असोज १२, काठमाडौं । मानव विकास सूचाकांकको पुछारमा रहेको विकट मुगुको शोरु गाउँपालिका पहिलो पटक सडक सञ्जालमा जोडिएको छ ।
जिल्ला समन्वय समिति मुगु र ग्रामीण पहुँच तेस्रो चरणको सहकार्यमा सडक खन्ने काम सम्पन्न भएपछि सुक्रबार आज औपचारिक रुपमा शोरुकोट सडक सञ्जालमा जोडिएको हो ।
गमगढी–गिलाह सडकखण्ड निमार्ण सम्पन्न भएपछि बिहिबार (हिजो) मुगु सदरमुकाम गमगढीबाट चार प्राग्रे गाडी सोरु गाउँपालिकाको तारापानीसम्म पुगेका थिए । तारापानीमा पहिलोपटक शोरुकोटमा गाडी पुगेपछि आफूलार्य निकै हर्ष लागेको शोरु गाउँपालिका स्थानीय खुसी हुँदै फुलमाला र बाजाँगाजाले स्वागत गरेका थिए ।
भौगोलिक र विकासका पूर्वाधारका हिसाकले जिल्लाकै दुर्गम क्षेत्रका रुपमा चिनिने सोरु गाउँपालिकामा पहिलो पटक गाडी पुग्दा स्थानीय गाडी हेर्नकै लागि लामबद्ध भएर सडक आसपासमा पुगेको कर्णाली प्रदेशसभाका सदस्य चन्द्रबहादुर शाहीले जानकारी दिए ।
०५० सालदेखि शोरुमा सडक पु¥याउने आफनो अभियान आज पुरा भएको बताएका शाहीले नेपालबोडसँग भने, “सडक सञ्जालमा समाहित भएसँगै शोरु आर्थिक आर्थिक विकासका हिसाबले पनि अघि बढ्यो ।”
सडकमा शोरु जोडिएसँगै सदरमुकाम गमगढी अब एक घण्टामा पुगिने बताएका सोरु गाउँपालिका ८ का स्थानीय जयबहादुर शाहीले भने 'अब इमरजन्सीमा हेलिकप्टरको बाटो कुर्ने दिन गए ।" गरिबलाई जटिल बिरामी लगो मृत्यु बाहेक अन्य कुनै विकल्प नभएको बताएका शाहीले सडकमा जोडिएसँग अब अकालमा ज्यान गुमाउनेको संख्यामा कमी आउने आशा व्यक्त गरे ।
कार्यक्रममा मुगुका प्रमूख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सडक निमार्ण गर्ने ग्रामिण पहुँच तेस्रो चरणर स्थानीय वासिन्दालाई धन्यवाद दिए । गमगढी–गिलाह खण्ड २२ किलो मिटर सडक निर्माण पुरा भएपछि आज स्थानीय सरकार शोरु गाउँपालिकालाई हस्तान्तरण गरिएको ग्रामिण पहुच कार्यक्रमका टिम लिडर मोहन रुवालीले जानकारी दिए ।
समाचारमा प्रयोग भएका सबै फोटाहरु मुगुका प्रमूख जिल्ला अधिकारी उमाकान्त अधिकारीले उपलब्ध गराउनु भएको हो । -सम्पादक