काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वका १ सय ९६ देशमा १७ हजार पाँच सय सातको मृत्यु भएको छ । भाइरसको सङ्क्रमणको कारण मङ्गलबार साँझसम्म ज्यान गुमाउनेको संख्या यसरी बढेको हो ।
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंसारभरि तीन लाख ९५ हजार ९०७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
सङ्क्रमित व्यक्तिहरुमा १ लाख ३ हजार ९४० जना उपचारपछि घर फर्किएका छन् । तीन लाख ९५ हजार ९०७ जना व्यक्ति हाल सङ्क्रमित रहेका छन् ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।
कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २७७ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार १७१ जना सङ्क्रमित रहेका छन् । हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण ६ हजार ७७ व्यक्तिको मृत्यु भएको छ । हाल ६३ हजार ९२७ जना सङक्रमित रहेका छन् ।
इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ९३४ व्यक्तिको मृत्यु भएको छ । हाल २४ हजार ८११ जना सङक्रमित रहेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा २ हजार आठ सय व्यक्तिको मृत्यु भएको छ । हाल ३९ हजार ६७६ जना सङक्रमित रहेका छन् । जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण १३३ व्यक्तिको मृत्यु भएको छ । हाल ३१ हजार ३७० जना सङक्रमित रहेका छन् । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ५८८ व्यक्तिको मृत्यु भएको छ । हाल ४८ हजार ७७८ जना सङक्रमित भने, २९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।
फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ८६० जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १२० व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ४१० सङ्क्रमित भएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १२० व्यक्तिको मृत्यु भएको छ । आठ हजार ५४४ सङ्क्रमित भएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ३३५ व्यक्तिको मृत्यु भएको छ । छ हजार १८० सङ्क्रमित भएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण २१३ व्यक्तिको मृत्यु भएको छ । चार हजार ५३४ सङ्क्रमित भएका छन् ।
अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण २१ व्यक्तिको मृत्यु भएको छ । चार हजार ४४४ सङ्क्रमित भएका छन् । बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण ८८ व्यक्तिको मृत्यु भएको छ । तीन हजार २५४ सङ्क्रमित भएका छन् ।
नर्वेमा कोरोना भाइरस सङ्क्रमणको कारण १० व्यक्तिको मृत्यु भएको छ । दुई हजार ६०१ सङ्क्रमित भएका छन् ।
कोरोना भाइरस सङ्क्रमणको कारण अष्ट्रेलियामा ८, ब्राजिलमा ३४, स्वेडेनमा २७, पोर्चुगलमा २३, क्यानाडामा २४ , डेनमार्कमा २४ मलेसियामा १४, आयरल्याण्डमा ६, पोल्याण्डमा ८, ग्रीसमा १७, इन्डोनेसियामा ४९ र फिलिपिन्समा ३३ हङकङमा ४, इराकमा २३ अल्जेरियमा १७ , भारतमा १०, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा १, पेरुमा ५, मेक्सिकोमा ४, इजिप्टमा १९, पानामा ६ अर्जेन्टिनामा ४, लेवनान ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमरिनोमा २०, हङ्ग्रेरीमा ८, मोरोक्कोमा ४, अफगानिस्तानमा १, नाइजेरियामा १ , बङ्गलादेशमा ३, घानामा २, सुडानमा १ व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।