सुर्खेत, चैत्र १७ । स्वास्थ्य मन्त्रालयले कर्णाली प्रदेश सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयले चीनबाट आएका सामग्रीमध्ये गाउन, एन ९५ मास्क, आइआर थर्मोमिटर, पंञ्जा, सर्जिकल मास्क, हस्तान्तरण गरेको हो ।
मन्त्रालयले गाउन १० कार्टुन, एन ९५ मास्क ४८० थान, आइआर थर्ममिटर १० थान, पञ्जा २० हजार थान र सर्जिकल मास्क १० हजार थान रहेका छन् ।
सोमबार बिहान नेपाली सेनाको स्काइट्रकबाट सुर्खेत ल्याइएको हो । स्वास्थ्य मन्त्रालयले पठाएको सामान स्वास्थ्य राज्यमन्त्री रावतले सामाजिक विकास मन्त्री दल रावललाई सुर्खेत विमानस्थलमा हस्तान्तरण गरिएको छ ।
कोरोनाको परीक्षण हुन केही दिन लाग्ने
कर्णालीका नै कोरोनाको परीक्षण हुन केही दिन पर्खनु पर्ने भएको छ । प्राबिधिक रुपमा काठमाडौंमा केही दिन परीक्षण गर्नुपर्ने भएकाले केही दिन लाग्ने भएको हो ।
चीनबाट ल्याइएको कोरोना परीक्षण मेसिन प्राविधिक रुपमा मेसिनको परीक्षण काठमाडौंमा गरेर कार्णाली पठाइने स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जानकारी बताए ।