सिमकोट । बिहिबारबाट शुरु हुने एसइई परिक्षा दिन सदरमुकाम सिमकोट पुगेका विद्यार्थी निराश भएर घर फिर्ता हुन थालेका छन् ।
कोरोना भाइरसको डरले बुधबार सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गर्ने निर्ण गरेपछि दुर्गम गाउँबाट परिक्षा केन्द्रमा पुगेका परिक्षार्थी निराश भएर घर फर्केका हुन् । खार्पुनाथ गाउँपालिका सदरमुकाम सिमकोटमा परिक्षा दिन पुगेका मानधारा माध्यमिक विद्यालयका छात्रा प्रतिक्षा शाही भनिन् एसइई स्थगित भएपछि हामी निराश भएर फर्किनु परेको छ ।
‘परिक्षा दिने भनेर बुढा आमाबुवाले खाना खर्च र बस्नेबासको व्यवस्था सहित केही पैशाको जोहो गरेर जिल्ला सदरमुकाम सिमकोटमा भएको परिक्षा केन्द्र पठाए ।’ उनने भनिन, ‘तर परिक्षा केन्द्र पुगेको बेला अचानक एसइई परिक्षा स्थगित भएको खबर सुनेपछि वर्षभरी बचाएर राखेको खर्च खेर गएको र अर्को पटकको परिक्षामा कताबाट खर्चको जोहो गर्ने भन्ने कुराले पिरोलेको छ ।’
सदरमुकाम सिमकोटमा रहेका दुईवटा परिक्षा केन्द्रमा जिल्लाको उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका विद्यार्थी परिक्षा दिनका लागि जम्मा भएका थिए । सरकारले परिक्षा स्थगित गरेपछि सबै विद्यालयबाट परिक्षा केन्द्रमा केन्द्रित भएका परिक्षार्थी अहिले बिस्तारै घर फर्किन लगोका छन् । नाम्खा गाउँपालिकाको याल्वाङ्गबाट सिमकोट पुग्न एक दिनको पैदल हिडेर परिक्षा दिन सिमकोट पुग्नु पर्ने अवस्था परिक्षार्थीलाई छ ।
यस्तै खार्पुनाथ गाउँपालिकाको खर्पेगाउँबाट परिक्षा दिन परिक्षार्थीहरुले तीन घण्टाको पैदल हिडेर सिमकोट पुग्नु पर्ने बाध्यता रहेको छ । मान्धार माध्यमिक विद्यालयबाट परिक्षा दिने अनिता शाही भनिन् गाउँबाट परिक्षा दिने भनि सबै तयारी गरेर ३ घण्टाको पैदल हिडेर सिमकोट पुगेर बास खोजेर बस्दै आएका थियौ तर परिक्षा स्थगितको खबर नरमाईलो लागेको छ । परिक्षा शाहीले भनिन्, ‘हामीलाई कोरोनाको डर पनि उतिक्कै छ र पति एसइई तोकिएको समयमा नै भएको झनै राम्रो लाग्ने बताइन ।’ उनका अनुसार आमा बुवाले पैशा जोहो गरेर परिक्षा दिन भनि केही खर्च जुटाएर परिक्षा केन्द्र पठाए तर परिक्षा स्थगित भयो । यसले गर्दा आमाबुवाले फेरी सदरमुकाम परिक्षा दिन पठाउनको लागी बास बस्न, खर्चको जोहो कसरी गर्छन होला भन्ने चिन्ता लागेको बताईन् । उनले सुनाईन् सिमकोटमा उतिकै महंगो छ वर्षभरी एसइई दिनका लागी गरेको मेहनत त्यसै खेर जान्छ कि भन्ने लागेको छ ।
बुधबार साँझ परिक्षा स्थगित भएको खबर पाए सँगै आज विहानबाट परिक्षार्थीहरुले सदरमुकाम सिमकोट छाड्न थालेका छन् । सदरमुकाम सिमकोट दुईवटा परिक्षा केन्द्र रहेका छन् भने तीनवटा गाउँपालिकाका विद्यार्थी यि दुईवटा परिक्षा केन्द्रमा परिक्षा दिदै आएका छन् । तर परिक्षा स्थगित भएपछि विद्यार्थी निराश भएका छन् भने कोही भने वर्ष दिनको लगानी खेर जाने भयो भनेर रुदैं फिर्ता हुन थालेको मानसरोवर मावि परिक्षा केन्द्र अमरबहादुर शाहीले बताए ।
यस्तै सिमकोट गाउँपालिका वडा दुईबाट एसइई परिक्षा दिन सिमकोट पुगेका सरिता बोहरा भने एसइई स्थगित हुँदा मनमा पिरलो लिएर घर फिर्ता भएको बताईन् । एसइई परिक्षा भएपछि विकट जिल्ला हुम्ला, डोल्पा, मुगु, कालिकोटका परिक्षार्थी बढी मारमा परेका छन् ।