य चार्डका रुपमा स्थानीयले मनाउने साउने संक्रान्तिको अवसर पारी घरपरिवारलाई दुध र दही ल्याउनेक्रममा ताँमेखोलाबाट हराएको मृत्यक वालकका आफन्त तिलक शाहीले जानकारी दिए ।
साउने संक्रान्तिको दिन घर नआएपछि वालक शाहीको निकै खोजि भएको थियो । खर्कदेखि गाउँसम्मका सबै बाटो र वस्तीमा हराएका वालक शाहीको खोजिमा परिवार र स्थानीयप्रशासनले लामो समय खर्चेको बताएका वाललका वुव जनके शाहीले नेपालबोडसँग निकै भावुक मुद्रामा भने “तीन महिनापछि छोराको कंकाल प देख्नु प¥यो ।”
खर्कबाट दुध र दहीको ठेकी सहित घर आउँदै गरेको समयमा छेडेदहबाट आउने खोला र ताँमे दह बाट आउने खोलाको दोभनको वनमा वालकको कंकाल जस्तो देखेपछि नजिकै जाँदा शैलेन्द्रकै भएको स्थानीय रतन शाहीले बताए ।
कंकाल भेटिएको स्थानमा घरका आफन्त र गाउँका सबै गरेर हेर्दा पहिचान भएको बताएका शाहीका अनुशार वालकका आफन्तले स्थानीय संस्कार अनुशार दाससंस्कार गरिएको जानकारी दिए ।
कंकाल भेटिएपछि कसैलाई खबर नगरेका आफन्तले वालकको मृत्यु कसरी भयो भन्ने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । यसबारेमा स्थानीय पैहरी प्शासनले समेत अनविज्ञता प्रकट गरेको छ ।घटनाका बारेमा स्थानीय प्रहरी चौकीबाट आफूलार्य कुनै जानकारी नआएको बताएका जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमूख इनिष्पेक्टर ज्ञहेन्द्र बोगटीले तत्काले पिप्लाङ्ग र दार्मा प्रहरी चौकीलाई खबर गर्ने बताए ।
हुम्लाको जिल्ला सदरमुकाम सिमकोटदेखि घटनास्थल ६० कोष टाढा रहेकोले पनि जानकारी छिटै आउन नसकेको बताएका बोगटीले त्यस्तो कंकाललाई प्रहरी मुचुल्का गर्नु पर्ने बताए ।
उता वालकका आफन्तले भने वालक शाहीलाई भुतले खाएकोले मृत भेटिएको हुनसक्ने आशंका गरेका छन् ।
कंकाल भेटिएका वालक शाही स्थानीय वालज्योती आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत रहेको विद्यालय स्रोतले जनाएको छ ।