सिमकोट । भौगोलिक रूपमा नेपालकै ठूलो जिल्ला हुम्लामा प्रयप्त हेल्थ डेक्स नहुँदा जिल्ला बाहिरबाट आउने स्थानीय स्वास्थ्य परिक्षण् नगरेरै घर पुग्ने गरेका छन् ।
कोरोनाको संक्रमणको हल्लासँगै प्रदेश सरकार र स्थानीय तहको पहलमा केही समययता जिल्लाका दुईवटा स्थानमा मात्रै हेल्थ डेक्स स्थापना भएपछि जिल्लाका अन्य स्थानमामार्फत घर आउने स्थानप्य स्वास्थ्य परिक्षण् बिनै घर पुग्ने गरेका हुन ।
अहिले जिल्लाको सदरमुकाम सिमकोट विमानस्थल र नाम्खा गाउँपालिकाको याल्वाङ्गमा मात्रै हेल्थ डेस्क सञ्चालनमा छन । सिमकोट विमानस्थलमा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरूले हवाई मार्ग भएर जिल्ला बाहिर जाने यात्रु र जिल्ला भित्रिने यात्रुको मात्रै स्वास्थ्य परिक्षण गर्ने गरेका छन् । तर, कामको सिलसिलामा भारतबाट पैदल भएर घर फिर्ता भएका यात्रु भने स्वास्थ्य परिक्षण विनै जिल्ला भित्रिने गरेका छन् ।
भारत मात्रै नभएर सुर्खेत, नेपालगञ्ज, काठमाडौं लगायतका स्थानबाट स्थलमार्ग हुँदै हुम्ला आउने जिल्लाका स्थानीय वासिन्दा स्वास्थ्य परिक्षण नगरेरै आफ्नो घर जाने गरेको अदानचुली–१ का कालिबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार जिल्लाको सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिकाका अधिकांश नागरिक रोजगारी र अन्य कामको शिलशिलामा भारत पुग्ने गर्दछन् । पढाईको सिलशिलामा जिल्ला बाहिर रहेका जिल्लाको तल्लो क्षेत्रका नागरिक नेपागञ्ज, बाजुरा हुँदै आउन सहज हुनेभएनि स्थलमार्गबाट जिल्ला पुग्ने गरेका छन् ।
भारतमा पनि कोरोनाको डरले सताएपछि हुम्लाका नागरीक भारतबाट फिर्ता भएर कवाडी हुँदै जिल्ला भित्रिने गर्दछन् तर उनीको स्वास्थ्य अवस्थाका पत्ता लगाउने कुनै निकाय नभएको भर्खर भारतबाट घर फर्केका अदानचुली–१ का छक्कबहादुर महाताराले जानकारी दिए । ‘कोरोनाकै डरले हामी भारतबाट आयौ तर हाम्रै घरमा पुग्दा स्वास्थ्य परिक्षण गर्ने कुनै निकाय छैन ।’ उनले भने, ‘स्वास्थ्य परिक्षण नभएपछि सामान्इ ज्वरो आउँदै घरमा पुग्यौं ।’
सिमकोट विमानस्थमा रहेको हेल्थ हेस्क सञ्चालनमा आएसँगै दुबैतर्फका यात्रुलाई सहज भएको छ । हेल्थ हेस्क स्थापना भएर सञ्चालनमा आएसँगै जिल्ला भित्रिने ६ सय ८० यात्रु र जिल्ला बाहिर जाने ३० यात्रु गरेर जम्मा ९ सय जनाको स्वास्थ्य परिक्षण गरिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।
सरकारले धेरै भिड हुने क्षेत्रमा सावधानी अपनाउन भनिरहेका बेला जिल्लामा भने सावधानी नअपाइएको पाईएको छ ।
कोरोना सम्बन्धि स्थानीय सरकार र प्रशासन अनविज्ञ
उच्च हिमाली जिल्ला हुम्लाका तीन गाउँपालिकाका चार क्षेत्र चीन सँग जोडिएका छन् । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका मुख्य रहेको भने छ अन्य तीन वटा सहायक नाकारूपमा चीनसँग जोडिदै आएका छन् । सोही गाउँपालिकाको मुचुले पनि चीनको सिमा छोएको छ भने सिमकोट गाउँपालिका वडा १ मा रहेको चुवाखोला नाका पनि चीन सँग जोडिनुको साथै मानिसहरूले वर्षाको सिजनमा आउजाउ गर्नुको साथै खाद्यययन्न ढुवानी गर्दै आएका छन । चिनीया च्याङ्गग्रा पनि ल्याउने गर्दछन् । यस्तै चंखेली गाउँपालिकामा रहेको टाके नाकाबाट मानिसहरू सजिलै चीन पुगेर लत्ता, कपडा, खाद्ययन्न ओर्साने गर्दछन् ।
चीनको हुवानबाट सुरूभएर विश्वभर फैलिएको कोरोना सम्बन्धि सचेतना फैलाउन जिल्लाका स्थानीय सरकार स्थानीय प्रशासन यो विषयमा मौन देखिएको छ ।
चीनसँग सिमा जोडिएको हुम्ला जिल्लाका स्थानीय सरकार, स्थानीय प्रशासन यो विषयमा मौन देखिएको छ । हिल्सा नाकामा बाक्लो हिउँ जमेका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट खटिएका स्वास्थ्यकर्मिको टोली हिल्सा पुग्न नसकि पालिको मुख्य केन्द्र याल्वाङ्गमा हेल्थ डेस्क स्थापना गरी सञ्चालनमा आएको छ ।
यस्तै सिमकोट गाउँपालिकाको चुवाखोला नाका, र चंखेलीको टाके नाकामा सम्बन्धित पालिकाले यो विषयमा कुनै चासो नदिएको सिमकोट गाउँपालिका वडा दुईका स्थानीय ख्यामे रावलले बताएका छन् । यो विषयलाई हुम्लाका एक गाउँपालिका मात्रै नभएर सातवटै गाउँपालिका र स्थानीय प्रशासन मौन देखिएको छ ।
उता प्रमुख जिल्ला अधिकारी विनिता भट्टराई भने आफु सिडियो भएपनि स्थानीय सरकारलाई निर्देशन दिने अधिकार नभएको भन्दै पछि पन्छिनुभएको छ । प्रजिअ भट्टराईले भनिन् जिल्ला विपत व्यवस्थापन समितीको बैठक बसेर जिल्लाका सातवटै गाउँपालिका प्रमुखलाई कोरोना सम्बन्धि पारदशी र जवाफदेशी भएर लाग्न पत्रचार गर्ने बताइन् ।