नयाँ नयाँ रोगलाई उत्पति गर्ने वातावरण हुँदै पान्डेमिकसम्मको अवस्था सिर्जना हुनुमा पनि यसलाई कारक मान्न सकिन्छ। विभिन्न कालखण्डमा विश्वमा त्यस्ता पान्डेमिकहरु फैलिए जसले अन्तत: विश्वलाई नै परास्त गर्यो। तीमध्ये केही यस्ता छन्:
१. जस्टिनियनको प्लेग (प्लेग अफ जस्टिनियन)
विश्वको इतिहासमा सबैभन्दा घातक तीन वटा पान्डेमिक एउटै व्याक्टेरियमका कारण भएका छन्। 'येरसिनिया पेस्टिस्' एउटा त्यस्तो घातक संक्रमण जसलाई प्लेग भनेर पनि चिनिन्छ। प्लेग अफ जस्टिनियन विजान्टिन साम्राज्यको राजधानी कोनस्टानटिनोपलबाट ५४१ सिइ (क्राइस्ट इरा) बाट सुरु भएको हो। यो मेरिडियन समुन्द्रदेखि इजिप्टसम्म पुग्यो।
कोन्स्टानटिनोपलबाट सुरु भएको यो महामारी डढेलो झै युरोप, एसिया, उत्तरी अफ्रिका र अरबसम्म पुग्यो। जुन संक्रमण ३ करोड देखि पाँच करोडसम्म मानिसको मृत्युको कारण बन्यो। सम्भवत त्यतिवेला यो विश्वको जनसंख्याको आधा थियो। मानिसहरुलाई यो थाहा थिएन की कसरी यो संक्रमणसँग लड्ने?
डेपल पुनिभर्सिटीका प्रध्यापक थोमस मोकइटिसले भनेका छन्, 'मानिसहरुलाई थाहा थिएन की यस रोगबाट कसरी लड्ने। त्यसैले उनीहरुले संक्रमित व्यक्तिबाट आफैलाई टाढा राखे। यो एउटा अनुमान मात्र हो की पाण्डेमिकबाट धेरै मानिस बाँचे। जो बाँचे उनीहरुसँग प्रतिरक्षा शक्ति थियो।'
२. ब्ल्याक डेथ- क्वारेन्टाइनको सुरुवात
प्लेग पूर्ण रुपमा सकिएको थिएनन्। यो फेरि ८०० वर्षपछि फर्कियो। ब्ल्याक डेथको रुपमा युरोपलाई थला पार्यो। १३४७ बाट फैलिएको यसको संक्रमण चार वर्षमा २० करोड बढीको मृत्युको कारण भयो। यसको नियन्त्रणका लागि अझै मानिसहरुसँग वैज्ञानिक उपाय पत्ता लागि सकेको थिएन। मोकइटिस भन्छन्, 'तर उनीहरुले तत्तकालका लागि केही उपाय अपनाए। त्यतिबेला उनीहरुले संक्रमितलाई आइसोलेसनमा राख्ने निर्णय लिए।'
त्यतिबेला भेनेटियन नियन्त्रित पोर्टमा नयाँ आउने यात्रीलाई आइसोलेसनमा राखेर बिरामी नभएको प्रमाण भएपछि मात्र प्रवेश दिइएको थियो। पहिलोपटक पोर्टमा पुगेका यात्रुलाई जहाजमै ३० दिनसम्म राखिएको थियो। पछि यो त्यहाँको कानून नै बन्यो। पछि भेनेटियनले यसलाई ४० दिनको अत्यावश्यक आइसोलेसन सहितको 'क्वारेन्टिनो' को व्यवस्था गर्यो। जुन पछि पश्चिमा मुलुकमा क्वारेन्टाइनको रुपमा लिन थालियो।
यसले आफ्नो प्रभाव देखाउन थाल्यो।
३. लण्डनको ग्रेट प्लेग
लण्डनले ब्ल्याक डेथपछि महामारीको संक्रमण देखेको थिएन। १३४८ खि १६६४ सम्म ३०० वर्ष हरेक २० वर्षको अन्तरालमा यसको संक्रमण देखा परिरह्यो। र, हरेक प्लगे बेलायतको राजधानीका २० प्रतिशत जनसंखयाको मृत्युको कारण बन्यो।
१५०० को वर्षमा इङल्याण्डले आइसोलेसन सम्बन्धी छुट्टै कानून लागू गर्यो। यस कानून अनुसार कुनै पनि घरमा प्लेगका बिरामी भए घर अगाडि सार्वजनिक रुपमा देखिने गरी सेतो पोल ठडाउनुपर्ने भयो। बिरालो र कुकुरबाट सरेको विश्वास गरिएको प्लेगको संक्रमण रोक्न लाखौँ जनावरहरुको सामूहिक हत्या भयो। १६६५ को ग्रेट प्लेग अन्तिम तथा शताब्दीकै सबैभन्दा खराब संक्रमण थियो। सात महिनामा यसले एक लाख लण्डनबासीको मृत्यु भयो। यसका कारण सबै सार्वजनिक स्थलहरु बन्द भए। संक्रमितहरु घरमै बन्द गरिए। उनीहरुको घर अगाडि रेडक्रस पेन्ट गरियो र लेखियो, ‘भगवानले हामीलाई क्षमा गरुन्।’
संक्रमितहरुलाई घरमै बन्द गराउनु र मृतकहरुको सामुूहिक दहन गरिनु नै अन्तिम ग्रेट प्लेगको अन्त्य थियो।
४. स्मल पक्स (विफर)
पान्डेमिकको रुपमा संसारलाई आक्रान्त पारेको अर्को संक्रमण हो स्मलपक्स (विफर)। यसले युरोप, एसिया र अरब मुलुकहरुमा महामारीको रुप लियो। यसले १० मा तीन जनाको ज्यान लियो। १५ औं शताब्दीमा युरोपबाट सुरु भएको यो संक्रमण। आजको मेक्सिको र अमेरिकाका आदिवासी जनजातिमा यसको संक्रमणविरुद्ध लड्ने रोगप्रतिरोधी क्षमता थिएन। लाखौँ मानिसहरुले यसबाट ज्यान गुमाए। अमेरिका र मेक्सिकोमा यसले कतिको मृत्यु भयो भन्ने यकिन छैन। ११ मिलियन जनसंख्या भएको मेक्सिको १ मिलियनमा झरेको इतिहासकार मोक्काटिसले भनेका छन्।
विफर भ्याक्सिन समाप्त हुने संक्रमणको रुपमा स्थापित भयो। १८ औं शताब्दीको अन्त्यतिर बेलायती चिकित्सक एडवार्ड जेनेरले काउफक्सको पत्ता लगाए। जुन स्मल फक्सको जस्तै थियो। यसको संक्रमण अन्त्य हुन लगभग दुई सताब्दी लाग्यो। विश्व स्वास्थ संगठनले सन् १९८० मा विफर पृथ्विबाट पूर्ण रुपमा अन्त्य भएको घोषणा गर्यो।
५. हैजा (कोलेरा)
१९ औं शताब्दीको सुरुवातदेखि मध्यसम्ममा कोलेराले १० औं हजार मानिसको ज्यान लियो। यसले इङल्याण्डमा मात्र यति ठूलो संख्यामा मानिसको ज्यान लियो। मिमासा भनेर चिनिने हावाको एक रुपबाट फैलिएको वैज्ञानिकहरुले पत्ता लगाएका हुन्। तर चिकित्सक जोन स्नोले पानीको कारण लक्षण देखिएको यस संक्रमणले एक दिनमै मानिसको ज्यान लिने गरेको बताए।
यसलाई नियन्त्रण गर्ने सरसफाइ नै हो। विकसित देशहरुमा यसको संक्रमणको अन्त्य भए पनि अझै बेलाबेलामा तेस्रो विश्वका मुलुकहरुमा यसको संक्रमण देखिँदै आएको छ। यसले हजारौँको ज्यान लिइरहेको छ।
-हिस्ट्री डटकममा प्रकाशित सामग्रीको भावानुवाद