ऐजेन्सी । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट ज्यान जानेको संख्या २२ हजार २ सय ६६ पुगेको छ ।
अहिलेसम्म विश्वभर ४ लाख ९४ हजार १ सय ८० जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १ लाख १७हजार ५सय ८२ जना उपचारपछि घर फर्किएका छन् । अहिले ३ लाख ३४ हजार ३ सय ६० जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये १७ हजार ७ सय ६९ जना भने गम्भीर अवस्थामा छन् ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ५सय ३ पुगेको छ । चीनमा भने ३ हजार २ सय ८७ जनाको कोरोनाबाट ज्यान गएको छ ।
इटालीमा अहिलेसम्म इटालीमा ७४ हजार ३८६ जनामा कोरोनाको संक्रमण भएको छ । तीमध्ये ८ हजार ३२६ जना पूर्ण रुपमा निको भएका छन् । अहिले इटालीमा ५७ हजार ५सय २१ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको छ भने ९ हजार ३ सय ६२ जना निको भइसकेका छन् । संक्रमितमध्ये ३ हजार ४ सय ८९ जनाको अवस्था गम्भीर रहेको छ ।
चीनमा अहिलेसम्म कुल ८१ हजार २ सय ८५ जनामा कोरोनाको संक्रमण देखिए पनि अहिले ३ हजार ९ सय ४७ जनामा मात्रै कोरोनाको संक्रमण छ । ७४ हजार ५१ भने पूर्ण रुपमा निको भइसकेको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
पछिल्लो समय युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । अमेरिकामा अहिलेसम्म ६९ हजार ४७ मा संक्रमण देखा परेको र १ हजार ३७ जनाको मृत्यु भएको छ । स्पेनमा बिहीबारसम्म मृत्यु हुनेको संख्या ४ हजार १ सय ४५ पुगेको छ । स्पेनमा आजसम्म ५६ हजार १ सय ९७ संक्रमित छन् । अहिले ४५ हजार ३७ मा भाइरस सक्रिय छन् ।
इरानमा अहिलेसम्म २ हजार २ सय ३४ मृत्यु भएको छ भने २९ हजार ४०६ मा संक्रमित भएका छन् । २ हजार ७ सय ४६ जनामा भाइरस सक्रिय रहेको छ भने १६ हजार ७ सय १५ मा भाइरस सक्रिय छन्। त्यस्तै फ्रान्समा २५ हजार २ सय ३३ जना भाइरसको संक्रमित छन् भने १ हजार ३ सय ३१ ले ज्यान गुमाएका छन् । अहिले २० हजार २ जनामा भाइरस सक्रिय रहेको छ भने २ हजार ८ सय २७ जनामा सक्रिय भएको जनाइएको छ । ३ हजार ९ सय जना निको भएर घर फर्किएका छन् ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १९८ देशमा फैलिरहेको छ ।