सिमकोट । उत्तर–दक्षिण राजमार्गको सिमकोट–खार्पु खण्डले आफ्नो गाउँलाई नछोएर ठूलो मात्राको जग्गा मिचेर उठीवास गर्ने भन्दै सिमकोट गाउँपालिका–५ का तीन सय १३ घरधुरीले सडक निर्माण कार्यप्रति अवरोध गरेका छन् ।
विहिबार सिमकोट–५ का अध्यक्ष सहित स्थानीय अगुवा र सर्वधारण सम्बन्धित सडक निर्माण भईरहेको क्षेत्र ठ्याले चौरमा पुगेर निर्माण कार्यमा रोक लगाएका छन् ।
‘सडकका नाममा जग्गा जमिन हाम्रो गएको यसको फाइदा अन्य व्यक्ति र निकायले लिएका छन्’ ‘स्थानीय गोरा रावतले भने, ‘हामीलार्य उठीवास बनाएर निर्माण भएरपनि हाम्रै वस्तीलाई नछुने सडक हाम्रो लागि उपयुक्त नदेखेर हामीले यसको बिरोध गरेका हौं ।’
सकड निर्माण र रेखांकनप्रति असन्तुष्ठ जनाएका स्थानीयले निर्माण भईरहेको सडकलाई अगाडी बढ्न नदिने हेतुले धेरबार गरेका छन् । वडाका हरे घरका एकएक जना सदस्य निर्माण क्षेत्रमा पुगेर पर्खाल लगाई त्यसमा सडक निर्माण कार्य अघिबढ्न नदिने व्यानर टासी खबरदारी गरेका छन् । आफूहरू विकास विरोधी नभएपनि उर्वरा भूमि नाश भएर त्यसको फाइदा अन्य तत्वले लिएका कारण बिरोध गार्नु परेको स्थानीय डबल रावत बताए । ‘कर्णाली करिडोर अन्तरगत भएपनि सडक निर्माण आफुहरुको खेतीयोग्य जमिन मासिदैन ।’ उनले भने, ‘सडक विभागले मनोमानि ढंगले सडक निर्माण गर्दा हामीहरुको रोजिरोटी खोसिन लागेकाले सडक निर्माणमा विरोध गर्ने काम भएको हो ।’
स्थानीय कैलाश रोकायाका अनुसार सडक विभागले सम्बन्धित व्यक्ति सँग सहमति र सहकार्य नगरी अन्यत्रैसँग समन्वय गरी अगाडी बढेका कारण स्थानीयले विरोध गरेको बताए । खार्पु–सिमकोट सडक निर्माण हुनु हाम्रो लागी राम्रो कुरा हो । तर हाम्रो जग्गा जनिम क्षेति भएको छ भने सडक हाम्रो पाएक पर्ने ठाउँमा हुनु र्पछ ।
उता हिल्सा–सिमकोट सडक खण्डका प्रमुख शशांक मिश्र भने सडकको डिपिआर भएको निर्माण कार्य पनि धेरै अगाडी बढेको तर यहाँका स्थानीयले अरुको उचालेको भरमा बिरोध गरेको बताए । सडक निर्माण गर्दा जग्गा क्षेति नहुने गरी यनिर्माण गर्न लागिएको त्यहि पनि स्थानीयले विरोध गरेका छन् । अव स्थानीय सँग सहमतिका लागी चाडै छलफल गरे निर्माण कार्य अगाडी बढाउने प्रमुख मिश्रको दावी छ ।
प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईका अनुसार कर्णाली करिडोरको गौरवको आयोजनालाई नेपाल सरकारले मुल्याकन गरेर सडकको डिपिआर गरे अनुसार सडक निर्माण भएको छ । सडक निर्माण गर्दा जग्गा जग्गामा क्षेति नभएर विकास हुन नसक्ने तर्क अिधकारी भट्टराइक्ँे छ । ‘हामी सरकारको नियम अनुसार काम अगाडी बढाउनतर्फ लाग्छौ’ उनले भनिन्, ‘विकासको बाधक यहाँका स्थानीय नहुनु पर्ने ।’ आफ्नै कार्यकक्षमा दुई पटक स्थानीय सँग सहमतिका छलफल गरिएको बताएकी उनले यसबारेमा कुनै निश्कर्ष निस्कन सकेनका जानकारी दिइन ।
वडा भित्ररहेका नागरीकहरुको ९५ प्रतिशत जग्गा नोक्सान हुने बताएका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण बोहराले स्थानीयको जग्गा गएर क्षेतिपूर्ति नमागेर आफुहरुलाई पायक पर्ने स्थानबाट सडक लिनुपर्ने माग गर्दै बिरोध गरेको बताए ।
हिल्सा–सिमकोट सडक खण्ड र ठेकेदारले आफू खुसि सडक निर्माण गरेको भन्दै बिरोध जनाएका छन् । असार मसान्त सम्म विस्तार गरिसक्ने गरी कर्णाली करिडोर अन्तरगर्तको खार्पु–सिमकोटको साढे १२ किलोमिटर सडक कबेन्द्र माउण्टेन जेभि कन्ट्रक्सले लिएको छ ।