हस्त बुढा
जुम्ला । जुम्लामा कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट बच्न लगडाउन गर्दा जुुम्ला पनि सुनसान बनेको छ ।
आईतबार बसेको विपद व्यवस्थापन समिति जुम्लाको बैठकले चैत १० देखि १६ गतेसम्म जुम्लामा ‘लकडाउन’ गर्ने निर्णय गरेको थियो । भने, मंगलबार देखि सरकारलेनै देशभरी ‘लगडाउन’ को घोषणा गरेपछि यस्तो सुनसान भएको हो ।
विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना संक्रमण भित्रिन नदिन सरकारले शैक्षिक संस्था, अदालतलगायतका सबै सरकारी कार्यालय बन्द गरेपछि जुम्लाबाट मानिस आफ्नो घर फर्किने क्रम ह्वात्तै बढेको हो । सोमबार देखि जिल्ला प्रशासन र मंगलबार देखि सरकारलेनै देशभरी लगडाउन गरेपछि जुम्लामा चहल पहल ह्वात्तै घटेको हो ।
लामो तथा छोटो दुरीका सबै सवारी समेत ठप्प भएका छन् । जारी निषेधाज्ञामा औषधि उपचार, खाद्यन्न अपूर्ति र अत्यावश्यक काममाबाहेक बाहिर ननिस्कन आदेश गरिएको छ । भने, विहान ६ देखि ९ बजे र साँझ ४ देखि ६ बजे सम्म मात्रै अत्यावश्यक कामका लागि आवतजावत गर्न भनिएको छ । आगामी चैत १६ गते सम्म सम्पुर्णरुपमा घर बाहिर नआउनसमेत आग्रह गरिएको छ ।
सोमबारसम्म संचालनमा रहेका सम्पुर्ण होटल व्यवसाय, खुद्रा तथा डिलर सबै बन्द भएका छन् । विश्व व्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईस संक्रमणाको उच्च जोखिम नेपालमा भएकाले सरकारले उच्च सतर्कता अपनाउदै घरबाहिर नआउन निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् ।
उनका अनुसार बाहिर देशबाट आउने कोहि नागरिकहरुले स्वास्थ्य चेकजाँच नगरेको भए नजिकको हैलथ डेस्क तथा स्वास्थ्य चौकीमा गएर अनिवार्य स्वास्थ्य चेकजाँच गर्न आग्रह गरिन ।
करिब हप्ता सम्म लाइएको जनता कफ्र्यूमा कसैले लकडाउनमो अटेरी गरेको खण्डमा नियम अनुसार कारबाहि गरिने प्रशासनले सबैका जानकारी समेत दिएको छ । ‘लकडाउन भन्नाले जो जहा जस्तो अवस्थामा हुनुहुन्छ त्यहि आफ्नो ख्याल गरेर बस्नुहोस भनेको हो’ डिएसपी लाल बहादुर धामीले भने, ‘कोरोनाबाट त्रसित भन्दा पनि सजक भएर बसेमा सुरक्षित भईने उनको भनाई छ ।’
लगडाउन संगै जुम्लाका होटल रेष्टुरेष्ट, सरकारी तथा गैरसरकारी कार्यालय, यातायात, हवाई सेवा लगायत सबै ठप्प भएका छन् ।