काठमाडौं । हुम्ला जिल्लाका अगुवाहरुले कोरोनाको संमक्रण फैलन नदिन सरकारले गरेको लकडाउनमा हुम्लालागयत कर्णालीका हिमाली जिल्लामा हुन सक्ने खाद्यन्न संकटप्रति सजग रहन आग्रह गरेका छन् ।
जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधी सभा सदस्य रंगमति शाहिले हुम्ला जिल्लामा केहिसमयदेखि खाद्यन्नको अभाव भएको तर सरकारले बोल्ने तर समस्या समाधान तिर नलागेको आरोप लगाएकी छन् । संवादडबलीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद शाहीले कोरोनाको विषयमा प्रधानमन्त्री र उनको सरकार प्रचारमा सिमित रहेको र जनताको वास्तविक समस्यामा नलागेको बताएकी छन् ।
हुम्ला जिल्लाको उत्तरी क्षेत्र पूर्णरुपले चीनको स्वशासित तिब्बतमा निर्भर रहने गरेको तर विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोनाले सीमा नाका बन्दको कारण त्यहाँ भोकमरी सुरु भएको बताइन् । शाहीले यस विषयमा निकै पहिले संसदको शुन्य समयमा बोलेर सरकारको ध्यानाकर्षण गरे पनि यसप्रति सरकार जिम्मेवार नबनेको भन्दै आक्रोश व्यक्त गरिन् । सांसद शाहीले गाँस,बास र कपास मौलिक अधिकारकारुपमा भएको र प्रधानमन्त्री केपि ओलीले “कोही भोकै भए हेलीकप्टरबाट गएर पनि खाना खुवाइन्छ” भन्ने प्रमको जवाफमा प्रश्न गरिन्, प्रधानमन्त्री ज्यु के मान्छै नै मरेपछि हुम्लामा खाद्यको ब्यवस्था गर्नु हुन्छ रु”
सो कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकीले पछिल्लो समयमा कोरोनाको प्रभाव विश्वभर फैलिँदै गएपनि नेपालमा नआउनु सुखद विषय रहे पनि सबै सतर्क रहनु पर्ने धारणा राखे । महासचिव बुढाथोकीले वर्तमान अवस्थामा नेपालमा कोरोनाको आतंक सँगसँगै चरम खाद्य संकटको सामना गर्नु पर्ने अवस्था आउन सक्नेप्रति चिन्ता व्यक्त गर्दै भने,“हुम्ला लगायतका हिमाली जिल्लामा अहिलेबाटै खाद्य संकट सुरु भैसकेको छ, तर सरकारको ध्यान जान सकेको छैन ।”
पत्रकार नवराज महताराले नेपालमा कोरोनाको असर पर्ने बित्तिकै सबैभन्दा ठूलो मार हुम्ला जिल्लालाई पर्ने हुँदा सरकारले यस विषयमा समयमै हल खोजिसक्नु पर्ने धारणा राखे । महताराले कोरोना तथा अत्यावश्यक विषयमा सरकारले स्थानिय तहदेखि केन्द्रसम्म र्यापिड रेस्पोन्स टिम खडा गर्नु पर्ने मा जोड दिँदै भने,“हामीले हुम्लाबाट भए पनि बेलैमा सम्भावित विपतसंग जुध्न एउटा याक्टिभ टिम खडा गरिसक्नुपर्छ, ताकी भविष्यमा हाम्रो सिको अरुले गरुन् ।”
त्यसैगरी मनोविद गोपाल ढकालले अहिले नेपाली बजारमा कोरोनाको त्रास भन्दा पनि कोरोनाको विषयमा टेकेर आफूलाई भाइरल बनाउन चाहाने विज्ञ र भिजिटर बढाएर पैसा कमाउन चाहाने केहि मिडियाको आतंक बढी भएको आरोप लगाए । मनोविद ढकालले कोरोना भाइरसले मुलत रोगप्रति रक्षाप्रणालीसँगै लड्ने र हाम्रो मनोबलसँग यसको नजिकको सम्बन्ध हुनेभएकोले आत्मिकरुपमा बलियो वातावरणको खाँचो भएको धारणा राख्दै भने,“अहिले केहि मानसिकरुपमा एकरुपता नभएका विज्ञहरुले समाजमा अनावश्यक अफवाह पैmलाईरहेका छन, तिनीहरुलाई त्यसको सकारात्मक या नकारात्मक असर के पर्छ राम्रोसंग हेक्का पुर्याउनु पर्छ ।”
आधार नेपालका प्रमुख प्रह्लाद ढकालले विगत आफ्नो संस्थाले नेपालको विकट हुम्ला लगायतका ठाउँमा वर्षौंदेखि काम गर्दै आएको र अहिले पनि त्यहाँ कोरोना विरुद्ध लड्ने वातावरणको लागि आफूहरुले सक्दो कार्य गर्दै आएको बताए । ढकालले हुम्लामा कोरोनाको प्रत्यक्ष प्रभाव नपर्दै खाद्य संकटको विकराल समस्या रहेको र त्यसलाई समाधान गर्न सरोकारवाला पक्ष बेलैमा जुर्मुराउनु पर्नेमा जोड दिए । उनले नेपालको हकमा कोरोना मुख्य संकट भए पनि हुम्लाको लागि खाद्य मुख्य संकट भएकोप्रति चिन्ता व्यक्त गरे ।